नेपाली सेना चढेको जिपमाथि हात्तीले गर्यो आक्रमण, झापामा हातीको आक्रमणबाट एकको मृत्यु

बर्दिया, १३ फागुन । नेपाली सेनाकाे एक टिमलार्इ हात्तीले अाक्रमण गरेकाे छ । सेनाकाे टाेली चढेकाे जिपमा हात्तीले आक्रमण गरेको हाे । बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वाराबाट गएको टोली चढेको जिपमा आक्रमण भएकाे नेपाली सेनाले जनाएकाे छ । आक्रमणमा कुनै मानवीय क्षति नभएको निकुञ्जका निमित्त संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित अम्रेनीमा घटना भएको हो । […]

प्राधिकरणको नीति : स्वदेशी कम्पनीमाथि अंकुश, विदेशीलार्इ अनुमति

काठमाडौं, १३ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने तयारी गरेको छ । प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुमति दिन नसक्ने जनकारी गराएको थियो । तर त्यसको केही सातापछि नै कुवेतको वातानीय एयरलाइन्सलाई […]

गुफाको प्रचार गरी पर्यटक तान्ने गाउँको योजना

होलेरी, २ फागुन । शिवरात्री पर्वका अवसरमा रोल्पाको गैरास्थित शिव पार्वती गुफामा मेला सम्पन्न भएको छ । मेलामा यस क्षेत्रका स्थानीय सरकारका प्रतिनिधि, स्थानीय अगुवा, वुद्धिजीवी तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागीहरुले शिव पार्वती गुफाका कारण पर्यटनको सम्भावना बढेको भन्दै यसको प्रचारप्रसार तथा संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । समयानुसार अपेक्षाकृत रुपले […]

चीनबाट थप दुर्इ जहाज भोलि काठमाडौ आइपुग्दै

काठमाडाैं, २९ माघ । नेपाल वायुसेवा निगमले चीनबाट ल्याउने भनेका थप दुई जहाज भाेलि मंगलबार काठमाडाैं पुग्दैछन ।निगमले चीनबाट खरिद गरेका चारवटा जहाजमध्ये २ जहाज यसअघि नै ल्याइसकेकाे छ । बाँकी दुई ‘वाई १२ ई’ जहाज मंगलबार काठमाडाैं अवतरण गर्ने भएका हुन् । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले दुई जहाज ल्याउन निगमकाे प्राविधिक र पाइलट सम्मिलित […]

बेलुनले नेपालको झण्डा उडाएर पर्यटन नगरीको घोषणा

   काठमाडौ, २५ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले अब देशलाई जनभावना अनुरुप विकास निर्माणको अभियानमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल मण्डल पर्यटन नगरीद्धारा बिहिबार स्वयम्भुमा अायाेजना गरेकाे एक कार्यक्रममा बाेल्दै नेता खनालले साे कुरा बताएका हुन् ।  नेपाल मण्डल पर्यटन नगरी महाेत्सव अायाेजक समितिले नेपाल मण्डललार्इ बचाउ याे अभियानकाे सुरुवात […]

प्रदुषण घटाएर स्वास्थ्य र सम्पति जोगाउन स्वच्छ हावा अभियान सुरु

काठमाडौ, १७ माघ । काठमाडाैं महानगरपालिकाले स्वच्छ हावा अभियान सुरु गरेकाे छ । उपत्यकाकाे हावा निकै धेरै प्रदुषित बनेका खबर अाइरहेका बेला महानगरपालिकाले माइती नेपाल र करुणा फाउन्डेसनसँग मिलेर यस्ताे परियाेजना ल्याएकाे हाे । वायु प्रदूषणले मानिसकाे स्वास्थ्य र सम्पत्ति असुरक्षित बन्दै गएकाे छ । त्यसका लागि प्रदुषण घटाउन तथा प्रदूषणविरुद्ध जनचेतना बढाउन यस्ताे अभियान […]

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त, देउवा भटाभट राजनीतिक नियुक्तिमा

काठमाडौँ, ७ माघ । सरकारले नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्यमा तीनजना सदस्य नियुक्त गरेको छ । सार्वजनिक तथा निजी साझेदारी संस्था बोर्डमा निजी क्षेत्रबाट आगामी तीन वर्षका लागि सदस्य नियुक्ति गरिएको हो । नवनियुक्त सदस्यमा ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ (टान) का पूर्व अध्यक्ष दीपक महत, पर्यटन विकास समाज कैलालीका अध्यक्ष कृष्णबहादुर महरा र अवदेशकुमार […]

पत्ताल भूमेश्वर क्षेत्रलाई उजिल्याउन प्रयास

बैतडी, ३ माघ । उचित संरक्षण र प्रचारको अभावमा बैतडीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पत्ताल भूमेश्वर ओझेलमा पर्दै गएको छ ।  सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित यो क्षेत्रमा गुफा, तलाउ र मन्दिर रहेका छन् । यहाँ रहेको नेपालकै गहिरो पबल भूमेश्वर गुफाको प्रवद्र्धनमा समेत सम्बन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीयवासी भजन विष्टको […]

कपिलवस्तुको प्राचीन तिलौराकोट दरबार पुनः उत्खनन शुरु

कपिलवस्तु, ३० पुस । प्राचीन कपिलवस्तु दरबार क्षेत्र (तिलौराकोट) मा यस वर्ष पुनःउत्खनन शुरु गरिएको छ । बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले प्राचीन कपिलवस्तु दरबार क्षेत्र हालको तिलौराकोटमा उत्खनन गरिरहेका छन् । उत्खनन कार्य दुरह्याम विश्वविद्यालयका प्रोफेसर रविन्स कनिंघम, पुरातत्व विभागका पूर्वनिर्देशक कोषराज आचार्य, पुरातत्व विभागका प्रवक्ता […]

शुक्लाफाँटाका जलपंक्षी गणना सुरु

कञ्चनपुर, २८ पुस । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपक्षी गणनाको कार्य सम्पन्न भएको छ । विशेषज्ञको सहयोगमा एक साता लगाएर गरिएको गणनामा ५८ प्रजातिका तीन हजार ६४१ वटा जलपक्षी फेला परेका छन् । प्रत्यक्ष अवलोकन र वाइनाकुलरको सहायताले गरिएको गणनाका क्रममा हाँस प्रजाति १५, गरुड प्रजाति पाँच, बकुल्ला १२, जलेवा दुई, सारस एक, हुटिट्याउँ चार, […]