काठमाडाैं, २५ भदाै । महानगरीय ट्राफिक प्रहरीले मादक पदार्थ सेवन अभियानबाट ठूलो जरिवाना असुली गरेको छ । मादक पदार्थ सेवनकर्ताबाट अभियानबाट उपत्यकाबाट मात्रै २३ करोड रुपैयाँभन्दा बढी जरिवाना असुली गरेको महाशाखाले जनाएको छ । याे रकम ६ वर्षको अवधिमा असुल गरिएकाे हाे । महाशाखाले मापसे अभियान चलाएकाे छ वर्ष भएकाे छ । ६ वर्षकाे अवधिमा […]
समाज
मधेशका उम्मेदवार चुलो बनाइदिने र मच्छड भगाइदिने आश्वासन दिएर भोट माग्दै
राजविराज, २५ भदाै । भीमराज यादव फोरम नेपालका तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । लामो समय सद्भावनामा बिताएका यादव मधेस आन्दोलनमा पनि निकै सक्रिय थिए । यद्यपि ‘जनताले तपाईंलाई नै किन भोट हाल्छन् ?’ भनी सोधिएको जिज्ञासामा उनी न त मधेसवादकै कुरा गर्छन्, न त मधेसवादी राष्ट्रिय अजेन्डाको । ‘यो नगरको स्वरूप फेर्न […]
चितवन राष्ट्रिय निकुञ्जमा गुगलको कडा आँखा
चितवन, २५ भदाै । सुप्रसिद्ध सर्च इन्जिन गुगल’ ले नेपालको वन्यजन्तु संरक्षणमा सहयोग गरेको छ । यही सहयोगबाट विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जलाई आधुनिक प्रविधिको प्रयोगले सुरक्षा निगरानीमा राखिएको छ । गुगलले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) अमेरिकामार्फत चितवन राष्ट्रिय निकुञ्जमा विभिन्न किसिमका प्रविधि जडान गर्न सहयोग गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु […]
निगमको घोटालामा अख्तियारकै भूमिका शंकास्पद
काठमाडौं, २५ भदाै । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा आपूर्ति मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका शंकास्पद देखिएको छ । ती दुई निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सार्वजनिक लेखा समितिको निर्देशन लत्याएर आरोपितलाई छानबिनको दायरामा ल्याउन आलटाल गरिरहेका छन् । छानबिन र कारबाहीको दायरामा ल्याउने जिम्मेवारी पाएका निकाय नै आरोपितलाई बचाउन लागेको […]
एकाएक घरमाथि यात्रु बस खसेपछि
नुवाकोट, २४ भदाै । काठमाडौंबाट नुवाकोट जाँदै गरेकाे एउटा बस नुवाकाेटकाे गुरुङगाउँमा पुगेपछि एकाएक दुर्घटनामा परेकाे छ । काठमाडाैकाे नयाँ बसपार्कबाट बिहान साढे ९ बजे नुवाकाेटकाे खरानीटारका लागि गुडेको बा१ख ६३४८ नम्बरको यात्री बस नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ गुरुङगाउँमा अपराह्न १२ बजेतिर दुर्घटनामा परेकाे हाे । बस सडकबाट तीन सय ५० मिटर झरेपछि सीताको […]
ज्यापु समाजको साधारण सभा प्रम देउवाले गरे उद्घाटन
ललितपुर, १४ भदौ । ज्यापु समाज ललितपुरको चौबीसौं वार्षिक साधारणसभा ललितपुरमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक समारोहकाबीच सभाको उद्घाटन गरेका हुन् । ्द्द ललितपुर महानगरपालिका वडा नम्बर आठ स्थित भोलढोकामा रहेको ज्यापु प्रज्ञा भवनमा आयोजित साधारण सभाको उद्घाटन गर्नुका साथै प्रम देउवाले ज्यापु प्रज्ञा भवनमा रहेको म्युजियमको समेत अवलोकन गरे । […]
कोरियाली आरोहण दलले ल्होत्से हिमाल आरोहण गर्ने
काठमाडौँ, २४ भदौ । अघिल्लो चार पटकसम्म ल्होत्से हिमाल आरोहण गर्न असफल दक्षिण कोरियाली आरोहण दलले पुनःपाँचौँ पटक उक्त हिमाल आरोहण गर्ने भएको छ । आरोहणका हिसाबले सबैभन्दा गाह्रो (८,५१५) मिटर अग्लो ल्होत्सेको दक्षिणी मोहडा आरोहणका लागि कोरियाका साहसिक आरोही सुङ टेक होङ क्गलन त्बभप ज्यलन नेतृत्वको सात सदस्यीय आरोही दल त्यसतर्फ लागेको हो । […]
धरहरा र काण्ठमण्डप पुनःनिर्माणको प्रगति ५ दिनभित्र पेश गर्न निर्देशन
काठमाडौँ, २४ भदौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नेपाल टेलिकमलाई पाँच दिनभित्र धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक धारणा तयार गरी पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले भदौ १२ गते टेलिकमलाई धरहरा पुनःनिर्माण सम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव पेश गर्न पत्राचार गरेको थियो । उक्त पत्रको जवाफ नआएपछि प्राधिकरणले आज पुनः टेलिकमलाई पत्राचार गरी आधिकारिक धारणा पेश […]
सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै
काठमाडौँ, २४ भदौ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका पशुपति मुरारकाले रासससँग कुरा गर्दै भने, […]
एनआरएन बेल्जियमको अध्यक्षमा लोक दाहाल विजयी
बेल्जियम,। गैर आवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन । एनआरएनए बेल्जियमको २०१७–२०१९ दुई बर्षे कार्यकालका लागि सेप्टेम्बर ३ मा निर्वाचन भएको थियो । आफ्नो प्रतिस्पर्धी सन्तोष श्रेष्ठ (सुवास) लाई २ सय ४२ मतले पछि पार्दै दाहाल बिजय भएका हुन । विजय दाहालले ११ सय ८३ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी […]