याङ्गुन, २२ साउन । म्यानमारमा यस वर्ष मात्रै स्वाइन फ्ल्यूका कारण मृत्यु हुनेको सङ्ख्या ९० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेहरूको यो सङ्ख्या यस वर्षभरीको हो । सन् २०१९ को जनवरी १ देखि अगस्ट ७ सम्ममा ४२२ जनामा स्वाइन फ्ल्यू भएको प्रयोगशालाबाट […]
विश्व
होला भारत पाकिस्तान युद्ध? पाकिस्तानले भारतीय उच्चायुक्तलाई निकाला गर्ने, व्यापार स्थगन गर्ने
जम्मू-कश्मीर मामिलालाई लिएर भारत र पाकिस्तानबीचको तनाव झन् गहिरिएको छ। पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्चायुक्तलाई निकाला गर्ने र भारतसँगको व्यापार स्थगन गर्ने जनाएको छ। यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने बताएका थिए। उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा समेत प्रतिवाद गर्ने बताए। आरोप खानले भारतको निर्णयले […]
अफगानिस्तानमा कम्तीमा १४ को मृत्यु, १४५ घाइते
काबुल, २२ साउन । तालिबान लडाकूहरुको आक्रमणमा परी अफगानिस्तानमा बुधबार कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार शान्ति सम्झौताको प्रयास भइरहेका बेला भएको घटनामा अन्य १४५ जना घाइते भएका छन् । राजधानी काबुलदेखि पश्चिमतर्फ रहेको प्रहरी कार्यालय परिसरमा स्थानीय समयअनुसार बुधबार विहान ९ बजे विस्फोटनको घटना भएको थियो । विस्फोटपछि प्रहरी कार्यालय […]
लिबिया संकटः सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह
त्रिपोली, २२ साउन । संयुक्तराष्ट्र बालकोष (युनिसेफ) ले सर्वसाधारण जनतामाथि जथाभावी आक्रमण नगर्न लिबियाका द्वन्द्वरत पक्षहरुलाई आग्रह गरेको छ । लिबियामा हाल राष्ट्रसंघको समर्थनप्राप्त सरकार र पूर्वी क्षेत्रमा सक्रिय विद्रोही लडाकूबीच सशस्त्र संघर्ष जारी छ । युनिसेफद्वारा जारी विज्ञप्तिमा लिबियाको दक्षिणीमा रहेको मुर्जुक शहरमा भएको एउटा आक्रमणमा मारिएका अधिकांश व्यक्तिहरुमा महिला र बालबालिका परेकामा खेद […]
तान्जानियाबाट मह निकासीको पहल
दार ए सलाम, २२ साउन । तान्जानियाली वन विभाग (टीएफएस) ले मुलुकको मह उत्पादन वृद्धि गर्ने महत्वाकाँक्षी योजना अगाडि सारेको छ । पूर्वी अफ्रिकी मुलुक तान्जानियामा हाल ५५ हजार टन मह उत्पादन हुने गरेको छ । आगामी वर्षदेखि वार्षिक एक लाख ३५ हजार टन मह उत्पादन गरिने योजना अघि सारिएको छ । विभागका कार्यकारी अधिकृत […]
भानुआटुमा शक्तिशाली भूकम्प
पोर्ट भिला, २२ साउन । प्रशान्त महासागरीय द्वीप राष्ट्र भानुआटुमा बुधबार ५.९ रिक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार मङ्गलबार ९ः१४ बजे बिहान सो भूकम्प आएको थियो । यस भूकम्पको केन्द्रविन्दु भानुआटुको राजधानी शहर पोर्ट भिलाबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको इलाकाको १४९.८ किलोमिटर गहिराईमा रहेको थियो । यस […]
भारत र पाकिस्तान उच्चतम जल सङ्कट क्षेत्र, नेपाल पनि खतरामा
२२ साउन, एजेन्सी । जनसङ्ख्या वृद्धि, बढ्दो मासुको खपत र बढ्दो आर्थिक क्रियाकलापले विश्वको जलस्रोतलाई कम गर्दै लगेको छ । विश्वका झण्डै ४०० क्षेत्रका मानिसहरू ‘उच्च जल सङ्कट’को अवस्थामा बाँचिरहेका वाशिङ्टनस्थित वर्ल्ड रिसोर्सेस इन्स्टिट्युट, डब्ल्यूआरआई,को नयाँ प्रतिवेदनमा जनाइएको छ। पानीको कमीको कारण लाखौँ मानिसहरू विस्थापित हुनसक्ने र द्वन्द्व एवम् राजनीतिक अस्थिरताको कारण हुनसक्ने बताइएको छ। […]
कश्मीर तनाव: पाकिस्तानले भारतको ‘अवैध’ कदमविरूद्ध लड्ने
२२ साउन, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने कसम खाएका छन् । उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा समेत प्रतिवाद गर्ने बताएका छन् । खानले भारतको निर्णयले अन्तर्राष्ट्रिय कानुन तोडेको र भारतमा जातको आधारमा हिंसा हुन सक्ने डर रहेको बताएका छन्। भारतले विशेष हैसियत रद्ध गरेसँगै उक्त […]
सुषमा स्वराजको नाममा छन् कैयौं कीर्तिमान, हेर्नुहोस्
२२ साउन, एजेन्सी । सन् १४ फेबुअरी १९५२ मा जन्मिएकी सुषमा स्वराजको नाममा कैंयौं कीर्तिमानहरु रहेका छन् जसलाई भारत र भारतीयहरुले याद गरिरहनेछन् । स्वराज सन् १९७७ मा जब २५ वर्षकी थिइन्, त्यतिबेला उनी भारतकै सबैभन्दा कम उमेरकी क्याविनेट मन्त्री बनेकी थिइन् । उनले १९७७ देखि १९७९ सम्म सामाजिक कल्याण, श्रम तथा रोजगार जस्ता ८ […]
भारतका पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन
काठमाडौं, २१ साउन। भारतका पूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेता सुष्मा स्वराजको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा मंगलबार राती ह्दयघातको कारण उनको निधन भएको हो । छाति दुखेपछि उनलाई मंगलवार नै अस्पताल भर्ना गरिएको थियो । ६६ वर्षीय स्वराज २५ वर्षको उमेर देखि राजनीतिमा सक्रिय थिइन् । स्वराजले आफ्नो राजनीतिक गुरु […]









