काठमाडौं, ३१ बैशाख । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण सुरु भएको छ । ८ जना शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण सुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश […]
पर्यटन
निगमले निकै जोड गरेर खरिद गरेका चिनियाँ जहाजको घाटा वार्षिक ३३ करोड ८४ लाख
काठमाडाैं, ३१ बैशाख । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएको जहाज ‘सेतो हात्ती’ सावित हुँदैछ । दुई थान चिनियाँ जहाज (एमए–६० र वाई–१२ई) उडानबाट वार्षिक ३३ करोड ८३ लाख ९५ हजार ३९ रुपैयाँ घाटा भएको छ । निगमको आर्थिक वर्ष २०७३-७४ को लेखा परीक्षणमा उल्लेख भएअनुसार एकथान एमए–६० र एकथान वाई–१२ ई जहाजमात्रैको […]
उपल्लो मुस्ताङमा ठूलाे हिमपात
मुस्ताङ, २७ बैशाख । उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो । वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन् । करीब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले […]
श्री एयरको एमआई १७ हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना
काठमाडाैं । श्री एयरको एमआई १७ हेलिकप्टर सोलुखुम्बुको स्याङबोचे विमानस्थलमा दुर्घटना भएको छ । बुधबार विहान रन वे बाट चिप्लिएर हेलिकप्टर दुर्घटनामा परेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणमा प्रवक्ता विरेन्द्र श्रेष्ठका अनुसार फाप्लुबाट कार्गो लगेको हेलिकप्टर दुर्घटनामा परेको हो । मंगलबार राति हिउँ परेकाले खराब मौसमका कारण हेलिकप्टर रन वे बाट चिप्लिएको हो । […]
मध्यरातमा माल्डिनो एयरको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानतिर
काठमाडौं, ६ बैसाख । मालिन्डो एयरको विमान बिहिबार राती ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडान भर्ने क्रममा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले दिएको जानकारी अनुसार विमानमा १ सय २२ जना यात्रु सवार थिए । घटनामा कुनै पनि मानवीय क्षति नभएको पोखरेलले […]
काठमाडौँ महानगरले आरोही महिला पत्रकारलाई रु २५ लाख सहयोग
काठमाडौँ, ४ वैशाख / काठमाडौँ महानगरपालिकाले सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको समूहलाई रु २५ लाख सहयोग गरेको छ । मेयर विद्यासुन्दर शाक्यले आरोहणदललाई सफलताको कामनासहित नगद रकम हस्तान्तरण गर्दै पत्रकारको सगरमाथा आरोहण सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही कार्यक्रममा महानगरका […]
सरकारले सगरमाथासहित हिमाली क्षेत्रको राजश्व उठाउने जिम्मा सुम्पियो एनजिओलार्इ
काठमाडाैं । पर्यटन विभागले हिमाल आरोहीले गर्ने फोहोरको नियमसम्बन्धी अधिकार गैरकानुनी रुपमा एक गैरसरकारी संस्था एनजीओलाई दिईरहेको खुलासा भएको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति नाम एनजीओलाई विनाप्रतिस्पर्धा पर्यटन फिर्ता गर्ने अधिकार दिएको छ । सगरमाथा प्रदुषण नियन्त्रष समिति नाम एनजीओलाई बर्षौदेखि हजारौँ डलर धरौटी फिर्ता गर्ने अधिकार दिएको छ । पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को […]
१५ जनाको ज्यान लिने चितवनको ‘ध्रुबे हात्ती’ भेटियो
चितवन, २ बैशाख । चितवन राष्ट्रिय निकुञ्जमा अातंक मच्चाएर एकाएक गायव भएकाे ध्रुवे हात्ती पाँच वर्षपछि भेटिएकाे छ । १५ जनाकाे ज्यान लिएकाे ध्रुवे हात्ती पाँच वर्षयता कतै देखिएकाे थिएन । आतंकको पर्याय नै बनेको ‘ध्रुबे’ नामको जंगली भाले हात्ती आइतबार बिहान निकुञ्जको सुखिभार क्षेत्रमा भेटिएकाे हाे । तर, यसपटक ध्रुवे पहिलाे जस्ताे हिंस्रक नभएकाे […]
सम्पदा मैत्री ब्यापारीक भवन बन्दै
काठमाडौं, चैत १६ गते । न्यूरोडस्थित नेपालकै पहिलो सम्पदा युक्त ब्यापारिक भवन भन्ने भएको छ ।’ महर्जन कम्प्लेक्स ‘ नाममा बन्ने यो भवनले बिश्वो सम्पदामा सूचीकृत बसन्तपुर हनुमान ढोका दरवार क्षेत्रको मौलिक स्वरुपलाई अझै नयाँ आकर्षण थपिने महर्जन बिजनेस एसोसियेट प्रा लि का संचालक कृष्ण लाल महर्जन बताउनु भएको छ । यो संगै बसन्तपुर […]
पर्यटन प्रर्वद्धनार्थ कवि सम्मेलन
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले देशलाई जनभावना अनुरुप विकास निर्माणमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपालको पर्यटन नगरी प्रर्वद्धन अभियान अन्र्तगत बुद्धबार फुल्चोकी डाँडामा आयोजित कवि तथा साहित्य महोत्सव कार्यक्रममा सो कुरा बताउनुभएको हो । पाँच पर्यटन नगरी महोत्सव समारोहलाई संबोधन गर्दै उहाँले विश्व कवि दिवसको अवसरलाई विकाश अभियान संगै अगाडि बढाउन […]