सडकमा वृद्धालाई ठक्कर दिएर हत्या गर्ने ट्रिपर राजधानीमा लुकाइराखेको अवस्थामा फेला

काठमाडौं, १३ पुस । काडमाडौं मिनभवनमा एक वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा लुकाइएको अवस्थामा फेला परेको छ । मिनभवनको नापी विभाग अगाडि ७० वर्षीया राति करिब साढे ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भिर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल र्पुयाइएको थियो । तर, चिकित्सकले मृत घोषित गरे । […]

राष्ट्रपति पार्टी राजनीतिमा सक्रिय, मन्त्री हेरफेरदेखि जबसका सम्मेलनसम्म हस्तक्षेप

काठमाडौं ।नेपालको संविधानले राष्ट्रपतिलाई एक आलंकारिक भूमिकाको परिकल्पना गर्छ । तर, यो त देखाउने कुरा मात्र हो । संविधान, ऐन, कानुनमा लेखिएका कुरा अरुलाई आलोचना गर्न, कमजोरलाई तह लगाउनका लागि मात्र हो । ठूला, बडा, बलियाका हकमा संविधान कहिल्यै लागु हुँदैन । न त राजतन्त्रकालीन समयमा लागु भएको थियो, न त आज लोकतान्त्रिक गणतन्त्रमा । […]

एकतापछि पार्टीमा घात प्रतिघात झनै बढेकाे प्रचण्ड प्रतिवेदन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा घात प्रतिघात बढेकाे बताएका छन । आइतबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा प्रचण्डले साे कुरा बताएका हुन् । उनले प्रतिवेदनमा एकता प्रक्रियामा भइरहेको ढिलाइको ‘आलोचना’ समेत गरेका छन् । ‍प्रतिवेदनमा प्रचण्डले एकता प्रक्रियामा गरिएको ढिलाइका कारण पार्टी संगठन नै अन्योलग्रस्त […]

गएराति भयानक बम विष्फोट इन्स्पेक्टरसहित ३ जनाको मृत्यु

धनुषा । धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहाल उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो । […]

नेकपामाथि कांग्रेसको कडा जवाफः ‘लालझण्डा सदैव माथि हुँदैन, बर्लिनको पर्खाल ढलेको थाहा होस्’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तिलक राईलाई जीतको बधाइ दिएका छन् । अन्तिम मत परिणाम नआए पनि तिलक जीत नजिक पुगेका छन् । नेकपाका उम्मेदवार प्रकाश राईभन्दा भन्दा उनी २५ सय भन्दा धेरै मतले अगाडि रहेका छन् । वामपन्थीको किल्लाको रुपमा रहेको धरान परिवर्तनको पक्षमा उभिएको […]

आमाको शव लैजादै गर्दा शव वाहनमा सवार ५ दाजुभाइकै मृत्यु

भक्तपुर, १५ मङ्सिर । सुनसरीमा ट्रक र शव बाहन एक आपसमा ठोक्किँदा ६ जनाको ज्यान गएको छ छ । ट्रक र शव बाहन एकापसमा ठोक्किँदा शव वाहनमा सवार सबैको ज्यान गएको हो । सुनसरीको कोशी गाउँपालिका–७ मा पर्ने हरिपुरमा दुर्घटना भएको हो । बाक्लो कुहिरोका कारण सन्तुलन गुमाउदा तिब्र गतिमा रहेका दुवै सवारी साधन एक […]

भण्डारी र बालकृष्णले गरे ज्ञानेन्द्र शाहीलाइ निष्कासनको कारवाही, ज्ञानेन्द्र शाहीद्वारा फेरि प्रतिवाद

काठमाडौँ, १२ मंसिर । नेपालका लागि नेपाली अभियानले उक्त समूहमा रेहर चर्चा बुटुलेका ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेको छ । बुधबार बसेको आकस्मिक बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो । नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीको अब कुनै भूमिका र जिम्मेबारी नरहने उक्त समूहले विज्ञप्ति जारी गरेर भनेको छ। भ्रष्टाचार विरोधी अभियान्ताको नामबाट आफूलाई चिनाएका […]

सिभिल हस्पिटलका डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनौठो गरि गायव

काठमाडौं । सिभिल हस्पिटलका एक डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनाैठाे तरिकाले गायव भएको छ । व्यापक खाेजि गर्दा पनि प्रहरीले उक्त गाडीलाई भेट्टाउन सकेको छैन । प्रहरीले काठमाडौंका सबै नाकामा खोजी गरिरहेको बताएकाे छ ।  बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको […]

विप्लवका बरिष्ठ पोलिटब्यूरो सदस्यले गरे पार्टी परित्याग

काठमाडौं, ३ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एकजना पोलिटब्यूरो सदस्यले उक्त पार्टी परित्याग गरेका छन् । सरकारद्वारा प्रतिबन्ध घोषणा गरिएको विद्रोही नेकपाका पोलिटब्यूरो सदस्य कृष्ण धमला गम्भीरले उक्त पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले आजै एक विज्ञप्ति जारी गर्दै आफू अब स्वतन्त्र रुपमा रहने जानकारी गराएका छन् । विद्रोही […]

प्रहरीले पक्राउ गरेर लगेका सेनाका जवान मृत फेलापरेपछि फिस्लिङमा पृथ्वी राजमार्ग ठप्प

चितवन, १ मंसिर । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा एक जनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए। कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा […]