महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट थुनामा रहेका दुई कैदी भागेका छन् ।
ह्याक्सो ब्लेड प्रयोग गरेर झ्यालको डन्डी काटेर शनिबार विहान थुनुवा भागेका महानगरीय प्रहरी परिसरका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले भागेका ४ थुनुवामध्ये दुई जनालाई तत्काल पक्राउ गरेको छ । भागेका दुई थुनुवाको खोजी कार्य भइरहेको प्रवक्ता बोगटीले बताए । उनीहरुको नाम भने गोप्य राखिएको छ ।
उनीहरु मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । सिंहदरबार परिसरबाटै कैदी फरार भएको घटनालाई सुरक्षा व्यबस्थाको फितलो अवस्था बुझ्न पर्ने कतिपय सुरक्षा विज्ञले बताएका छन् ।