भिखारी संघका अध्यक्षकाे घरबाट लाखाैंको बोरा बरामद

बिराटनगर । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट तीन लाख १५ हजार रुपैयाँ फेला परेको छ । विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो । सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो । अधिकांश नोट भिजेको अवस्थामा फेला […]

सरकारद्वारा निर्वाचन मिति सार्वजनिक

काठमाडाैं । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव एकै दिन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।   प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने मन्त्रिपरिषदले निर्णय गरेको सरकारका प्रवक्ताले बताए ।   निर्वाचन आयोगले तयारी पुरा गर्न अप्ठ्यारो हुने भन्दै […]

यी १० जिल्लामा पनि निःशुल्क इन्टरनेट

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले देशैभर ब्रोडब्यान्ड पु¥याउने अभियान अन्तर्गत थप दस जिल्लामा प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले प्रदेश सात अन्तर्गतका सात जिल्ला र प्रदेश तीन अन्तर्गतका तीनवटा जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट जडानका लागि अनुमति प्राप्त सेवा प्रदायकबाट आवेदन माग गरेको खबर  छ । अभियान अन्तर्गत सात प्रदेशमा ‘प्याकेज ए’मा दार्चुला, डोटी, डडेल्धुरा र बैतडी रहेका […]

बढ्यो दूधको मूूल्य

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्यमा वृद्धि गरेको छ । (डीडीसी) ले एक लिटर दूधमा ६ रुपियाँ वृद्धि गरेको हो ।   यसअघि एक प्याकेट (आधा लिटर) दूधको ३३ रुपियाँ तिर्दै आएका उपभोक्ताले अब एक प्याकेट (आधा लिटर) दूधको खुद्रा मूल्य ३६ रुपियाँ तिर्नुपर्ने भएको छ  ।  डीडीसीले निर्धारण गरेको नयाँ मूल्य […]

बिहारमा बाढीका कारण ९१ जनाको ज्यान गयो करिब १ करोड नागरिक प्रभावित

एजेन्सी । भारतीय राज्य बिहारमा बाढीका कारण कम्तिमा पनि ९१ जनाको ज्यान गएको समाचार छ । साथै यसबाट करिब १ करोड नागरिक प्रभावित भएका छन् । गएको तीन दिनदेखि बिहारमा जारी रहेको वर्षा र यसबाट उत्पन्न बाढीका कारण ती नागरिकको ज्यान गएको बताइएको छ । बिहारको राजधानी नगर पटनामा यसका कारण निकै ठूलो क्षति पुगेको […]

अन्तत: सर्यो शिक्षकको परीक्षा

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि निर्धारण गरेको परीक्षा मिति सरेको छ । भाद्र ३ गते हुने भनिएको परीक्षा भाद्र १० गतेका लागि सरेको हो । यस अघिपनि आयोगको आन्तरिक कारण देखाई सारिएको परीक्षा एस पटक बाह्रय कारण देखाई सारिएको छ । आयोगले दोस्रोपटक परीक्षा सार्नुको कारण देशमा बर्षाले निम्त्याएको बिपत्ति भएको बताएको […]

झापा र मोरङमा मात्रै ३० जनाको मृत्यु

विराटनगर, ३१ साउन । मोरङमा १९ जनाको शव भेटियो, झापामा ११ को मृत्यु, ४ बेपत्ता, पूर्वी नेपालको मौसममा सुधार निरन्तरको वर्षाका कारण मोरङमा १९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार सोमबारसम्म १९ जनाको शव भेटिएको छ । अझै केही बेपत्ता छन् । वर्षा रोकिएपछि बाढीले बगाएर मृत्यु हुनेहरूको शव भेटिन थालेको […]

४८ घन्टा रुखमा चढेर १२ जना गाउँलेले यसरी ज्यान जाेगाए

काठमाडाै, ३१ साउन । तिन दिनदेखि राप्ती नदीको बीच टापुमा फसेका १२ जनाको सोमबार दिउँसो डुंगाको सहायताले उद्धार गरिएको छ । हेलिकप्टरले उद्धार गर्न नसकेपछि राप्ती–सोनारी गाउँपालिका–७ का वडा अध्यक्ष रामलखन थारुको नेतृत्वमा गएको टोलीले बाढीमा फसेका १२ जनाको सकुशल उद्धार गरिएको हो । बाढीमा फसेका सबै राप्ती–सोनारी गाउँपालिका–७, बसन्ताका भएको वडा अध्यक्ष थारुले बताए […]

चितवनको बालगृहबाट ३६५ जनालाई हेलिकप्टरबाट उद्धार

चितवन, ३० साउन । पश्चिम चितवनको जगतपुरमा रहेको आशा बालगृहमा राप्तीको बाढी पसेपछि त्यहाँ रहेका विद्यार्थी, शिक्षक र कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बालगृहलाई बीचमा पारेर राप्तीको भङ्गालो बगेपछि त्यहाँ ३६५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । उनीहरुलाई नजिकै रहेको गौरचनको विद्यालयमा राखिएको छ । बालगृह […]

बाढीका कारण प्राधिकरणको दुई अर्बभन्दा बढीको क्षति

काठमाडौँ, २९ साउन । अविरल वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ती संरचनाको क्षति करिब रु दुई अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकारसम्मेलनमा भने, “प्राधिकरणको संरचनामा अर्बौंको क्षति […]