सिले, मेक्सिको, १८ साउन । मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको ज्यान गएको यहाँका प्रहरी अधिकारीले जनाएका छन् । थुनामा राखिएका ती व्यक्तिलाई नै लक्ष्य गरेजस्तो गरी कैयौँको संख्यामा आएका ती बन्दुकधारीले मध्य मेक्सिकोको ग्वान्जुतो राज्यको उक्त प्रहरी चौकीमा गोली चलाएका थिए । उक्त प्रान्तका […]
विश्व
प्रहरीको कारबाहीमा सात माओवादी मारिए
नयाँ दिल्ली, १८ साउन । भारतको विषेश सुरक्षा फौजको कारबाहीमा परी सात माओवादी विद्रोही मारिएका छन् । जङ्गलमा रहेको उनीहरुको शिविरमा भएको आक्रमणका क्रममा शनिबार उनीहरु मारिएका प्रहरीले जनाएको छ । मध्य भारतमा पर्ने छत्तिसगढ राज्यमा चरम बामपन्थी विद्रोहीका कारण केही बर्षदेखि द्वन्द्व सृजना भएको छ । सन् १९६० को दशकमा सुरु भएको द्वन्द्वका कारण […]
हवाई आक्रमण तालिबानका गभर्नरसहित तीन मारिए
काबुृल, १८ साउन । अफगानिस्तानको फराह प्रान्तमा भएको एक हवाई कारबाहीमा तालिबानका एक गभर्नरसहित उनकै स्थानीय नेता मारिएका छन् । अफगान रक्षा मन्त्रालयले शनिबार उक्त जानकारी दिएको छ । फराह प्रान्तका तालिबानका गभर्नर मुल्लाह अब्दुल बारीसँगै तालिबानका नै स्थानीय नेता मुल्लाह सद्दिक र मवलावीको पनि उक्त हवाई कारबाहीमा मृत्यु भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको […]
अमेरिकी राष्ट्रपतिमा मिचेल ओबामाको “शुन्य संभावना”
वासिङ्टन, १८ साउन । अमेरिकाकी पूर्व प्रथम महिला मिचेल ओबामाले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने संभावना शुन्य रहेको स्पष्ट पारेकी छिन । उनले उम्मेदवारी दिने चर्चा चलिरहेका बेला आफू त्यस प्रतिश्पर्धामा नरहेको शुक्रबार स्पष्ट परेकी हुन् । मिचेलले देशको सेवा गर्नका लागि अन्य धेरै बाटोहरु रहेकाले राष्ट्रपति नै बन्नु पर्ने चाहना नभएको बताएकि हुन् । […]
सुडानको सैनिक परिषद् र विपक्षी गठबन्धनबीच सम्झौता
खार्तुम, १८ साउन । सुडानको अन्तरिम सैनिक परिषद र विपक्षी गठबन्धनबीच सम्झौता भएको छ । स्वतन्त्र र परिवर्तन गठबन्धन नामक विपक्षी गठबन्धनले पूर्ण सम्झौतामा पुगेर संवैधानिक घोषणा गरेका हुन् । घोषणासँगै नयाँ अन्तरिम सरकार बनाउने बाटो खुलेको सुडानका लागि अफ्रिकी युनियनका प्रतिनिधि मोहम्मद हान्स लेबाटले शनिबार जानकारी दिए । “सुडानी जनताका लागि यो घोषणा गर्न […]
अमेरिकी रोजगारी सिर्जनामा सुस्तता
एजेन्सी । संयुक्त राज्य अमेरिकामा रोजगारीका अवसर सिर्जनाको स्थिति जुलाई महिनामा जुनको तुलनामा केही सुधार देखिए पनि अझै सुस्तता देखिएको अमेरिकी सरकारले शुक्रबार बताएको छ । जुलाईमा अमेरिकामा एक लाख ६४ हजार रोजगारी सिर्जना भएका र यो जुनको तुलनामा केही सुधारको सङ्केत भएपनि सन्तोषजनक भने हैन । अमेरिकी बेरोजगार दरमा अघिल्लो महिनाको तुलनामा कुनै परिवर्तन […]
अन्तर्राष्ट्रिय मुुद्रा कोषको निर्वाचनमा स्पेनी अर्थमन्त्रीले पुनः प्रतिस्पर्धा नगर्ने
म्याड्रिड, स्पेन, १७ साउन। स्पेनका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने भएका छन् । शुक्रबार मन्त्री नाडिया काल्भिनोले आफूले मुद्रा कोषको नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताएका हुन् । यूरोपेली सरकारहरूले आइएमएफको नेतृत्वका लागि सहमतिमा उचित उम्मेदवार चयन गर्ने तयारीपछि स्पेन पछि हटेको हो । आइएमएफको नेतृत्वमा परम्परागतरूपमा यूरोपेली नेतालाई नै चयन गरिँदै […]
प्रदर्शनका क्रममा चारको मृत्यु
खार्तुम, १७ साउन । सुडानको प्रहरीले प्रदर्शनका क्रममा थप चार जनाको मृत्यु भएको शुक्रबार पुष्टि गरेको छ । देशको ओम्डुरमानमा बिहीबार भएको प्रदर्शनमा उनीहरु मारिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । “ओम्डुरमानमा रहेको एउटा मुख्य बजार सौक लिब्यामा एक समूहका केही व्यक्तिले आक्रमण गरेका थिए, उनीहरुलाई प्रहरीले नियन्त्रण गर्ने क्रममा झडप भएको थियो,” एक प्रहरी अधिकारीले […]
तटीय क्षेत्रबाट ७५ गैरकानूनी आप्रवासीको उद्धार
त्रिपोली, १७ साउन । लिबियामा ७५ जना गैरकानूनी आप्रवासीलाई देशको पश्चिमी तटीय क्षेत्रबाट उद्धार गरिएको छ । दुई दिनमा ती ७५ गैरकानूनी आप्रवासीकोे उद्धार गरिएको लिबियाली गृह मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । लिबियाको राजधानी त्रिपोलीबाट १ सय २० किलोमिटर पश्चिममा रहेको जुवारा शहरबाट बुधबार ४७ जना र बिहीबार २८ जनाको उद्धार गरिएको अधिकारीहरुले जानकारी […]
अल कायदाको आक्रमणमा १९ सैनिक मारिए
एडेन, १७ साउन । दक्षिण यमनमा रहेको एक सैन्य शिवीरमा शुक्रबार अल कायदा लडाकू समूहले गरेको एक आक्रमणमा परी १९ सैनिकको मृत्यु भएको छ । सरकारको नियन्त्रणमा रहेको यमनको दोस्रो ठूलो शहर एडेन रहेको एक सैन्य शिविरनजिकै विद्रोहीको आक्रमण भएको एक दिन पछाडी पुनः अल कायदाको आक्रमण भएको छ । यस आक्रमण्मा परी कम्तीमा ४७ […]









