काठमाडौं, २३ माघ । प्रमुख विपक्षी नेपाली कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको […]
मुख्य समाचार
विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु: बाबुराम भट्टराई
काठमाडौं, २३ माघ। समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा असहजता महसुस गरेको प्रतिक्रिया दिएका छन् । ‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु । सुर–असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु । […]
नेपाली सेनाको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा जागिरका लागि विज्ञापन
भक्तपुर, २३ माघ । नेपाली सेनाले खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने माथिल्लो पद अधिकृत क्याडेट सेकेन्ड लेफ्टिनेन्ट मा आवेदन फारम खुलाएको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले बिहीवार एक सूचना जारी गर्दै जागिरका लागि विज्ञापन गरेको हो । खुला र समावेशी समेत गरि १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्ट सेना लाई […]
प्रचण्ड र बेलायती राजदूत निकोलाबीच भेटवार्ता, आर्थिक विकास र शान्ति प्रक्रियाबारे छलफल
काठमाडौं, २३ माघ ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग […]
विष्णु पौडेलकोबालुवाटारको ८ आना जग्गा सरकारको हुने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको बालुवाटारस्थित ललिता निवासभित्र रहेको जग्गा सरकारी हुने भएको छ।बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौडेलका छोरा नवीन पौडेलको नाममा रहेको आठ आना जग्गा सरकारी हुने उल्लेख छ। मुद्दामा नेपाल सरकारलाई छाडिदिन मञ्जुर गरेकाले सो जग्गा तत्काल सरकारी बनाउन सम्बन्धित मन्त्रालयलाई आवश्यक कारबाही […]
विजय गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा कांग्रेस उससभापति एवं पूर्व उपप्रधानमन्त्री विजय गच्छदार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलगायत १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले पूर्वमन्त्री गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । […]
अन्ततः गयो विजय गच्छेदारको सांसद पद, जालान जेल ?
काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार सांसद पदबाट निलम्बित भएका छन्। ललिता निवास जग्गा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः सांसदबाट निलम्बित भएका हुन्। भ्रष्टाचार मुद्दा लागेपछि प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सांसद पदबाट स्वतः निलम्बित हुने व्यवस्था रहेको छ। […]
राजनीति गर्नु छ भने पार्टी कार्यालय जानुस्, संस्थाभित्र चल्दैन: मन्त्री बाँस्कोटा
काठमाडौं, २२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा आन्दोलनरत कर्मचारीहरुसँग हिसाब किताब गर्ने चेतावनी दिएका छन् । उनले राजनीति गर्ने भए पार्टी कार्यालयमा जान निर्देशन समेत दिए । नेपाल टेलिकमको विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । बुधबारको १६ औं वार्षिक उत्सव समारोहमा पनि कर्मचारीहरुले प्रदर्शन गरेका थिए । […]
एमसीसीको बारेमा आफूहरु गम्भीर, हामी राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौं : प्रचण्ड
काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीसँग सभामुख साटेको आरोपमा सत्यता नभएको बताएका छन् । प्रचण्डले एमसीसको बारेमा आफूहरु गम्भीर रहेको बताए। हामी राष्ट्रिय हितलाई प्राथमिकता दिन्छौं भन्ने कुरा कार्यदल गठन भएबाटै प्रष्ट हुन्छ, प्रचण्डले भने । एमसीसीबारे अध्ययन गर्न पार्टीले गठन गरेको कार्यदलको निष्कर्ष जस्ताको तस्तै लागू भने […]
वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन
काठमाडौं, २२ माघ । वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको निधन भएको छ । नेपाल टेलिभिजनको स्थापनाकालका सञ्चारकर्मीमध्ये एक र चर्चित टेलिभिजन समाचारवाचक तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको बुधबार निधन भएको हो । नेपाल टेलिभिजनमा धेरै वर्षसम्म शर्माले प्रस्तुत गर्ने गरेको विश्व घट्ना निकै लोकप्रिय कार्यक्रममध्ये एक थियो । केही समययता मुटुसम्बन्धी समस्याले ग्रस्त शर्माको ७२ वर्षको […]











