काठमाडौं । ३८ क्विन्टल सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा मारेको छ । अग्रवालको अनामनगरस्थित घरमा छापा मारेर मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको बताईएको छ । घरमा भएको अन्य सुन उनीले भाग्दा लिएर गएको हुन सक्ने समितिको अनुमान छ । शुक्रबार […]
मुख्य समाचार
प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुग्यो आर्मी, सागर पुनले हाने शतक
काठमाडौं। त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ओपनर सागर पुनको शतकीय योगदानमा प्रदेश ५ लाई १५४ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो । शनिबार हुने एपीएफ र नेपाल पुलिसबीचको खेलको विजेतासँग आर्मीले उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ । शुक्रबार टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय […]
संसद नियमावली पास, फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने
काठमाडौँ। प्रतिनिधिसभा नियमावली २०७५ पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो । नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ लाई पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । संसद्को बैठक कार्यसञ्चालनलाई नियमित र व्यवस्थित गर्न उक्त नियमावली बनाइएको छ । नियमावलीमा फौजदारी अभियोग […]
संसद बैठक बस्दै, प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली पेस गर्नेबारे यस्तो छ तयारी
काठमाडौं, २५ जेठ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली आजको संसद बैठकमा पेश हुने भएको छ । दलहरूबीचको लामो छलफल र सम्वादपछि आजको बैठकमा नियमावली पेश गर्ने तयारी भएको हो । संसदको बैठक दिउँसो एक बजे बस्ने कार्यक्रम छ । फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवलीको कांग्रेस र […]
जनकपुरबाट नेपालगञ्ज जाँदै बस गरेको दुर्घटना, यस्तो छ क्षतिको विवरण
दाङ, २५ जेठ । दाङको भालुबाङ-लमही सडकखण्डमा बस दुर्घटना भएको छ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान दुर्घटना भएको हो । बस दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मद रहेकी रहेकी छन् […]
गैर न्यायिक थुनामा रहेका आस्थाका बन्दीहरूसँग अधिकारकर्मीद्वारा भेटघाट
काठमाडौं। जिल्ला प्रहरी कार्यालय झापा र इलाममा रहेका नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने राजनीतिक बन्दीहरुलाई मानवाधिकारवादीहरुको टोलीले भेटघाट गरेको छ । प्रहरी हिरासतमा रहेका नेकपका केन्द्रीय सदस्य किरण राईलसहित ४ जना राजनीतिक आस्थाका बन्दीहरुलाई मानव अधिकारकर्मी र पत्रकारहरुको टोलीले बिहीबार भेटघाट गरेको हो । त्यस्तै सुनसरीबाट समातिएका सुरज राई, सुरेश रार्ई, राेशन ढकाल, माेहन कार्की, लक्ष्मण कार्की, […]
ग्वाटेमालामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो
एजेन्सी । ग्वाटेमालामा शक्तिशाली ज्वालामुखी विस्फोटमा परि हराइरहेका खोजी तीब्र पारिएको छ । अग्नी नियन्त्रकलाई सेनाले समेत सघाइरहेको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेको संख्या ६२ पुगे पनि यो संख्या बढ्न सक्ने आशंका गरिएको छ । ज्वालामुखी विष्फोटका कारण प्रभावित हजारौं मानिसलाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ । राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर टाढा […]
अर्जेन्टिनाद्वारा ईजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द
काठमाडौं । विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण फुटबल खेल रद्द गरेको छ । इजरायल र प्यालेस्टाईनबीचको सदाबहार तनाव र गाजा क्षेत्रमा ईजरायली सेनाको ज्यादतीबारे प्रश्न उठेपछि अर्जेन्टिनाले अभ्यास खेल रद्द गरेको हो । राजनीतिक र अन्य केही दबाबले विश्वकप पूर्व ईजरायलसँग खेल्ने तय भएको अभ्यास खेल रद्द गर्नुपरेको अर्जेन्टाइनी खेलाडी गोन्जाले हिगुवानले पुष्टी […]
फ्रेन्च ओपन टेनिस: नोभाक इटालीका मार्कोसँग पराजित
काठमाडौं । जारी फ्रेन्च ओपन टेनिस प्रतियोगितामा १२ पटक प्रमुख उपाधिमा कब्जा जमाएका नोभाक डिजोकोभिक मार्को सेचिनातोसँग मंगलबार ६-३, ७-६(४), १-६(११) ले स्तब्ध बनेका छन्। उनी सेमिफाइनलमा प्रवेश गरेका छन्। जीतसँगै मार्को चालिस वर्षमा ग्राण्ड स्लामको सेमिफाइनलमा पुग्ने पहिलो इटालियन पुरूषसमेत बने। सेमिफाइनल प्रवेश गर्न सफल भएपछि मार्को मैदानमै रोएका थिए। मार्कोले फाइनलका लागि स्थान […]
जनयुद्धकालिन माओवादी पार्टीले बनायो ७ सदस्यीय हेडक्वाटर (नामसहित)
काठमाडौँ । तत्कालिन माओवादी केन्द्रले एमालेसँग गरेको एकताको विरोध गर्दै विमल अधिकारीको नेतृत्वमा बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले हेडक्वाटर गठन गरेको छ । एमालेसँगको एकतालाई आत्मसपर्ण भन्दै अधिकारीको नेतृत्वमा जनयुद्धकालिन पार्टीलाई ब्यूँताइएको हो । अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ । हालै बसेको बैठकले पार्टीको प्रबक्तासहित हेडक्वाटर ७ सदस्यीय हेडक्वाटर बनाइएको छ । […]










