थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो । यस्तै नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित […]

चट्याङ लागेर ४ जनाको मृत्यु

राजविराज, ११ असार । चट्याङ लागेर आज बिहान चार जनाकाे मृत्यु भएकाे छ । चट्याङ्ले लागेर एक जना घाइते भएका छन्। जिल्लाकाे डाक्नेश्वर नगरपालिका वार्ड नं ९ मा एक जना, महादेवा गाउँपालिकाकाे वार्ड नं २ मा एक र राजगढ गाउँपालिकामा २ जनाको मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनास्थलका बारे जानकारी लिइरहेकाे जनाएकाे […]

रुकुम सोती घटनाकी दोषी भनिएकी युवतीकी आमालाइ धरौटीमा रिहा गर्न आदेश, २३ थुनामा

काठमाडौं, १० असार । ६ जनाकाे ज्यान जाने गरी भएकाे रुकुम पश्चिमकाे साेती घटनामा अभियाेग लागेका २३ जना थुनामा गएका छन् । रुकुम पश्चिम जिल्ला अदालतले उनीहरुलाइ पुर्पक्षका लागि थुनामा पठाएकाे हाे । अदालतले युवतीकी आमालाइ भने धराैटीमा रिहा गर्न आदेश दिएकाे छ । जाजरकाेट राणा गाउँका नवराज विक र उनका साथीहरुसहितकाे नृशंस हत्यामा सम्लग्न […]

५ सय ३८ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १० हजार ९९ पुग्यो

काठमाडौं । गएको २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको जानकारी दिए। यस्तै, पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका […]

कर्णालीमा कोरोना संक्रमितको संख्या पुग्यो १२८७, २४ घन्टामा थपिए २६ नयाँ संक्रमित

सुर्खेत । कर्णाली प्रदेशका चार जिल्लामा थप २६ जना काेराेना संक्रमित भेटिएका छन् । कर्णाली प्रदेश अन्तर्गत सल्यान, सुर्खेत, दैलेख र हुम्लामा नयाँ संक्रमित भेटिएका हुन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ८७ पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर […]

चार जना चिकित्सिकमा कोरोना संक्रमण भेटिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्द

घोराही, ६ असार । चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अाकस्मिक बाहेक सबै सेवा बन्द भएकाे छ । अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए । अस्पताल बन्दा हुँदा बिरामी तथा […]

युभेन्टसलाई हराउँदै नापोलीले हात पार्यो कोपा इटालियाको उपाधि

एजेन्सी । युभेन्टसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नापोलीले कोपा इटालियाको उपाधि जितेको छ। बुधबार फाइनल खेलको निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल नभएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । घरेलु टोली नापोलीले टाइब्रेकरमा ४–२ को जित निकालेको हो । पछिल्लो ६ सिजनमा नापोलीले पहिलोपटक प्रमुख उपाधि जितेको हो । युभेन्टसका पाउलो डिबालको पेनाल्टी नापोलीका गोलरक्षकले जोगाए […]

एकै दिन ५८६ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमित पुगे ७१७७

काठमाडौं, ३ असार । नेपालमा काेराेना संक्रमितकाे संख्या सात हजार १ सय ७७ पुगेकाे छ । त्यसमध्ये ५८६ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन् । संक्रमितमध्ये अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने एक हजार १ सय ६७ जना निकाे भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेको बैजनापुर–६ की ४६ वर्षीया […]

क्वारेन्टिनमै दुलाहा दुलहीले गरे मास्क लगाएर बिवाह

दाङ । भारतबाट आएर क्वारेन्टिनमा बसेका एक जोडीको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टिनबाटै विवाह भएको छ । दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित क्वारेन्टिनमा बसेका जोडीको परिवारको सहमतिमा विवाह गरिएको वडा अध्यक्ष भरत अर्यालले जानकारी दिए । ‘भारतबाट आएर क्वारेन्टिनमा बस्नु भएको थियो । माया–प्रेम र चिनजान भारतमै भएको रहेछ’ उनले भने, ‘क्वारेन्टिनमा बसेको […]

क्वारेन्टिनमा सामूहिक बलात्कार गर्ने ३ स्वयमसेवकलाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाकाे एक क्वारेन्टिनमा राखिएकी महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कैलाली जिल्ला अदालतले करणी सम्बन्धी कसूरमा उनीहरुलाइ अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ […]