मुग्लिन नारायणगढ सडकखण्ड पहिरोले बन्द

चितवन । पहिरोको कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डको दुई ठाउँमा पहरिो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन समय लाग्ने जनाइएको […]

प्रहरी एसपीले नै महिला प्रहरीमाथि शारीरिक शोषण गरेको भन्दै गृहमा उजुरी

काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) माथि गम्भीर संकट आई परेको छ । प्रहरीको विधि विज्ञान प्रयोगशाला सामाखुसीमा कार्यरत एसपी राकेशकुमार सिंहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि हेडक्वार्टरले छानविन समिति गठन गरेको हो । तल्लो दर्जाका महिला कर्मचारीहरुलाई शारीरिक शोषण गरेको भन्दै सिंहविरुद्ध गृहमा बेनामी उजुरी परेपछि हेडक्वाटरले एसएसपी सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन […]

जिम्बाब्बे राजधानीमै ठूलो झडप, प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु

काठमाडौं । जिम्बाब्बेमा राष्ट्रपति चुनावपछि राजधानी हरारेमा भएको प्रदर्शनका क्रममा ३ जनाको ज्यान गएको छ । निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी गठबन्धन एमडीसीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३ जनाको ज्यान गएको हो । विपक्षी गठबन्धन एमडीसीले प्रदर्शनमाथि सरकारले बल प्रयोग गरेर पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको जस्तै तानाशाह शैली अपनाएको आरोप लगाएको छ । तर […]

मंगलग्रह पृथ्वीको सबैभन्दा नजिक आउँदै आज

काठमाडाैं । मंगलग्रह १५ वर्षपछि मंगलबार राति पृथ्वीको सबैभन्दा नजिकको आउँदैछ । मौसम सफा रहे मध्यरातअघि आकाशमा चन्द्रमापछि सबैभन्दा चम्किलो बस्तुको रुपमा मंगलग्रह देखिनेछ। अहिले उदाइसकेको मंगलग्रह बिहान ४ बजेर ५६ मिनेटमा अस्ताउने छ। सूर्यलाई परिक्रमा गर्ने क्रममा यो ग्रह प्रत्येक २६ महिनामा पृथ्वीको नजिक आउने गर्छ। ‘२००३ अगस्टपछि मंगलबार राति नजिक आउन लागेको हो’ […]

युएईमा अवैध रुपमा रहेका नेपालीलार्इ मौकाको फाइदा उठाउन नेपाली दुतावासको आग्रह

काठमाडौं, १६ साउन । संयुक्त अरब र्इमिरेट्सस्थित नेपाली दुतावासले अवैध रुपमा त्यहाँ बसेका नेपालीहरुलार्इ सम्पर्कमा अाउन अाग्रह गरेकाे छ । युएई सरकारले त्यहाँ रहेका अवैध बसेका विदेशी नागरिकलाई हटाउन अभियान सुरु गरेपछि नेपाली दुतावासले यस्ताे अाग्रह गरेकाे हाे । युएर्इले अवैध विदेशी नागरिकलार्इ सम्पर्कमा अाउन भन्दै आज (बुधबार)देखि तीन महिनासम्म आममाफीको समय दिएको छ। गैरकानुनी […]

ठूलो मात्रामा सार्वजनिक जग्गा व्यक्तिको नाममा गर्नेहरु विरुद्ध नेकपाको अभियान

राजकुमार सुगम पोखरा । पोखराको नयाँ सडकमा रहेको सार्बजनिक जमिनलाई भूमाफियाले हडपेर आफ्नो बनाएपछि नेपाल कम्युनिष्ट पार्टीले कब्जा गरेको छ । ४३ बर्ष पहिलादेखि सरकारको मातहतमा रहेको जमिनलाई पोखराको एक कोइराला परिवारले निजी बनाएपछि नेकपाले कब्जा गरेको हो । पोखराको नयाँ सडकस्थित किता नम्बर १६६८ (साबिक किता नम्बर ६७६) को सार्बजनिक जग्गा पोखरा गैहापाटनका करुणानिधि कोइरालाले […]

पाइलटका कारण त्रिभुवन विमानस्थलमा ठूलो हंगामा, विमानमा बसिसकेका यात्रुहरु दिनभर रोकिए

काठमाडौं, १४ साउन । फ्लार्इ दुवर्इका एक चालकका कारण अाइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हंगामा मच्चिएकाे छ । जसका कारण बिहानै उड्ने भनेकाे फ्लाइ दुबर्इकाे उडान दिनभर उडेन । त्यसपछि दुबर्इबाट अर्का चालक नेपाल बाेलाउनुपर्याे । त्यसैगरी ती चालकमाथि सामान्य बल नै प्रयाेग गर्नुपर्याे । केही समय उनलार्इ नियन्त्रणमा नै लिनुपर्याे । यसरी हंगामा मच्चाउने चालक […]

दुर्इ जिल्ला बाँके र बर्दियाका ११३ सीमास्तम्भ गायब

बाँके, १४ साउन । नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाको सिमानामा रहेका ५५२ मध्ये ११३ सीमास्तम्भ हराएका छन् । बाँकेमा १३ र बर्दियामा १०० सीमास्तम्भ गायब भएका हुन् । बाँकेस्थित ३२ मुख्य सीमास्तम्भमध्ये पूर्व कटकुइँया र पश्चिम मानखोलासम्मको सीमाका पाँच जंगेपिल्लर राप्ती नदी र मानखोलाले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सोही क्षेत्रका २ सय ७५ सहायक स्तम्भमध्ये […]

पहिला आफ्नै मृगाैला बेचेर पछि अरुकाे समेत बेच्न जुटेका पाँच पक्राउ

चितवन, १४ साउन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव अंग मृगौला तस्करीको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । आरोपीहरुले पहिला आफ्नो मृगौला एक/एक वटा बेचेर पछि तस्करीमा संलग्न रहेको चितवन प्रहरीले जनाएको छ । अशिक्षित, गरिब र दुर्गम भेगका मानिसलाई आर्थिक प्रलोभनमा पारी उनीहरुले मृर्गौला तस्करी गरिरहेको चितवन प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालले जानकारी […]

बढ्यो राष्ट्रिय ऋण, ६२ प्रतिशतले ऋण बढ्दा प्रति नेपालीलाई ३० हजार ऋणभार

काठमाडौं, १४ साउन । नेपाल सरकारको कुल ऋण ८ खर्ब ९४ अर्ब ७८ करोड पुगेको छ। सरकारी खर्च बढ्दै जाँदा ५ वर्षको अन्तरालमा ६१.६५ प्रतिशतले राष्ट्रिय ऋण बढेको छ। ५ वर्षअघि आर्थिक वर्ष २०७०÷७१ मा यस्तो ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड थियो। एक वर्षमा एक खर्ब ९७ अर्ब १० करोडले पुँजी बढेको छ। […]