Telecom services disrupted in three districts

Khotang, Aug 9, All the services of Nepal Telecom have disrupted in three districts of State-1, including Khotang. Namaste mobile, landline telephone and ADSL service of the Nepal Telecom have been obstructed in Khotang, Okhaldhunga and Solukhumbu districts since 12.00 Wednesday night. Khagendra Magar, Chief, Nepal Telecom Khotang, informed the service was disrupted after the […]

दुई वर्षमा १२ प्रतिशत सडक निर्माण

काठमाडौँ, २४ साउन । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तार दुई वर्षमा जम्मा १२ प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीको अवरोध र सडकमा रहेका संरचना नहट्दा सो सडकमा भैतिक प्रगति कम भएको हो । भक्तपुरको पुरानो बाटो भनिने सो सडकमा चिह्न लगाएर मापदण्डअनुसार सडक खाली गर्ने काम काठमाडौँ उपत्यका विकास प्राधिकरण र सडक निर्माणको जिम्मेवारी काठमाडौँ सडक […]

अवैध नापतौल सामग्री नियन्त्रणमा

चिप्लेढुङ्गा, २४ साउन । पोखरा मुख्य व्यापारिक क्षेत्रको बजार अनुगमन गर्दा अवैध तरिकाले नापतौल र मानापाथी प्रयोग भएको पाइएपछि नियन्त्रणमा लिन थालिएको छ । पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, नापतौल कार्यालय र उपभोक्ता मञ्चले गरेको बजार अनुगमनमा उक्त नापतौलका सामग्री नियन्त्रणमा लिइएको हो । संयुक्त अनुगमन टोलीले स्प्रिङ ब्यालेन्स तराजु ३१, माना १९ र अन्य […]

एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा

चितवन, २४ साउन । चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु गरेका छन् । अहिलेसम्म जिल्लामा रहेका ११० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ । स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै राखेर बीमा गरेका हुन् । भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर नगरपालिकाले नौ, राप्ती नगरपालिका र माडी नगरपालिकाले आठ÷आठ र खैरहनी […]

ललितपुरमा पनि यान्त्रिक कुचो

ललितपुर, २४ साउन । ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर यान्त्रिक कुचो सञ्चालन हुने भएको छ ।हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्करको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरे उनले भने “ललितपुरको मुख्य सडक थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक सफा गर्नेछ । […]

करेन्ट लागेर एकको मृत्यु

भरतपुर, २४ साउन । करेन्ट लागेर एक युवकको चितवनमा मृत्यु भएको छ । अन्नपूर्ण पोल्ट्री फार्ममा वेल्डिङ गर्ने क्रममा खैरहनी नगरपालिका–१ का २९ वर्षीय अनिश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ९ः२० बजेको समयमा करेन्ट लागेर घाइते भएका महतोको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव […]

सवारी कारवाहीबाट रु ९१ लाख राजश्व सङ्कलन

बेझाड, २४ साउन । गत आर्थिक वर्षका पाल्पामा १५ हजार ४८ सवारी चालक कारवाहीमा परेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार आव २०७५÷७६ मा कारवाहीमा परेका चालकबाट रु रु ९१ लाख १९ हजार ५०० राजश्व सङ्कलन भएको छ । कारवाहीमा परेकामध्ये सबैभन्दा बढी ट्रक र मिनी ट्रकका चालक रहेका छन् । सो अवधिमा कारवाहीमा […]

गैँडाकोटलाई धार्मिक पर्यटकीय रुपमा विकशित बनाइने

नवलपुर, २४ साउन । नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको गैँडाकोट नगरपालिका ऐतिहासिक, पुरातात्विक धार्मिक महत्व बोकेको क्षेत्रको रुपमा विकशित हुन थालेको छ । थुप्रै धार्मिक तथा पर्यटकीयस्थल रहेको यस क्षेत्रमा उत्तरबाट बग्दै आएकी कालीगण्डकी नदी, नारायणी नदी, शिरमा मौलाकालिका मन्दिर र मन्दिर परिसरबाट देखिने प्राकृतिक सुन्दरताले पनि यहाँ पर्यटकको आवागमन बढ्न थालेको हो । धार्मिक पर्यटकीय […]