नेपालले पायो थप तीन वटा हवार्इ रुट, विराटनगर, जनकपुर र महेन्द्रनगरबाट जहाज नेपाल भित्रिन सक्ने

काठमाडाैं, ३ असार । भारतले नेपालका लागि थप तीनवटा हवाई रुट खुल्ला गर्ने सहमति जनाएको छ । नेपालले मागेका थप हवाई रुटमामध्ये तीनवटालाई दुईतर्फी प्रयोग गर्न दिने भएको हो । यसअघि भारततर्फबाट नेपालमा जहाज भित्रिन सिमरा रुटमात्र खुल्ला रहेकोमा अब पूर्वका विराटनगर र जनकपुर तथा पश्चिमको महेन्द्रनगर रुटबाट पनि जहाज भित्रिन र बाहिरिन सक्ने छन् । बिहीबारदेखि काठमाडौंमा […]

निजी कमपनीहरुले बढाए फेरि हवार्इ भाडा

काठमाडौं, २१ जेठ । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाउने निर्णय गरेका छन्। बढेको भाडा दर पर्सी मंगलबारबाट लागू हुने छ। नेपाल आयल निगमले शनिबार मध्यरातबाट हवाई इन्धन (एयर टर्बाइन फ्युल) मा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी १ सय रुपैयाँ पुर्‍याएपछि वायुसेवा कम्पनीले पनि सोही अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेका हुन्। यसअघि […]

पश्चिम नेपालको पहाडी जिल्लाका सबै उडान बन्द

नेपालगञ्ज, १० जेठ । नेपालगन्जबाट प्रदेश ५, ६ (कर्णाली) र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर उडान बिहीबारदेखि बन्द भएका छन् । चार्टर उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि सरकारले चार्टर उडान बन्द गर्ने निर्णय गरेको हो । निजी विमानले चार्टर विमानका नाममा दोब्बरभन्दा बढी भाडा असुल गर्दै आएकामा अब त्यसो गर्न नपाउने […]

सगरमाथा आधारशिविर सुनसान, मौसम खुलेपछि सबै आरोही उचाइतिर

काठमाडौँ, ३ जेठ । सगरमाथा आधार शिविरमा अनुकूल मौसम बनेपछि आरोहण दलका सबै सदस्य माथिल्लो शिविरतिर प्रस्थान गरेका छन् । आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तिलकराम पाण्डेले आधार शिविरमा आफूहरु मात्रै रहेको राससलाई जानकारी दिए । “आधार शिविर सुनसान भएको छ, सबै आरोही शिखरतर्फ उकालो लागेका छन्, अधिकांश आरोही शिविर तीन र शिविर […]

उडिरहेको जहाजको अगाडिको सिसा फुटेपछि आधा शरिर बाहिर गएका पाइलटलार्इ बचाइयो, ३२ हजार फिट उचाइमा यस्तो दुर्घटना

एजेन्सी । विमान हावामै थियो अर्थात आकाशमै थियो, त्यहि बेला अगाडीको सिसा फुट्यो र पाइलट आधा बाहिर परे । यो कुनै हलिवुड चलचित्रको सिन होइन, चीनको एक विमानमा भएको साँच्चैको घटना हो । विमानमा रहेका अर्का पाइलटले आफू अघि बसेर को–पाइलटलाई विमान भित्र तानेर बताए । विमानको आपतकालीन अवतरण गरे । विमानमा रहेका सबै यात्रु […]

हुम्लामा मकालु एयरको विमान दुर्घटनाग्रस्त, विमानमा सवार सबैको मृत्यु

काठमाडौं, २ जेठ । मकालु एयरको वेपत्ता विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । जहाज हुम्लाको खुर्पनाथ गाउँपालिकाको वामखड्का भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज ३ टुक्रा भएको छ भने चालक दलका २ सदस्यको मृत्यु भएको हेलिकोप्टरबाट देखिएको छ। सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको […]

खुल्यो सगरमाथा आरोहण, पहिलो दिन डोरी टाँग्दै ८ जना शेर्पा पुगे चुचुरोमा

काठमाडौं, ३१ बैशाख । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण सुरु भएको छ । ८ जना शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश […]

निगमले निकै जोड गरेर खरिद गरेका चिनियाँ जहाजको घाटा वार्षिक ३३ करोड ८४ लाख

काठमाडाैं, ३१ बैशाख । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएको जहाज ‘सेतो हात्ती’ सावित हुँदैछ । दुई थान चिनियाँ जहाज (एमए–६० र वाई–१२ई) उडानबाट वार्षिक ३३ करोड ८३ लाख ९५ हजार ३९ रुपैयाँ घाटा भएको छ । निगमको आर्थिक वर्ष २०७३-७४ को लेखा परीक्षणमा उल्लेख भएअनुसार एकथान एमए–६० र एकथान वाई–१२ ई जहाजमात्रैको […]

उपल्लो मुस्ताङमा ठूलाे हिमपात

मुस्ताङ, २७ बैशाख । उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् । करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले […]

श्री एयरको एमआई १७ हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना

काठमाडाैं । श्री एयरको एमआई १७ हेलिकप्टर सोलुखुम्बुको स्याङबोचे विमानस्थलमा दुर्घटना भएको छ । बुधबार विहान रन वे बाट चिप्लिएर हेलिकप्टर दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणमा प्रवक्ता विरेन्द्र श्रेष्ठका अनुसार फाप्लुबाट कार्गो लगेको हेलिकप्टर दुर्घटनामा परेको हो । मंगलबार राति हिउँ परेकाले खराब मौसमका कारण हेलिकप्टर रन वे बाट चिप्लिएको हो । […]