चुनवाङमा सीता र प्रकाशसँगै बसेको कोठामा पुग्दा भक्कानिए प्रचण्ड, गुनगुनाए जनवादी गीत

रुकुम पूर्व । रुकुम पूर्वको चुनवाङस्थित भेडीडाँडामा शनिबार पुग्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ भावुक देखिए । ऐतिहासिक चुनवाङ गाउँमा उनको उपस्थितिले स्थानीय वातावरण गम्भीर र भावनात्मक बन्यो । चुनवाङलाई नेपाली राजनीतिमा सशस्त्र संघर्षबाट शान्तिपूर्ण प्रक्रियातर्फ मोडिएको महत्वपूर्ण मोडका रूपमा लिइन्छ । झण्डै तीन दशकअघि यहीँ बसेको तत्कालीन […]

कार्यभार सम्हाल्दै नयाँ चिनियाँ राजदूतले गरे २ देशको सम्बन्ध थप उचाइमा पुर्याउने प्रतिबद्धता

काठमाडौँ । नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ नेपाल आइपुगेका छन् । उनले शुक्रबार नेपाल आएर आफ्नो कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हाल्दै राजदूत चाङले दुई देश बिचको सम्बन्धलाई थप नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । २३ औँ चिनियाँ राजदूतका रूपमा नेपाल आएका उनले ‘चीन–नेपाल साझा भविष्य’ निर्माणका लागि हात मिलाएर अघि […]

विश्वकै सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारकै सबैभन्दा ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदशे दिएका छन् । संसारकै सबैभन्दा ठूलो भनिएको युद्धपोत ‘यूएसएस जेराल्ड आर फोर्ड’ लाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदशे दिएको उनले शुक्रबार पुष्टि गरेका छन् । ‘विमानवाहक पोत चाँडै मध्यपूवका लागि रवाना हुनेछ । यदि, इरानका साथ सम्झौता भएन भने यूएसएस […]

ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१, बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश […]

देशभर पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी तथा हिमाली भूभागमा […]

फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका हुन् । कांग्रेसले पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएको छ । प्रवक्ता चालिसेले प्रतिज्ञा पत्र सार्वजनिकका लागि आइतबार […]

समर्थकहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नाराजुलुस गर्दै पुर्‍याए निर्मल निवास

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थकहरुले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याएका छन् । झापाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लेका शाहलाई उनका हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याएका हुन् । उनको स्वागतमा ठूलो संख्यामा समर्थकहरू विमानस्थल अगाडि पुगेका थिए । त्यहाँबाट नाराजुलुस गर्दै चक्रपथको बाटो निर्मल निवास लगिएको थियो । प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन […]

रूकुम पश्चिमका राप्रपा नेता कालीबहादुर खत्री कांग्रेस प्रवेश

काठमाडौँ । रूकुम पश्चिममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कालीबहादुर खत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। ०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मेयरका उम्मेदवार भएका खत्री उक्त पार्टी परित्याग गर्दै कांग्रेसमा प्रवेश गरेको कांग्रेस चौरजहारी नगरपालिका–७ का वडा सभापति खेमप्रकाश शर्माले जानकारी दिएका छन्। मतदाता भेटघाट तथा घरदैलो अभियानका क्रममा […]

वीर अस्पतालले कटौती गर्यो स्वास्थ्य बीमाबाट पाइने सेवा

काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा कटौती गरेको छ । अस्पतालले दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि हुने गरेको थियो । उक्त सेवालाई कटौती गर्दै एकपटकमा उक्त औषधिहरू एक महिनासम्म लागि मात्रै दिइने निर्णय गरेको हो । १ फागुन देखि उक्त लागू हुने जनाएको छ । सूचनामा भनिएको छ, ‘१ फागुनदेखि […]

जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले फागुन २१ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । जसपाले आफ्नो घोषणापत्रमा हालको संविधानले निकास नदिने भन्दै उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्नुपर्ने बताएको छ । जसपाले शासकीय स्वरूपमा परिवर्तन, राष्ट्रिय पहिचानमा सङ्घीयता र प्रादेशिक संरचना निर्माण, न्याय […]