कडा नियम आफ्नै छोराछोरीलाई पनि ‘तँ’ भन्न नपाउने

काठमार्डौँ, ६ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले आफ्ना नेता कार्यकर्ताका लागि कसैलाई पनि ‘तँ’ भन्न नपाइने लगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहिताअनुसार अब उप्रान्त नेतारकार्यकर्ताले कसैलाई पनि तँ भन्न पाउने छैनन् । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको यो आचारसंहिता लागु गर्न पार्टीका सबै […]

तालामारा बजारमा आगलागी हुँदा २० लाखको क्षति

मेलम्ची, ६ माघ । मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन् । ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ । त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिए । आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा […]

पर्वतमा प्लास्टिकको चामल भेटिएको आशङ्का, क्रिकेट बलजस्तै उफ्रियो भातको डल्ला

पर्वत, ०६ माघ । पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्लास्टिकको चामल भएको आशङ्का गर्दै सशङ्कित भएका छन् । गणेश खाद्य उद्योग पुरानो पर्सा बजार चितवनले […]

अनेरास्ववियूको जिल्ला नेतृत्वमा एक मात्रै महिला!

काठमाडौं, ६ माघ । गत पुस १८ गतेमात्रै नेपाल कम्युनिस्ट पार्टी नेकपा को विद्याथी संगठन अनेरास्ववियूले पूर्णता पायो। एकतासँगै पुस २७ र २८ गते अनेरास्ववियूको केन्द्रीय कमिटीको पहिलो बैठक बस्यो। उक्त बैठकको निर्णयपछि आइतवार मात्रै जिल्ला कमिटीको संयोजक र सह संयोजक तोकिएको छ। जसअनुसार अनेरास्ववियू जिल्ला संयोजकमा खोटाङले मात्र महिला नेतृत्व पाएको छ। खोटाङमा जिल्ला […]

शिक्षक लाईसेन्सको ५० प्रतिशत कापी परिक्षण सकियो

काठमाडौं, ६ माघ । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र लाईसेन्स परीक्षाको कापी परीक्षणको काम ५० प्रतिशत काम सकिएको जनाएको छ । पहिलो चरणमा माध्यमिक तहबाट कापि परीक्षण काम शुरु गरेको आयोगले सबै तहको ५० प्रतिशत उत्तरपुस्तिका परिक्षण कार्य सकिएको उप-सचिव एवम आयोगका सूचना अधिकारी दामोदर आचार्य जानकारी दिए । सूचना अधिकारी आचार्यका अनुसार […]

करको सास्तीमा सर्वसाधारण, एउटा खसीको कर एक सय

बैतडी, ६ माघ । स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन् । स्थानीय सरकारले सडकमा ढाट नै तेस्र्याएर पशु निकासीमा चर्को कर असुल्न थालेका हुन् । त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपियाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपियाँ छ । स्थानीय सरकारले निकासी कर लिन ठाउँठाउँमा ठेक्का नै दिएको छ । ठेकेदारले […]

छ बुँदे टोक्यो घोषणापत्र सहित च्याप्टर सम्मेलन सम्पन्न

टोक्यो, जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका साहित्यकारहरुलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ । संस्था स्थापना भएको दुई दशक बित्न लाग्दा सबैलाई समेट्दै नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई पनि द्रूतगतिले अघि बढाउने निर्णय गरेको छ । तीन दिन सम्म […]

काठमाडौं विमानस्थलदमा बुद्ध र यति एयरका विमान आपसमा ठोक्किए

काठमाडौं, ६ माघ । त्रिभुवन विमानस्थलमा यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन् । जनकपुर जान लागेको बुद्ध एयरको विमानले रोकिराखेको यती एयरलाइन्सको विमानलाई ठक्कर दिएको हो। विमान ठोक्किँदा दुवै विमानमा सामान्य क्षति भएको विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए। विमान ठोक्किए पनि विमानस्थलका अन्य उडानहरू सुचारु रहेको पनि कर्णले जानकारी दिए।

अन्नपूर्णको हिमपहिरोमा परेर हराएका ४ कोरियाली र ३ नेपाली अझै बेपत्ता

कास्की, ६ माघ । अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरुका नेपाली गाइडको खोजीमा कठिनाइ उत्पन्न भएको छ । हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला पार्न सकिने अवस्था नरहेको पदयात्रा व्यावसायीले बताएका छन् । त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको र ठूलो पहिरोले पुरिएका कारण तत्काल भेट्न कठिन रहेको […]

हिमपात रोक्न स्थानीयले गरे हिउँमै बसेर पूजा

डोल्पा, ६ माघ । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९, पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए । ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा […]