लुम्बिनी । लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आजदेखि सैद्धान्तिक छलफल सुरु हुने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार आज बस्ने प्रदेशसभाको दशौँ बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची तय गरिएको छ। बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको […]
समाचार
बन्दीपुरमा टिप्पर दुर्घटना, चालकको मृत्यु
तनहुँमा दुई सवारी दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते तनहुँ । तनहुँका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बन्दीपुर गाउँपालिका–४ गुम्बास्थित भित्री सडकखण्डमा ग १ क ५४६६ नम्बरको टिप्पर अनियन्त्रित भई दुर्घटना हुँदा चालक व्यास नगरपालिका–४ निवासी ३६ वर्षीय चुनु श्रेष्ठ गम्भीर घाइते भएका […]
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ
धनगढी । कञ्चनपुरमा एक सार्वजनिक कार्यक्रममा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्। उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा कुँवरले हातपात गरेकी थिइन्। कार्यक्रमका क्रममा दुवै पक्षबीच विवाद भएपछि कुँवरले देवकोटामाथि मुक्का प्रहार गरेको भिडियो सामाजिक […]
कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ। दम रोगबाट पीडित खरेलको उपचारका क्रममा आइतबार राति पौने १० बजे बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। २००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका खरेल नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्दै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए। २०३६ सालको […]
ट्रकसँग स्कुटर ठोक्किँदा भरतपुरमा दुई युवाको मृत्यु
चितवन। चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जना युवाको मृत्यु भएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–२६ दिव्यनगर बस्ने २२ वर्षीय अशोक भण्डारी र […]
कोशीमा मनसुन सक्रिय, लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने
काठमाडौँ। हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव सक्रिय छ भने देशका अन्य भू-भागमा पश्चिमी तथा स्थानीय वायुको असर रहेको छ। अहिले कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली भएको छ। मधेस र बागमती प्रदेशको तराई क्षेत्रमा आंशिक […]
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
काठमाडौँ । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिनको बन्द सत्र सञ्चालन हुँदैछ। आइतबार देखि सुरु भएको महाधिवेशन ९ गतेसम्म चल्नेछ। पार्टी महामन्त्रीले सञ्चालन गर्ने आजको बन्द सत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने र निर्वाचन समितिलाई सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गर्नेसम्मका कार्यक्रम तय भएका […]
झुक्किएर त्यो बल आएछ भने पनि बालेनको खुट्टामा पास गर्ने जिम्मा मेरो: रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले झुक्किएर आफ्नो खुट्टामा बल आए पनि त्यो बल आफूले पार्टीका बरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहको खुट्टामा पास गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा आजबाट सुरू भएको महाधिवेशनको उद्घाटन समारोहमा लामिछानेले सरकार सञ्चालनबारे चुनाव अघि नै सहमति भएको उल्लेख गरे। ‘सरकार सञ्चालन गर्नका निम्ति रास्वपाले चुनाव […]
महाधिवेशनमा बालेनको सम्बोधन : हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ
चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सरकार सञ्चालन र कार्यशैलीमाथि उठ्ने गरेका प्रश्नहरूको मौलिक शैलीमा जवाफ दिएका छन् । उनले आफू नेतृत्वकाे सरकारकाे यात्रा ‘एक्सप्रेस वे’ मा दौडिरहेको गाडी जस्तै भएको बताएका छन् । चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै शाहले आफ्नो […]
रास्वपालाई बाबुरामको सुझाव : चुपचाप घण्टी छाप अब सुशासन र विकासमा परिणत गर्नुस्
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले गरेको वैकल्पिक राजनीतिको पैरवीको उपलब्धि रास्वपा भएको बताएका छन्। ‘यो आफैंले गत ११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ । अहिले म रास्वपालाई त्यो अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको छु,’ उनले भने । आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना वक्तव्य राख्दै […]











