सल्लेरी, २४ कार्तिक । साेलुखुम्बुकाे साेताङमा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप भएकाे छ । झडपमा परी दुर्इ जना घाइते भएका छन् । घाइते हुनेहरुमा वामगठबन्धनका कार्यकर्ता घनश्याम बस्नेत र कांग्रेसकी पेमा लामा छन्। चुनावी अभियानका क्रममा दुबै समूहका प्रचार टाेलीहरु एकै क्षेत्रमा परेका बेला याे झडप भएकाे हाे । नेकपा एमाले र माअाेवादी […]
समाचार
बार्सिलोना छाडेर निवेल्स क्लबबाट फुटबल खेल्न चाहेको मेसीको खुलासा
एजेन्सी । बार्सिलाेनाबाट व्यवसायिक फुटबलमा जमिरहेका अर्जेन्टेनी स्ट्राइकर लिओनल मेस्सीले बार्सिलोनापछि अाफ्नाे पुरानाे क्लबमा फर्कन चाहेकाे बताएका छन् । उनले बार्सिलाेना छाडेपछि ‘निवेल्स ओल्ड ब्वाइज’ क्लबबाट खेल्ने सपना रहेकाे बताए । ‘म अझै पनि नेवेल्र्सबाट खेल्न चाहान्छु र त्यो मेरो सपना पनि हो’ भावुक मेस्सीले भने, ‘तर कहिले फर्कन्छु त्यो तत्काल भन्न सक्ने स्थितीमा म […]
परेवा, मुसादेखि जंगली जनावर घरमा पाल्नेहरुमाथि सिअाइबीकाे कडा निगरानी
काठमाडाैं, २४ कार्तिक । तपाईंले व्यावसायिक तवरबाट आफ्नै घरमा ठूलो मात्रामा वनमा पाइने जनावर राष्ट्रिय निकुञ्जको अनुमति नलिएर पाल्नुभएको छ भने ख्याल गर्नुहोस प्रहरीको फन्दामा पर्नुहोला। राष्ट्रिय निकुञ्जको अनुमतिबिना वन्यजन्तु पाल्न नमिल्ने र कसैले पालेको छ भने अवैधानिक ठानिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ। गैरकानुनी तरिकाले वन्यजन्तुको चोरी शिकारी, गैंडाको खाग बेच्नेलगायत […]
चीनकाे विकास देखेपछि बाेली फेरेर ट्रम्प भन्न थाले, चीन र सी जिनपिङ महान छन्
काठमाडाैं, २४ कार्तिक । चीनकाे तीन दिने भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाफ्नाे बाेली फेर्दै चीनकाे प्रशंसा गर्न थालेका छन् । यसअघि राष्ट्रपतीय चुनावी दाैरान र त्यसपछि पनि चीनसँगकाे व्यापार असमान भएकाे विश्लेषण गर्दै अाएका ट्रम्प चीन पुगेपछि एकाएक बाेली फेर्दै चीनले अमेरिकाबाट फाइदा उठाए पनि त्यसकाे दाेष चीनलार्इ नदिने बताएका छन् । उनले […]
आफूलार्इ आतङ्कित पार्न नारायणकाजीले गोरखामा हतियार भित्र्याएको बाबुरामको दावी
गाेरखा, २४ कार्तिक । सबै सहकर्मीले छाेडेर गएपछि एक्लै बनेका बाबुराम भट्टरार्इ गाेरखा २ बाट प्रतिनिधि सभाका लागि अाफूलार्इ भाेग माग व्यस्त छन । गाेरखा २ नम्बरमा घरदैलाे अभियान चलाएर भाेट मागिरहेका बाबुरामले अाफूलार्इ खतरामा पार्न हतियारसहितका मान्छे परिचालन गरिएकाे बताएका छन् । नेपाली कांग्रेसकाे साथ लिएर चुनावी मैदानमा कस्सिएका नयाँ शक्ति नेपालका संयाेजक बाबुरामले […]
४ बागी उम्मेदवारसहित १० नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही
काठमाडौ । माओवादी केन्द्रले बाम गठबन्धनलाई असर पार्नेगरी गरिएको उम्मेदवारी फिर्ता लिन नमानेका आफ्ना उम्मेदवार र तिनको टीलीलाई अनुशाशनको कारवाही गरेको छ । ४ बागी उम्मेदवारसहित १० नेता पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहिबार जारी गरेको विज्ञप्तिमा सल्यानका १० नेताहरु कारबाहीमा परेका हुन् । कारबाहीमा […]
माकेका कार्यकर्ताले कांग्रेस नेताको टाउको फुटाए
गोरखा, २३ कार्तिक । माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशिला सिंखडा सवार मोटरसाइलकमा पेस्तोल भेटिएको २४ घण्टा बित्न नपाउँदै हिंसात्मक घटना भएको छ । गोरखाको घ्याम्पेसालमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । माकेका कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी काँग्रेसका स्थानीय नेता सबिन बानियाँलाई गम्भीर घाइते बनाएका छन् । बानियाँको टाउकोमा गम्भीर चोट […]
कुनै चुनावी क्षेत्र नपाएका बादललार्इ राष्ट्रपति बनाउने तयारी सुरु
काठमाडौँं, २३ कार्तिक । वामगठबन्धनकाे चर्चाले कांग्रेस हताेत्साही देखिइरहेकाे बेला वामगठबन्धनभित्र चुनावपछि बन्ने सरकारकाे नेतृत्व र अन्य भागवण्डाकाे कुरा पनि सुरु भएकाे छ । अाअाफ्नै पार्टी भित्र र दुर्इ पार्टीका बीचमा पनि चुनावका लागि बनेकाे वाम एलाइन्सपछि पार्टी एकता तहमा लगेर त्यसपछि कुन पार्टीबाट कुन कुन नेताले के के जिम्मेवारी पाउने भन्ने पनि छलफल सुरु […]
वर्षमान पुनको आदेशमा नेकपाका जिल्ला इन्चार्ज र सेक्रेटरी गिरफ्तार
राेल्पा, २३ कार्तिक । संघ र प्रदेशकाे चुनावकाे पूर्व सन्ध्यामा सरकार नेपाल कम्युनिस्ट पार्टीप्रति दमनपूर्ण शैलीमा प्रस्तुत भएकाे छ । सरकारले नेकपाका राेल्पा जिल्ला इन्चार्ज र सेक्रेटरीसहित चार जनालार्इ गिरफ्तार गरेकाे हाे । पार्टी कामकाे शिलशिलामा गाउँमा रहेका उनीहरुलार्इ प्रहरीले गिरफ्तार गरेपछि नेकपाले त्यसप्रति कडा अापत्ती जनाएकाे छ । प्रहरीले नेकपाका राेल्पा जिल्ला इन्चार्ज दलबहादुर […]
निर्वाचनसम्बन्धी क्रियाकलापमा बालबालिकाको प्रयोग निषेध
काठमाडौ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनमा बालबालिका प्रयोग गर्न नहुने बताएका छन् । उनले निर्वाचनसम्बन्धी क्रियाकलापमा बालबालिकाको प्रयोग निषेध गरिएको बताएका हुन् । बालबालिकालाई आमसभा, जुलुस, प्रचारप्रसार लगायत कुनै पनि राजनीतिक गतिविधिमा सहभागी नगराउन तथा निर्वाचनको बेला विद्यालयमा कुनै पनि राजनीतिक गतिविधि गर्न निषेध गरिएको उनले जानकारी दिए । सकभर […]











