सेनासंग वार्ताका लागि तयार रहन जेनजीलाई बालेनकाे आह्वान

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमित रहन जेनजीलाई आह्वान गरेका छन् । मंगलबार काठमाडाैँ महानगरका मेयर बालेन शाहले फेसबुकमा लेख्दै भनेका छन्,’हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो । प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईं […]

राष्ट्रपतिले स्वीकृत गरे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन्। प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामाको घोषणा गरेका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भएको हो। जेनजीको आन्दोलन चर्कंदै गएको छ। सोमबार प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो।

असामान्य परिस्थितिलाई ध्यानमा राख्दै राजीनामा दिएँ – केपी ओली

काठमाडौँ । प्रधानमन्त्रीबाट राजीनामा दिएका केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् । मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उनले बताएका छन् । ‘सम्माननीय राष्ट्रपतिज्यू, संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा […]

जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश, मन्त्री र उच्चपदस्थ अधिकारीहरु सेनाको ब्यारेकमा

काठमाडौं । सरकार विरुद्ध मंगलबार सडकमा उत्रिएका जेनजी युवाहरूले विभिन्न स्थानका प्रहरी बिटमा आगजनी र तोडफोड गरेका छन् । राजनीतिक नेताहरूको निजी निवासको खोजी गर्दै हिँडेका युवाले प्रहरी बिट देख्नसाथ आगजनी गरेका हुन् । सोमबार जेनजीले सुरु गरेको समाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले कम्तीमा १९ जनाको हत्या गरेपछि युवा आक्रोश झनै बढेको हो […]

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।

प्रदर्शनकारीमाथि दमन बन्द गर्न मानव अधिकार आयोगको माग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी पुस्ताले आह्वान गरेको भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरी विद्यार्थीहरूसहित डेढ दर्जनभन्दा बढी व्यक्तिको ज्यान जाने र ५०० भन्दा बढी किशोर–किशोरी घाइते हुने घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षाको नाममा व्यक्ति हत्या कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट गरेको […]

मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता

काठमाडाैँ । मधेसका मुख्यमन्त्री सतिस कुमार सिंहले पदबाट राजीनामा दिन लागेका छन् । सो पार्टीका प्रवक्ता शरदसिंह यादवले मुख्यमन्त्रीले राजीनामा दिन लागेको रातोपाटीलाई बताए । केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको छ । यादवले आजै बसेको पार्टीको बैठकबाट अध्यक्ष सीके राउतले पदबाट राजीनामा दिन निर्देशन दिइसकेको जानकारी दिए […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, खटियो सेना

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको छ। योसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरू रद्द भएका छन्। त्यहाँ अहिले सेना समेत खटिएको छ।

काठमाडौँको कलङ्की र झापामा गोली चल्यो, ६ जना घाइते

काठमाडौँ । काठमाडौँको कलङ्कीमा गोली चलेको छ । सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन आज पनि प्रहरीले अश्रुग्यास र गोली चलाइरहेको छ ।  तयस्तै उता झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।

नेपाली कांग्रेस कार्यालयमा आगजनी, तारकेश्वरमा प्रहरी चौकी र वडा कार्यालय जलाइयो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । त्यस्तै काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । वडानम्बर ११ को कार्यालय र प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । जेनजीले सोमबार गरेको प्रदर्दशनमा प्रहरीले दमन गरेपछि आज देशैभर आन्दोलन भइरहेको छ । सोमबारको आन्दोलनमा १९ […]