झापा। जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
समाज
सरकार, जेनजी र दललाई संयमित हुन नागरिक समूहको आग्रह
काठमाडौं । नागरिक समूहले सरकार, जेनजी र दलहरू तीन वटै पक्षलाई संयमित हुन अपिल गरेको छ । बाराको सिमरामा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिक समूहले असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने संकेत दिएको उल्लेख जनाएको छ । नागरिक समूहका अध्यक्ष विष्णुहरि दाहालले विज्ञप्ति निकालेर संयमित हुन अपलि गरेका हुन् । विज्ञप्तिमा […]
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेर २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको हो । यसअघि सुन बिहीबार तोलामा २ लाख ४३ हजार रुपैयाँ रहेको थियो । यस्तै चाँदीको मूल्य समेत घटेको छ । बिहीबार तोलामा ३ हजार १८५ […]
प्रधानमन्त्री र गृहमन्त्रीको प्रतिबद्धतापछि यादव सिंहले तोडे १० दिनदेखिको अनशन
काठमाडौँ । माइतीघर मण्डलामा गत कात्तिक २५ गतेदेखि आमरण अनशनमा बसेका २७ वर्षीय यादव सिंहले अनशन तोडेका छन् । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि सिंहले १० दिनसम्म चलेको अनसन तोडेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाहीसहित जेनजी आन्दोलनका सहिद परिवार र घाइतेको […]
फोहोर विसर्जनसम्बन्धी ११ बुँदे सहमतिबारे बोले कुलमान
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बञ्चरे डाँडामा फोहोर बिसर्जनसम्बन्धी ११ बुँदे सहमति भएकोमा खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्– ‘काठमाडौँ उपत्यकाको फोहोर बञ्चरे डाँडामा विसर्जनमा हुँदै आएको अवरोध निरन्तरको प्रयासपछि भएको ११ बुँदे सहमति पछि हटेको छ। अवरोध हटाउन साथ सहयोग र सहजीकरण गर्नु हुने सबैलाई धन्यवाद।’ बिहीबार सिंहदरबारमा भएको […]
सिमरा विमानस्थल आसपास क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म पुनः कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ :‘सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास […]
रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित
बुटवल । बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले दिएको रिट निवेदनमाथिको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आजका लागि पेसी तोकिएको थियो । तर, […]
कालीमाटी भित्रिएको हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी
काठमाडौं । मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो धनियाँ र काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले […]
गृहमन्त्रीको राजीनामा माग्दै सुदन गुरूङले चलाए सामाजिक सञ्जालमा अभियान
काठमाडौं । हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरूद्ध सामाजिक सञ्जालमा अभियान चलाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा माग गर्दै गृहमन्त्री अर्यालविरूद्ध अभियान चलाएका हुन् । ‘मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दैछ’ भन्दै गुरूङले एउटा पोस्टर फेसबुकमा साझा गरेका छन् । स्टरमा गृहमन्त्री अर्यालविरूद्ध तीनवटा ह्यासट्यागहरू पनि उल्लेख छन् […]
आजको मौसम : यी दुई प्रदेशको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका […]











