भारतभन्दा नेपालमा इन्टरनेट सुविधा सस्तो र छिटो

काठमाडाैं । नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको छ । गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरू भारत र श्रीलंकालाई उछिनेको छ । नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सकेन्ड (एमबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ भने फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ […]

स्मार्टफोन चलाउनेले जान्नै पर्ने कुरा

काठमाडाैं । स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ । हामीले स्मार्टफोन प्रयोगबारे केही त्यस्ता बानी विकास गरेका छौँ, जसको खास अर्थ छैन । र, त्यसले केही फाइदा पनि गर्दैन । १) ब्याकग्राउन्ड एपहरू बन्द गर्ने ब्याकग्राउन्डमा चलिरहेका एपहरू बन्द गर्न सुरु गर्ने व्यक्तिले सार्वजनिक रूपमै लाज मान्नुपर्ने हो, किनभने यसको कुनै अर्थ छैन । […]

आठ ग्रह भएको अर्काे सौर्य परिवार पत्ता लाग्यो

नासाका वैज्ञानिकहरुले केपलर–९० नामक टाढाको एक तारालाई परिक्रमा गर्ने आठौँ ग्रह फेला पारेका छन्। सौर्य परिवारबाहेक आठ ग्रह भएको तारा पहिलो पटक पत्ता लागेको हो। यससँगै केपलर–९० ले पनि ग्रहसंख्याको मामिलामा सौर्यपरिवारसँग बराबरी गरेको छ। केपलर–९० तारा हाम्रो सूर्यभन्दा अलिकति ठूलो र अलि बढी तातो रहेको वैज्ञानिकहरुले बताएका छन्। यो पृथ्वीबाट २५४५ प्रकाश वर्ष टाढा […]

नेपाली बजारमा अायो अाइफोन १०

काठमाडौं । नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता कम्पनी नेक्स्ट कम्युनिकेशनले आजबाट नेपाली बजारमा एप्पलको आइफोन १० सार्वजनिक गर्ने बताएको छ । नेपाली बजारमा उपलब्ध हुने आइफोन १० मा ६४ जीबी र २५६ जीबीमा हुने एप्पल कम्पनीको दाबी छ । सिल्भर र स्प्रे ग्रे कलरमा आइफोन १० उपलब्ध हुनेछन् । फरक फरक विशेषताका उक्त फोनहरुको भ्याटसहित […]

पहिलो पटक सौर्यमण्डलभित्र देखियो अनौठो आकृतिको सन्देशवाहक

काठमाडाैं । खगोलविद्हरुले पहिलो पल्ट हाम्रो सौर्य परिवारभन्दा बाहिरबाट आएको एक पिण्डको अवलोकन गरेका छन्। अक्टोबर १९ का दिन पहिलो पल्ट देखिएको सो पिण्ड ताराहरुबीचको स्थान (इन्टरस्टेलर स्पेस) बाट सौर्य परिवार भित्रिएको निष्कर्षमा वैज्ञानिकहरु पुगेका छन्। अक्टोबर १९ मा हवाइस्थित पान स्टार्स १ टेलिस्कोपले यो पिण्डलाई देखेको थियो। तीव्र गतिमा दौडिरहेको यो पिण्डलाई पहिले वैज्ञानिकहरुले […]

वर्ल्डलिंकले ल्यायो गजबको अफर ‘तीनको तड्का’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले ‘तीनको तड्का’ नामक अफरमा भारी छुट, डबल ब्यान्डविड्थ र फ्री नेटटिभी प्रदान गर्ने ग्राहक योजना सुरुवात गरेको छ । तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशतसम्मको छुट प्रदान गर्ने, सबै प्याकेजका वार्षिक इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क नेट टिभीको सेवा […]

कार्तिक २८ देखि सबै एनलग टेलिभिजन बन्द गर्दै सरकार

काठमाडाैं । सरकारले मंगलबारदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिजिभनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो । गाउँपालिकामा भने आउँदो वैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ । सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन […]

इन्टरनेट ब्यान्डविथमा नेपालकाे मासिक २० करोड खर्च

काठमाडाैं । नेपालमा अहिले एक सय ३० गिगाबाइट (जीबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ खपत भइरहेको पाइएको छ । अर्थात् एक लाख ३० हजार मेगाबाइट (एमबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ इन्टरनेटमा प्रयोग भइरहेको इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)को तथ्यांकले देखाउँछ । ब्यान्डविथ प्रयोग भएको आधारमा हेर्ने हो भने नेपालबाट अहिले ब्यान्डविथको नाममा मात्रै मासिक २० करोड रुपैयाँभन्दा […]

नयाँ २० ग्रह जहाँ अति विकसित मानव हुनसक्ने भन्दै वैज्ञानिक अनुसन्धान जारी छ

एजेन्सी। ब्रम्हाण्डको रहस्यको खोजी गरिरहेका वैज्ञानिकहरुले जीवन सम्भव हुनसक्ने २० ग्रह पत्ता लगाएका छन् । नासाको केपलर टेलिस्कोपबाट पाइएको विवरणअनुसार सौर्य मण्डलभन्दा बाहिर रहेका २० ग्रहहरुमा जीवन सम्भव रहेको हुनसक्ने पाइएको हो । अहिले सार्वजनिक गरिएको विवरणअनुसार उक्त ग्रहहरुमा एलियनहरु पनि रहेको हुनसक्ने बताइएको छ । नयाँ ग्रहको विषयमा पाइएको यस किसिमको विवरणको कारण वैज्ञानिकहरु […]

विल गेट्सलार्इ उछिन्दै अनलार्इन कम्पनीका मालिक बने विश्वकै धनी

एजेन्सी । अनलार्इन काराेवार कम्पनी अमेजनका मालिक जेफ बेजाेस विश्वकाे नम्बर एक धनी बन्न सफल भएका छन् । विश्वका सबैभन्दा धनी मानिएका विलगेट्सलार्इ उछिन्दै बेजाेस नम्बर एक बनेका हुन् । उनी विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ समेत छन । फोब्र्स पत्रिकाले गरेकाे सर्वेक्षणबाट बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा देखिएका हुन् […]