काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद (डीपी) अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने भएको छ । अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । सिंहदरबारस्थित नयाँ संसद् भवनमा बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा ‘डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई औपचारिक रूपमा निर्णयार्थ […]
मुख्य समाचार
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्ग, असिना तथा हावाहुरीसहित मध्यम वर्षा […]
कांग्रेसमा अब आइडी कार्डको व्यवस्था, कार्ड नभए महाधिवेशनमा सहभागी हुन नपाइने
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको औपचारिक तयारी सुरू गरेको छ। पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रतिनिधि अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले महाधिवेशनको तयारीसँगै ‘जरा अभियान’ सञ्चालन […]
लमजुङमा बोलेरो जिप दुर्घटना : दुईको मृत्यु, १२ घाइते
काठमाडौं । लमजुङमा यात्रु बोकेको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । बेसीसहरबाट उस्ताका लागि छुटेको ग १ ख ६४७० नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–७ […]
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिका कारण दैनिक उपभोग्य बस्तुको समेत मूल्यवृद्धि हुन सक्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले महंगीको मार बन्द गर, पेट्रोल कर कम गर, मूल्य घटाएर जनतालाई राहत देउ, पेट्रोलमा कर खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । […]
शेखर कोइरालाको स्पष्टोक्ति–म पार्टीको कुनै पनि समूहमा छैन
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाए । उनले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दै त्यसका लागि […]
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल थालेको छ । दूतावासले घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी माग्दै यूएईको विदेश मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार घटनाबारे औपचारिक जानकारी अहिलेसम्म प्राप्त भइसकेको छैन […]
त्रिभुवन विमानस्थल क्षेत्रमा यात्रुहरूलाई दुःख दिने १८ जना पक्राउ
काठमाडौँ । त्रिभुवन विमानस्थल क्षेत्रमा यात्रुहरूलाई दुःख दिने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार राति १० बजे विमानस्थल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। पक्राउ पर्नेहरूमा सर्लाहीका १८ वर्षीय सूर्य माझी, बाँकेका २२ वर्षीय एकेश तामाङ, पाँचथरका २६ वर्षीय प्रेमकुमार मगर, सिन्धुलीका ३२ वर्षीय राजकुमार राई, […]
थप दुइटा अमेरिकी लडाकू विमान खसालेको इरानको दाबी
काठमाडौँ । इरानले थप दुइटा अमेरिकी लडाकू विमान खसालेको दाबी गरेको छ। शुक्रबार इरानले दुई सिटे एफ–१५ई स्ट्राइक इगल लडाकु विमान इरानभित्र खसालेको दाबी गरेको छ। उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले जनाएको छ। पेन्टागनका अधिकारीहरूले लडाकू विमानमा रहेका अर्का चालकको अवस्था अज्ञात […]
कलाकार सागर लम्साल ‘बले’ पक्राउ
काठमाडौँ । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । उनीमाथि बलात्कार आरोप लागेको छ । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी छन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ […]











