करिब १ लाख म्यादी प्रहरीको लागि आवेदन माग (सूचनासहित)

काठमाडौं । मंसिरमा हुने प्रदेश र केन्द्र चुनावलाई लक्षित गर्दै नेपाल प्रहरीले करिब १ लाख म्यादी प्रहरीको लागि आवेदन माग गरेको छ । आज एक सुचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले यति ठुलो संख्यामा म्यादी प्रहरीको माग गरेको हो । प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको सूचनामा निर्वाचन अवधिभर ५५ दिनका लागि ९८ हजार दुई […]

नेकपा (संयुक्त)को सिङ्गो केन्द्रीय समिति माओवादी केन्द्रसँग विलय हुँदै

काठमाडौँ, २४ असाेज । नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त)बीच एकता हुने भएकाे छ । नेकपा (संयुक्त)ले माअाेवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेकाे सार्वजनिक गरेकाे छ । साेमबार सम्पन्न नेकपा (संयुक्त)काे पोलिटब्यूरोको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । पार्टीका अध्यक्ष गणेश साहले पार्टी एकताको निर्णय भएको र मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले […]

गोपाल खड्काले हवार्इ इन्धनमा पनि तीन करोड लुटेको अर्को रहस्य खुल्यो

काठमाडौं, २४ असाेज । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । खड्काले इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो । हवाई इन्धनमा […]

यसरी भएको थियो गौचनको दिउसै गोली हानी हत्या

काठमाडौं, २४ असाेज । सोमबार दिउँसो तीन नबज्दै बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केका मात्रै थिए । घरबाट करिब तीन सय मिटरमात्रै अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्‌यो । गाडीको अगाडीको सिसामा प्वाल पर्‍यो । चालकले […]

राजधानीमा बन्दुकको बिगबिगी 

काठमाडाै‌, २४ असाेज । शान्तिनगर क्षेत्रमा निर्माण व्यवसायी गौचनको हत्या हुनुभन्दा केही घन्टाअघि महानगरिय अपराध महाशाखाले काठमाडौंकै म्हैपीबाट एक पेस्तोल र तीन गोली सहित ३ जनालाई पक्राउ गरेको थियो । काभ्रेको रोशी नगरपालिका घर भएका छिरिङ तामाङ, संजय तामाङ र दिलिप तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार पक्राउ […]

राजधानीमा दिउसै गोली हानी निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या

काठमाडाैं, २३ असाेज । निर्माण व्यवसायी महासंघका अध्यक्षलाई राजधानीमा दिन दहाडै गोली हानी हत्या गरिएको छ । महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि काठमाडौंको शान्तिनगरमा आज दिउसो गोली प्रहार गरिएको हो । गोली लागेर गम्भीर घाइते भएका गौचनलाई तत्काल नजिकै रहेको निजामति अस्पताल लगिएको थियो । मिनभवनस्थित सिभिल अस्पतालमा उपचार गर्दा गर्दै उनको निधन भएको हो । […]

रसुवाका विभिन्न पार्टीका नेतातथाकार्यकर्ता सामूहिक रुपमा काग्रेसमाप्रवेश

काठमाडौँ, २२ असोज /        जिल्लाको राजनीतिमा सक्रिय रहेकाविभिन्न पार्टीका नेतातथाकार्यकर्ता आज सामूहिक रुपमा नेपालीकांग्रेसमाप्रवेश गरेका छन्् । प्रधानमन्त्रीनिवास बालुवाटारमा एक विशेष स्वागतकार्यक्रमको आयोजनागर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई खादा र टिका लगाएर नेपाली काग्रेसमा स्वागत गरे । यसरी कांग्रेसमाप्रवेश गर्नेहरुमापूर्वजिविस सभापतिएवम्् राप्रपाका नेतामिलनतामाङ, राप्रपाकाजिल्लाअध्यक्षतथापूर्वप्रत्यक्षतर्फकाउम्मेदवार वाङ््गेल थोक्रा रहेका छन्् । यसैगरी राप्रपाबाटप्रवेश गर्नेहरुमापार्वतीकुण्ड गाउँपालिकाअध्यक्ष […]

स्कूल बसका चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने

काठमाडौँ, २२ असोज । विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था […]

आयल निगमका भ्रष्ट कार्यकारी निर्देशक खड्काको बचाउमा उत्रियो सर्वोच्च अदालत

काठमाडौँ, २२ असोज । सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आज अन्तरिम आदेश दिएको हो । खड्काले आफूलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत पदबाट बर्खास्त गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयविरुद्ध यही असोज ४ […]

अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको सम्मेलन सम्पन्न

धनगढी, २२ असोज । अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको यहाँ भएको सम्मेलन चारबुँदे सुदूरपश्चिम घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनले जारी गरेको घोषणापत्रमा सुदूरपश्चिमको समग्र विकासका लागि प्रवासी युवाको सीप र पुँजीलाई संकलन गरी विभिन्न योजनामा परिचालन गर्नका लागि राज्य र अन्य सरोकारवालासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ […]