अफगानिस्तानमा हवाई कारबाहीमा सोह्र लडाकू मारिए

अफगानिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो पटक भएका हवाई कारबाहीमा परी कम्तीमा १६ जना तालिबान लडाकू मारिएका छन् । अफगान सेनाको विशेष कमाण्डले सोमबार दिएको जानकारीअनुसार अफगानिस्तानका विभिन्न क्षेत्रमा यो हवाई कारबाही भएको थियो । गएको २४ घन्टा यताका ती कारबाही अफगानिस्तानको सेनाले गरेको थियो । ती हवाई कारबाहीहरु उरुजगान, घानी, पाक्टिया र फर्याब प्रान्तमा भएको थियो […]

कायरोमा सवारी दुर्घटना, १९ जनाको मृत्यु

कायरो, २० साउन । इजिप्टको राजधानी शहर कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोट सहित दुर्घटना भएको बताएका छन् […]

हवाई कारबाहीमा सात लडाकू मारिए

जलालाबाद, २० साउन । अफगानिसतानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तको शिर्जाद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी भएको एक हवाई कारबाहीमा परी सात लडाकू मारिएका छ । प्रान्तीय प्रशासनका प्रवक्ता अत्ताउल्लाह खोगीआनीले सोमबार उक्त जानकारी दिए । यस हवाई कारबाहीमा परी सर्वसाधारण र सुरक्षा अधिकारी कुनै क्षति नभएको सरकारी अधिकारीहरुले जनाएका छन् […]

श्रीलंकामा डेङ्गुबाट ४७ जनाको मृत्यु

कोलम्बो, २० साउन । सिन्ह्वा – श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ । विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ । राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेङ्गु देखिएको छ […]

मुख्यमन्त्रीसहित थुप्रै नेताहरु नजबन्दमा, काश्मिरमा एकाएक बढ्यो तनाव

एजेन्सी । भारत प्रशासित कश्मीरमा पूर्वमुख्यमन्त्रीसहित थुप्रै बरिष्ठ नेताहरुलाई सोमबार विहानै देखि नजरबन्दमा राखिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएराति नै स्थानीय प्रशासनले कश्मीरमा सुरक्षा सतर्कता बढाउँदै कयौं प्रभावशाली नेताहरुलाई नजरबन्दमा राखेको हो । नेशनल कन्फ्रेन्सका नेता तथा पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला, पीडीपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री महबुबा मुफ्ती, जम्मु कश्मीर पिपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई […]

इरानले एक महिनामै तीनवटा विदेशी तेल ट्याङ्कर कब्जामा लियो

तेहरान । इरानले खाडी क्षेत्रबाट फेरि एउटा विदेशी तेल ट्याङ्कर आफ्नो कब्जामा लिएको इरानी समाचार संस्थाहरूले जनाएका छन् । इरानी राज्य सञ्चालित टेलिभिजनले दिएको जानकारीअनुसार रेभुल्युशनरी गार्ड कोरको जलसेनाले अरब मुलुकबाट इन्धन तस्करी गरिरहेको एउटा विदेशी ट्याङ्कर पर्सियाली खाडी क्षेत्रबाट आफ्नो नियन्त्रणमा लिएको हो । प्राप्त विवरणहरूमा सो ट्याङ्करमा सात लाख लिटर इन्धन भएको बुझिएको […]

खमेर रूजका पूर्वनेता न्योन चेअको निधन

एजेन्सी । खमेर रूजका पूर्वप्रमुख सिद्धान्तकार न्योन चेअको आइतबार निधन भएको कम्बोडियाली अदालतका एक प्रवक्ताले जानकारी गराए । उनी ९३ वर्षको थिए । डेमोक्रेटिक खाम्पुचेअ अर्थात् खमेर रूजका वरिष्ठ नेता तथा पूर्वप्रमुख सिद्धान्तकार न्योन चेअको आइतबार निधन भएको छ । “बुढ्यौलीका कारण उहाँमा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि उपचारका लागि उहाँलाई गत जुलाई २ तारिखदेखि खमेर […]

आन्ध्रा प्रदेशमा बाढीका कारण ७० हजार नागरिक प्रभावित

अमरावती, १९ साउन । भारतको आन्ध्रा प्रदेशस्थित गोदावरी नदीमा आएको बाढीका कारण वरपरका वस्तीमा पानी पस्दा कम्तीमा ७० हजार नागरिक प्रभावित बनेका भारतीय अधिकारीहरूले जनाएका छन् । उक्त क्षेत्रमा बसोबास गर्ने १७ हजार ६३२ जना बाढीका कारण पूर्णरूपमा विस्थापित भएपछि उनीहरूलाई सुरक्षित स्थानमा शिविर खडा गरी राखिएको छ । गत हप्ताको अन्त्यमा आएको बाढीपछि समयमै […]

छ महिनामा २३ अर्ब घनमिटर ग्यास आपूर्ति

उरुम्क्वी, १९ साउन । चाइना–सेन्ट्रल एसिया ग्यास पाइपलाइनबाट सन् २०१९ को प्रथम छ महिनामा २३ अर्ब घनमिटर प्राकृतिक ग्यास चीनतर्फ ढुवानी भएको पेट्रो चाइना कम्पनीले जनाएको छ । यो पाइपलाइन तुर्कमेनिस्तान र उज्वेकिस्तानबीचको सीमा हुँदै चीन प्रवेश गर्दछ । मध्य एसियाली मुलुकसँगको इन्धन आदानप्रदान गर्न यो पाइपलाइन नौ वर्ष अघि निर्माण गरिएको थियो । गत […]

अधिकांश युवाको रोजाई आफ्नै गृहनगर

बेइजिङ, १९ साउन । चीनका अधिकांश युवाले जागिरका लागि आफ्नै गृहनगर रोज्ने गरेको पाइएको छ । पछिल्लो एक सर्वेक्षणले गृहनगर रोज्ने युवाको संख्यामा बृद्धि भएको देखाएको चाइना युथ डेलीले लेखेको छ । कुल एक हजार ९७३ युवालाई सोधिएकोमा ८७.९ प्रतिशत युवाले आफू आफ्नै गाउँ ठाउँमा काम गर्न चाहेको जवाफ दिएका थिए । उनीहरुमध्ये ५६.५ प्रतिशत […]