जाजरकोट, २५ साउन । जथाभावी वन फडानी र आगो लगाउँदा निगालो मासिएको छ । केही वर्षअघि जाजरकोटका अधिकांश उच्च पहाडी क्षेत्रमा जताततै पाउन सकिने निगालो अहिले पाउन मुस्किल भएपछि यसमा आश्रित समुदायको जीविकोपार्जनमा समस्या हुनुको साथै दुर्लभ रेडपाण्डा समेत वासस्थानको अभावमा लोप हुँदै गएको छ । बढ्दो वन विनास र डढेलो लगाउँदा निगालो मासिएको स्थानीयवासी […]
समाचार
वाग्मतीमा अन्तर्राष्ट्रिय युवा दिवस
काठमाडौँ, २५ साउन । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवाहरु वाग्मती नदी किनारमा जम्मा भई सफाइ अभियानमा जुटेका छन् । वाग्मती सफाइ महाअभियानको ३२६ औँ हप्ताको कार्यक्रममा युवाहरुले अन्तर्राष्ट्रिय दिवस मनाए । राष्ट्रिय युवा परिषद्को आह्वानमा जम्मा भएका युवाले नदी सफाइ गर्नुका साथै जनचेतनामूलक अभियानलाई देशव्यापी बनाइनुपर्नेमा जोड दिएका थिए । वाग्मती र रुद्रमतीको दोभान बुद्धनगरमा […]
लाटीकोइली शिव मन्दिरको डिपिआर तयार
सुर्खेत, २५ साउन । सुर्खेतको पुरानो धार्मिकस्थल वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित शिव मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । मन्दिर क्षेत्रलाई व्यवस्थित र प्रमुख धार्मिक गन्तव्य बनाउने उद्देश्यले महायज्ञबाट सङ्कलित बजेटबाट डिपिआर तयार गरिएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले गुरुयोजना बमोजिम मन्दिर परिसरमा प्रतिक्षालय, चिल्ड्रेन पार्क, भजनकीर्तन कक्ष रहने बताए । “मन्दिर […]
मनसुनी प्रणाली कमजोर हुँदै
काठमाडौँ, २५ साउन । मनसुनको न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिणतिर अवस्थित रहेकाले केही दिन मनसुनी प्रणाली कमजोर हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्यप्रदेशमा रहेको मनसुनको न्यून चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थान क्षेत्रमै रहेकाले मनसुनी गतिविधि कमजोर बन्दैँ गएको जल तथा मौसम विज्ञान विभाग मौसस पूर्वानुमान महाशाखाका […]
बागलुङमा उपःनिर्वाचनको तयारी
गलकोट, २५ साउन । निर्वाचन आयोगले मङ्सिर १६ गते देशभरका रिक्त पदमा उपनिर्वाचन गर्ने घोषणा गरेसँगै बागलुङमा निर्वाचनको तयारी थालिएको छ । बागलुङमा मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्ष गरी दुई स्थानमा उपःनिर्वाचन हुँदैछ । गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित टेकबहादुर […]
भरुवा बन्दुकसहित एक जना पक्राउ
भद्रपुर, २५ साउन । झापाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सोही वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरीचौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित शुक्रबार राति ८ः३० बजे नियन्त्रणमा लिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताउनुभयोए । […]
म्हैपी क्षेत्रमा सिसी क्यामरा
काठमाडौँ, २५ साउन । काठमाडौँ महानगरपालिका–१६ म्हैपी मन्दिर क्षेत्रमा ३३ सिसी क्यामरा जडान गरिएको छ । प्रदेश–३ सरकारको ५० लाख आर्थिक सहयोगमा म्हैपी मन्दिर वरपरका ३३ मुख्य मुख्य चोकमा सिसी क्यामरा जडान गरिएको हो । सिसी क्यामरा तथा नवनिर्मित शौचालयको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरे । महानगरपालिका प्रमुख शाक्यले शान्त र सुरक्षित […]
यार्सा तस्करबाट सुरक्षा पोष्ट राखेकामा विरोध
जाजरकोट, २५ साउन । उपल्लो डोल्पाको साल्दाङ र धोलगायतका तीन ठाउँमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सुरक्षा जाँचका लागि सुरक्षाकर्मी राखेपछि कर छलि गर्ने व्यापारीले विरोध गरेका छन् । तिञ्जे र धो हुँदै छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत्मा चोर बाटोबाट व्यापारीले यार्सागुम्बा निर्यात गर्न थालेपछि निकुञ्जले उक्त क्षेत्रमा सुरक्षा कार्यालय स्थापना गर्दा विरोध भएको हो […]
सिंहदरबार परिसरबाटै कैदी फरार, सुरक्षा व्यवस्थामा प्रश्न
महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट थुनामा रहेका दुई कैदी भागेका छन् । ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर शनिबार विहान थुनुवा भागेका महानगरीय प्रहरी परिसरका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले भागेका ४ थुनुवामध्ये दुई जनालाई तत्काल पक्राउ गरेको छ । भागेका दुई थुनुवाको खोजी कार्य भइरहेको प्रवक्ता बोगटीले बताए । उनीहरुको […]
मध्यपहाडी लोकमार्ग खुलाउन तीन हप्ता लाग्ने
पर्वत, २५ साउन । तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा अवरुद्ध सडक सञ्चालनमा आउन करीब तीन हप्ता लाग्ने भएको छ । यस्तै पर्वत खण्डमा रोकिएको सडक विस्तारको काम छिट्टै सुचारु गरिने भएको छ । बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा रहेको तुरतुरे ताल फुट्दा सोमबार मध्यपहाडी लोकमार्गको दुई सय मिटर […]











