महोत्तरी, २७ साउन । महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमइका आधारमा स्थानीय दुई जनालाई गौशाला प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको हो । आइतबार पक्राउ […]
समाचार
पहिरोपीडितलाई प्रवासी नेपालीको सहयोग
लिस्बन, २७ साउन । गुल्मीको सत्यवती गाउँपालिकाका पहिरोपीडितलाई प्रवासमा रहेका नेपालीले सहयोग गरेका छन् । गुल्मी समाज पोल्याण्डले रु दुई लाख १७ हजार ५०० सहयोग गरेको छ भने गुल्मी समाज पोर्चुगलले रु ७१ हजार ५०० राहत रकम प्रदान गरेको छ । सो गाउँपालिकामा मृत्यु भएका मृतकका परिवारलाई रु पाँच÷पाँच हजारका दरले रु ३५ हजार नगद […]
घुस रकमसहित वन अधिकृत पक्राउ
डोटी, २७ साउन । रु तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट घुस रकम लिएको उजुरीका आधारमा निज सहायक वन अधिकृत डिसीलाई आयोग कञ्चनपुरको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट पक्राउ गरेको […]
अनाधिकृत रुपमा पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारवाहीमा
काठमाडौँ, २७ साउन । ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले आव २०७४÷०७५ मा ३३ हजार ७०३ सवारीसाधनलाई कारवाही गरेको थियो । महाशाखाले उपत्यकाको पुतलीसडक, […]
वडा कार्यालयमा बम विष्फोट, वम पडकाउनेको खोजि गर्दै प्रहरी
झापा, २७ साउन । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको […]
भ्रष्टाचार मुद्दा लागेपछि कलंकी मालपोतका पूर्वकर्मचारीले गरे आत्महत्या
उदयपुर ,२७ साउन । एकजना पूर्वकर्मचारीले आफू ठूलो भ्रष्टाचारी नभएको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्। त्रियुगा नगरपालिका १० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चायले अख्तियार प्रमुखको नाममा दुई पानाको सुसाइड नोट लेखी आत्महत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सुसाइड नोटमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेको नाम उल्लेख छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका […]
गाउँगाउँमा सुरु भयो ‘एक घर, एक रोजगार’ कार्यक्रम
वीरेन्द्रनगर, २७ साउन । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति लिएको हो । “कामका लागि विदेशमा जाने […]
४० जना जुवाडेसहित प्रहरीले गर्यो लाखौ रकम बरामद
पोखरा, २७ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ । पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित एक लाख २१ हजार […]
प्रअ हुन तीब्र प्रतिस्पर्धा चलेपछि महिनौदेखि शिक्षकले तलबै पाएनन
पाल्पा, २७ साउन । राजनीतिक विवादका कारण राधाकृष्ण माध्यमिक विद्यालय निस्दी गाउँपालिका–१ बाकामलाङ्मा प्रधानाध्यापक नियुक्त हुन सकेको छैन । प्रधानाध्यापक नियुक्त नहुँदा शिक्षक कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् । प्रधानाध्यापक पीताम्वर भण्डारीले अवकाश लिएपछि २०७५ चैत २८ गतेदेखि निमित्त प्रअको कार्यभार प्रावि तहका स्थायी शिक्षक हुमबहादुर रानालाई दिइएको छ । नयाँ प्रअ नियुक्ति राजनीतिक […]
मुक्तकमलरीको भवन निर्माण
घोराही, २७ साउन । मुक्तकमलरीले झण्डै एक करोडको लगानीमा आफ्नै भवन निर्माण गरेका छन् । नेपाल सरकार तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ८० लाख, मुक्तकमलरी विकास मञ्चको आठ लाख ८८ हजार लागत र मुक्तकमलरी विकास मञ्चको आन्तरिक कोषबाट आठ लाख ३८ हजार गरी कूल ९७ लाख २७ हजार ७१ मा साढे तीन तले भवन निर्माण गरिएको […]











