शनिवार एकै दिन थपिए ४६८ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ८० जना

काठमाडौं । आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको जानकारी दिएको हो । ११ हजार ४७ पीसीआर परीक्षण गरिएकोमा ४६८ लाई कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । गौतमका […]

झारफुक गर्ने बहानामा भाउजूलाई बलात्कार !

झारफुक गर्ने बहानामा भाउजूलाई बलात्कार गरेको अभियाेग लागेका एक युवक पक्राउ परेका छन् । भाउजूकाे जाहेरीपछि सल्यान प्रहरीले देवरलाई पक्राउ गरेको हाे । सल्यान प्रहरीले जनाए अनुसार शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वली पक्राउ परेका हुन् । भाउजू नाता पर्ने ४० वर्षीया बिरामी महिलालाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा उनलाइ बिहीवार पक्राउ […]

कोरोनाबाट मृत्यु हुने १०० नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ । पछिल्लो २४ घण्टामा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक […]

राजधानीमा थपिए १२७ संक्रमित, काठमाडौंमा मात्र १११

काठमाडौं, २९ साउन । काठमाडौं उपत्यकामा बिहीबार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले नयाँ संक्रमितकाबारे जानकारी दिदै उपत्यकामा संक्रमण दर तीब्र रहेकाे बताएकाे छ । उपत्यकाका तीन जिल्ला मध्ये काठमाडाैंमा संक्रमण दर बढ्दाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १११ जना संक्रमित फेला परेका छन् । त्यसैगरी ललितपुरमा ११ […]

एकैदिन ५२५ संक्रमित थपिएसँगै २४,९५७ पुगे कोरोना पोजिटिभ

काठमाडौं । बिहीबार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । गाैतमले हालसम्म सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ भने १४ हजार ७६९ जना […]

कोरोना लागेपछि दुई बैंक गरिए सिल

गुलरिया । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि दुई बैंक सिल गरिएको छ । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेड र बर्दियाकै बढैयाताल गाउँपालिकामा रहेको सिटिजन बैंक लिमिटेडको शाखा कार्यालय सिल गरिएको हो । उक्त बैंकमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि सिल गरिएको बताइएको छ । अहिले ती दुबै बैंकका शाखाबाट कुनै कारोवार […]

एकैदिन कोरोनाले ११ को मृत्यु, थपिए ४८४ नयाँ संक्रमित

काठमाडौं, २८ साउन । कोरोना भाइरसबाट एकैदिन ११ जनाको ज्यान गएको छ । साथै बुधवार ४८४ जना संक्रमित थपिएका छन् । बुधवार सबैभन्दा धेरै संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ भएको छ । संक्रमित मध्ये अहिलेसम्म ९२ जनाको मृत्यु भएको छ । अहिलेसम्म १६ हजार ७ सय […]

२ चिकित्सकसहित ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, त्रिवि शिक्षण अस्पतालसहित राजधानीका २ ठूला अस्पताल सिल

काठमाडौं, २७ साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत २ जना चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । अस्पतालका चिकित्सकमा समेत कोरोना भाइरसको संक्रमण भएपछि अहिले बुधवार साँझ अबेर अस्पताल सिल गरिएको हो । कोरोना संक्रमण पुष्टि भएको खबर आउने बित्तिकै अस्पतालको मूल गेट बन्द गरेर सिल गरिएको त्यहाँ उपचारका लागि गएका विरामीले […]

कोरोनाका कारण सर्वोच्च अदालतका २ न्यायाधिश नै आइसोलेसनमा

काठमाडौं, २८ साउन । सर्वोच्च अदालतका दुई जना न्यायाधीश ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् । सुरक्षामा खटिएका प्रहरीमा काेराेना पुष्टिभएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले आफूहरू ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी दिएका हुन । न्यायाधीश खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीको कोभिड–१९ रिपोर्ट पोजेटिभ आएकाे थियाे । ती सुरक्षाकर्मीको २६ साउनमा संकलन गरेको स्वाबको […]

कोरोना लागेर विमान चार्टर गरी काठमाडौं ल्याइएका जनकपुरका पूर्व मेयरको मेडिसिटी अस्पतालमा निधन

काठमाडाैं । कोराना भाइरस संक्रमणको कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ । ७३ वर्षका गिरीकाे मंगलबार राति काठमाडौंमा मृत्यु भएकाे हाे । १५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको मंगलबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । जनकपुरको […]