Bharatpur metropolitan city to introduce local curriculum

Chitwan, Aug 8 , Bharatpur Metropolitan City has made preparation to implement local curriculum at the schools within metropolitan city area. According to Education Division at the metropolitan city, the Bharatpur metropolitan city has been making preparation to introduce the local curriculum from coming academic session. Division Chief Sitaram Koirala said that the curriculum would […]

वर्षमान पुन: दुई वर्षभित्र जुम्लामा केन्द्रीय प्रसारण लाइन पुग्छ

काठमाडौँ, २३ साउन । सरकारले आगामी दुई वर्षभित्र जुम्लामा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् सेवा उपलब्ध गराउने भएको छ ।केन्द्रीय प्रसारण लाइनको अभावमा जुम्लामा हाल सञ्चालनमा रहेको एक लघु जलविद्युत् आयोजना बन्द भएका कारण स्थानीयवासी प्रभावित भएका छन् । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले जुम्लामा विद्युत् सेवा नभएका कारण जनजीवन प्रभावित भएको भन्दै यही साउन २१ गते […]

हेटौँडामा ६२ जनामा डेङ्गु सङ्क्रमण

हेटौँडा, २३ साउन । मकवानपुरमा ६२ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । सङ्क्रमितमध्ये ३० जना सरकारी तथा ३२ जना निजी क्लिनिकमा उपचार गराइरहेको छ । ती सबै सङ्क्रमित हेटौँडा उपमहानगरपालिकाका छन् । डेङ्गुको संक्रमण बढेपछि उपमहानगरपालिकाले यसको नियन्त्रणका लागि पहल थालिएको छ । उपमहानगरपालिकाको बुधबार बसेको कार्यपालिकाको बैठकले प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन […]

करेण्ट लागेर बालकको मृत्यु

बनेपा, २३ साउन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ स्थित टुकुचा नालामा आज बिहान करेण्ट लागेर साढे तीन वर्षको बालक रिदेश श्रेष्ठको मृृत्यु भएको छ । रिमाल श्रेष्ठको छोरा रिदेशको आफ्नै घरमा पानी तान्ने मेशिनको तार समाउँदै खेल्दै गरेको अवस्थामा करेण्ट लागि घाइते भएको र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको लागि लाने क्रममा बाटोमा नै मृत्यु भएको […]

वृद्धभत्ता लिन गएका मृतावस्थामा भेटिए

विदुर, २३ साउन । नुवाकोटको विदुर नगरपालिका–३ को वडा कार्यालयमा बुधबार वृद्धभत्ता लिन गएका स्थानीय ९५ वर्षीय सेते सार्की मृतावस्थामा आज भेटिएका छन् । वृद्धभत्ता लिन जान भनी घरबाट बिहानीपख वडा कार्यालयतर्फ निस्किएका सार्की साँझसम्म पनि घर नआएपछि सार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा खोजतलासका लागि खबर गरेका थिए । प्रहरी, स्थानीयवासी र सार्कीका परिवारसहितका […]

३८ लाख ५० हजार बराबरकोे उपकरण हस्तान्तरण

बनेपा, २३ साउन । बनेपा नगरपालिका–६ स्थित बुडोलडाँडामा रहेको रेयुकाई मासुनाका आँखा अस्पताललाई अष्ट्रेलियन दूतावासका तर्फबाट ३८ लाख ५० हजार बराबरकोे उपकरण उपलब्ध गराइएको छ ।सामुदायिक विद्यालयका शिक्षकहरुका लागि उक्त अस्पतालले आज यहाँ आयोजना गरेको ‘शिक्षक तालीम’मा नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर वडले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मधु आचार्यलाई सो उपकरण हस्तान्तरण गरेका हुन । […]

प्रदेश सङ्ग्रहालयलाई नमूनाको रुपमा विकास गर्नुपर्छ

पोखरा, २३ साउन । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरा–९ स्थित गण्डकी प्रदेश सङ्ग्रहालयमा नवनिर्मित प्रदर्शनी कक्षको आज एक समारोहबीच उद्घाटन गरे।पुरातत्व विभागद्वारा निर्मित सो प्रदर्शनी कक्षमा विष्णु, भीमसेन, तिब्बती कलाशैलीको लामा धर्म गुरु र हिमाली लामाको मूर्तिलगायत १८ औँ शताब्दीका मूर्तिहरु राखिएको छ । साथै तमु समुदाय अर्थात् गुरुङको तीन पुरोहित क्रमशः पच्यू, […]

रासायनिक मल बिक्री गर्ने जिम्मा स्थानीय सरकारलाई

काठमाडौँ, २३ साउन । सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डिएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत सदस्यले समितिका सभापति पूर्णकुमारी सुवेदीमार्फत सरकारलाई अनुदानको मलमा व्यापक अनियमितता भएको जानकारी गराउँदै आएका थिए । अनियमितता भएको पाइएपछि समितिको […]