राष्ट्र बैंकमा रोकिएको अर्बौ रुपैयाँ छुटाउन सुमार्गी सर्वोच्चको आदेश गराउन सफल

काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकमा पाँच वर्षदेखि राेकिएकाे विवादास्पद चर्चि व्यापारी अजयराज सुमार्गीकाे ८३ कराेड रुपैयाँका लागि सर्वाेच्चले अादेश गरेकाे छ । सर्वाेच्चकाे याे अादेशसँगै अब सुमार्गीले उक्त रकम झिक्ने बाटाे खुलेकाे छ । सुमार्गीले ट्याक्स हेवेन देश ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम नेपाल भित्र्याएका थिए । मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिकाे […]

शेयरबजारमा बित्तीय संस्थाको शेयर बढी कारोबार

काठमाडौँ, १४ पुस । धितोपत्र बजारमा यस साता बैंक तथा वित्तीय संस्थाको शेयर नै बढी कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । सो बैंकको ७११ कित्ता शेयर खरीद बिक्री भएका छन् । दोस्रोमा एनएमबी बैंकको ६१२ कित्ता, प्राइम बैंकको ५६०, सनराइज बैंकको […]

रक्सोल-अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र अायात हुने

विरगंज । डिजेल, पेट्रोल र हवाई इन्धन पाइपलाइनबाट ढुवानी गर्दा प्राविधिक रूपमा समस्या देखिएकाले डिजेल मात्र ल्याउन सकिने निगमले जानकारी दिएको छ । रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र आयात गरिने भएको छ । बजारमा डिजेलको माग धेरै रहेको र प्राविधिक रूपमा अन्य पेट्रोलियम पदार्थ ल्याउन नमिल्ने भएकाले पनि पाइपलाइनबाट डिजेल मात्र ल्याउन लागिएको हो । […]

नेपाली कमर्सियल बैंकले भारतीय वित्तीय संस्थाबाट ऋण लिन पाउने

nepal-rastra-bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचनामार्फत कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था […]

बहत्तर बैशाखको भुकम्पले भत्काएका ३ लाख ३७ हजार ३१९ घर ठड्याइए

Earthquake-Nepal

काठमाडौँ, १० पुस । गोरखा भूकम्पले भत्किएका तीन लाख ३७ हजार ३१९ घर पुनर्निर्माण सम्पन्न भएको छ । अनुदान सम्झौता गरेकामध्ये ४५ प्रतिशत घर बनेको छ । निर्माणाधीन घर सङ्ख्या दुई लाख ३३ हजार ३४३ पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण स्थापना भएको तीन वर्ष पुगेको अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख […]

रेमिट्यान्स आप्रवाह बढ्दा शोधनान्तर स्थिति ५७ अर्बले घाटामा

काठमाडौँ, ९ पुस । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भएको छ भने शोधनान्तर स्थिति ५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । केन्द्रीय बैंकले चालु आवका चार महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा सरकारको नगद प्रवाहमा आधारित कुल खर्च १७.५ प्रतिशतले र राजश्व […]

बढ्यो उपभोक्ता मुद्रास्फिती

काठमाडौँ, ९ पुस । काठमाडौँ उपत्यकामा गत वर्षको कात्तिक महिनाको तुलनामा उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीमा गत कात्तिक महीनामा उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा चार दशमलव पाँच प्रतिशत पुगेको छ । विवरणअनुसार हिमालमा ४.६ प्रतिशत, पहाडमा ४.३ प्रतिशत […]

नागरिक लगानी कोषमा अचम्मको भाँडभैलो, एयरबस खरीदमा दिइएको १२ अर्बको लेखाजोखा नै छैन

नारायण ढुङ्गाना काठमाडौँ । नेपाल सरकारको समेत लगानी रहेको नागरिक लगानी कोषको हिसाब किताब भद्रगोल देखिएपछि सर्वसाधारण शेयरधनी आक्रोषित भएका छन् । महालेखापरीक्षकको प्रतिवेदनले नागरिक लगानी कोषका काम कारवाही प्रक्रियामा प्रश्न चिह्न देखाएपछि शेयरधनी रुष्ट भएका हुन् । आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुपर्नेमा सो समस्याका कारण कोषले आज राजधानीमा २३औँ वार्षिक साधारणसभामा […]

यूनिभर्सल पावर कम्पनीको आइपिओ आयोजना प्रभावित क्षेत्रका लागि मात्र

काठमाडाै, ६ पुस । यूनिभर्सल पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । आयोजना प्रभावित दोलखाको गौरीशङ्कर, कालिञ्चोक र विगु गाउँपालिकाका बासिन्दाका लागि कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् रु २१ करोड ३५ हजार बराबरको १०० अङ्कित दरका २१ लाख ३५० कित्ता शेयर निष्कासन […]

अखाद्य वस्तु मिसावट गर्ने ७९ उद्योग विरुद्ध मुद्दा दायर

हेटौँडा, ४ पुस । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ । कार्यालयका अनुसार २०७५ साउनदेखि कात्तिकसम्म विभिन्न ठाउँमा गरिएको अनुगमन तथा खाद्य वस्तुको परीक्षण गर्दा दूषित एवम् अखाद्य वस्तु मिसावट गरिएको आरोपमा सम्बन्धित […]