बढ्यो अत्यधिक चिसो, तीनदिनका लागि विद्यालय बन्द

कञ्चनपुर, २४ पुस । अत्यधिक चिसो र शीतलहरका कारण कञ्चनपुरका सामुदायिक विद्यालय आजदेखि तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला शिक्षा कार्यालयमा बसेको बैठकले जिल्लाका सबै सामुदायिक विद्यालयमा यही पुस २४, २५ र २६ गते बिदा दिने निर्णय गरेको हो । “अत्यधिक चिसोसँगै शीतलहर चल्न थालेपछि बालबालिकालाई विद्यालयमा पढाउनसमेत अप्ठेरो हुन थालेकाले […]

पत्रकारको अधिकार नछिन्न प्रहरीलाई प्रेस काउन्सिलको चेतावनी

काठमाडौं, २४ पुस । प्रेस काउन्सिल नेपालले समाचारको स्रोत नमाग्न नेपाल प्रहरीलाई चेतावनी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकलाई आफ्नो कार्यालयमा बोलाएर पत्रकारसँग समाचारको स्रोत नमाग्न प्रेस काउन्सिले चेतावनी दिएको हो । अबदेखि पत्रकारलाई समाचारको स्रोत माग्दै प्रत्यक्ष सम्पर्क नगर्न र उनीहरुलाई पत्र नकाट्न एसएसपी धानुकलाई सचेत गराइएको काउन्सिलका कार्यवाहक […]

अस्पतालदेखि विद्यालय, नुनदेखि सुनसम्म पाईला पाईलामा ठगिँदैछन् उपभोक्ता

काठमाडाैं, २४ पुस । सरकारी निकायको फितलो अनुगमन तथा कमजोर कानुनको फाईदा उठाउँदै ब्यापारीले कम गुणस्तरको सामान महँगो मुल्यमा उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ । उपभोक्ता अधिकारका विषय नारामा मात्र सीमित रहँदा वस्तु तथा सेवा क्षेत्रमा उपभोक्ता पाईला पाईलामा ठगिने गरेका छन् । व्यवसायीले हरेक क्षेत्रमा उपभोक्ता ठगिरहेको विभिन्न अध्ययनले देखाएको छ । स्वास्थ्य, शिक्षा, […]

लागत अनुमानभन्दा ११ सय करोड बढी तिरिदै मेलम्ची खानेपानी आयोजनामा

काठमाडाैं, २४ पुस । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ । १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढ्न पुगेको आयोजनाले जनाएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ । हालसम्म […]

अन्ततः तिर्यो एयर एशियाले काठमाडौं विमानस्थललार्इ दुई करोड बक्यौता

काठमाडाैं, २४ पुस । मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौतामध्ये दुई करोड रुपैयाँ आइतबार तिरेको छ। बाँकी रकम प्रत्येक महिना तीन करोडका दरले तिर्दै जाने लिखित प्रतिबद्धतासमेत उसले गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका निमित्त कार्यालय प्रमुख सुधीर चौधरीले एयर एसियाले आइतबार दुई करोड तिरेको र सोमबार १० […]

दक्षिण र उत्तर कोरियाबीच चीनमा भयो गोप्य वार्ता, अमेरिका फेरि त्रसित

काठमाडौं । अमेरिकालाई छल्दै दक्षिण कोरियाले उत्तर कोरियासँग गोप्य वार्ता गरेको छ । नयाँ वर्षको पूर्व सन्ध्यामा चीनमा भएको वार्ताको बताइएको छ । दक्षिण काेरियाले अाफूलार्इ छलेर उत्तरसँग वार्ता गरेपछि यतिबेला अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प त्रसित बनेका छन् । यसअघि उत्तरकाेरियालार्इ सिध्याउने धम्की दिँदै अाएका ट्रम्प उत्तरकाेरियाका राष्ट्रप्रमुख किम जाेङ उनसँग वार्ता गर्ने रहर देखाउन […]

रुक्माङ्गतलार्इ माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने प्रदेशमा प्रमुख बनाएर पठाउने देउवाको तयारी

काठमाडौँ, २३ पुस । सरकारले पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाललार्इ प्रदेश प्रमुख बनाउने तयारी गरेकाे छ । कटवालसहित त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालार्इ समेत प्रदेशकाे प्रमुख बनाउने तयारी शेरबहादुर देउवा नेतृत्वकाे सरकारले गर्न लागेकाे हाे । तर, यस विषयमा सहमति जुटिसकेकाे […]

भिएस निकेतन कलेजका सञ्चालकको नर्भिकमा निधन

काठमाडौं, २३ पुस । पूर्व सांसद तथा प्याब्सनका पूर्व अध्यक्ष डा. बाबुराम पोखरेलको निधन भएको छ । पोखरेलको आज बिहान निधन भएको हो । पोखरेल तत्कालिन संविधान सभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट समानुपातिक सभासद बनेका थिए । पोखरेल स्वासप्रस्वास र मुटुसम्बन्धी रोगबाट पीडित थिए । आज बिहान अचानक ट्वाइलेट जाने क्रममा लडेका पोखरेललाई […]

राजधानीमा आठ वर्षयताकै सबैभन्दा बढी चिसो, शुन्यमा झर्यो तापक्रम

काठमाडौं, २३ पुस । लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जुम्लापछिको कम तापक्रम हो । तापक्रम घटेसँगै […]

कान्तिपुरका मालिक कैलाश सिरोहियासँग २५ करोड माग्दै अजय सुमार्गीले अदालतमा हाले मुद्दा

काठमाडौ, २३ पुस । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिराेहिया विरुद्ध अर्का चर्चित व्यापारी अजय सुमार्गीले अदालतमा मुद्दा दायर गरेका छन् । पछिल्लाे समय ठूलाे सम्पती कमाएका व्यापारी अजय सुमार्गीले सिराेहियाले अाफ्नाे मिडियाकाे दुरुपयाेग गरी अाफ्ना विरुद्ध गाली बेइज्जयति गरेकाे भन्दै त्यसवापत उक्त रकम भराइ पाउन मुद्दा दायर गरेका हुन् ।  सुमार्गीले काठमाडाैं जिल्ला अदालतमा […]