काठमाडौँ, ३० भदौ । उत्तरकोरियाले अमेरिकालाई चेतावनी दिँदै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ । जापानको आकाशमाथिबाट अमेरिकातर्फ प्रहार गरिएको उक्त क्षेप्यास्त्र अमेरिकाकाे सीमा क्षेत्र नजिक पर्ने समुन्द्रमा खसेको बताइएको छ । अमेरिकाले उत्तरकोरियामाथि नाकाबन्दी लगाउन अभियान नै थालेपछि त्यसकाे जवाफमा यो क्षेप्यास्त्र प्रहार गरिएको हो । अमेरिकाकै प्रस्तावमा सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका […]
मुख्य समाचार
यसरी चयन हुनेछन् अब राष्ट्रपति-उपराष्ट्रपति
सरकारले देशको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार बन्न २५ सांसद प्रस्तावक र २५ सांसद समर्थक चाहिने कानुनी व्यवस्था प्रस्ताव गरेको छ । संविधानसभाबाट जारी संविधानअनुरुपको राष्ट्रपति–उपराष्ट्रपति चयनका लागि सरकारका तर्फबाट बिहीबार संसद सचिवालयमा दर्ता गराइएको विधेयकमा प्रमुख दलको समर्थन प्राप्त व्यक्तिमात्रै उम्मेद्वार वन्न सक्ने व्यवस्था प्रस्तावित भएको हो । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धमा […]
थवाङ गाउँपालिकाका अध्यक्ष ससुरालीबाटै परे अपहरण
रोल्पा, ३० भदौ । राेल्पाकाे थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ गाउँपालिका वार्ड नं २ मा रहेकाे ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो । राेल्पाकै उवामा स्थायी घर भएका घर्ती बिहीबार थवाङ गाउँमा रहेकाे ससुराली घर पुगेका थिए । उनलार्इ ससुरालीमै सुतिरहेको बेला करिब २ बजे अपहरण […]
देशभरका मम पसलदेखि तारे होटलहरु सबैकाे गणना गरिदै
काठमाडौँ, २९ भदाै । केन्द्रीय तथ्यांक विभागले सबै प्रकारका आर्थिक क्रियाकलापको विवरण राख्न पहिलो पटक राष्ट्रिय आर्थिक गणना सुरु गरेको छ। सानादेखि ठूला आर्थिक तथा व्यावसायिक एकाइ, गतिविधि र संस्थाको विवरण संकलनका लागि विभागले नेपाल तथ्यांकीय व्यावसायिक रजिष्ट्रार र तथ्यांकीय फ्रेमवर्क तयार गरी सबै जिल्लामा नमूना सर्भेक्षण तथा पूर्वपरीक्षण पूरा गरेको छ। हालसम्म प्रत्येक १० […]
बचत खाता खाेल्दा पाँच लाखकाे दुर्घटना विमा र ८ प्रतिशत ब्याज
काठमाडौं, २९ भदाै । सिभिल बैंकले नयाँ बचत खाताकाे स्किम ल्याएकाे छ । सिभिलमा बचत खाता खाेल्दा अब पाँच लाखकाे जीवन विमा र अाठ प्रतिशत ब्याज दिने भएकाे छ । सिभिल बैंकले ‘नेपाली बचत खाता’ नामकाे बचत खाता स्किममा याे याेजना ल्याएकाे हाे । उक्त खाता खाेल्दा ग्राहकले ५ लाख रुपैयाँको दूर्घटना बीमाकाे सुविधा पाउनेछन् […]
एनएमबी बैंकले विपन्नले तिरेको ब्याज फिर्ता गर्ने
काठमाडौं । एनएमबी बैंकले विपन्न वर्गका ग्राहकहरुलार्इ लक्षित गर्दै नयाँ याेजना सार्वजनिक गरेकाे छ । एनएमवीले अब बिपन्न ग्राहकले कर्जा वापत बैंकलाई भुक्तानी गरेको सम्पूर्ण ब्याज रकम फिर्ता गर्ने जनाएकाे छ । अाभार फाउन्डेसनसँग मिलेर एनएमवीले बिपन्न वर्गका ग्राहकहरुलाई लक्षित गरेर याे याेजना ल्याएकाे हाे । जसका लागि बैंकले अाभा फाउन्डेसनसँग लघुवित्त सेवा सम्बन्धी सम्झौता […]
यसरी फेसबुकले दियो फूलकुमारीलाई नयाँ जीवन
झापा, २८ भदौ । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् । बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी र श्याम राजवंशी समाजका उदाहरणीय पात्र बनेका छन् । […]
नक्कली भ्याट प्रयाेग गर्ने ९ व्यवसायीविरुद्ध १९ करोडको मुद्दा
काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी ९ जना व्यवसायी तथा फर्मले ९ करोड रुपैयाँभन्दा बढी कर छली गरेको अभियोगसहित मुद्दा दायर गरेको छ । विभागले गरेको अनुसन्धानमा आरोपितहरूले नक्कली भ्याट बिल प्रयोग गरी कर छली गरेको भेटिएपछि पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले आरोपितहरूले झुटा खरिद विवरणसहितको मूल्य […]
शेयर बजार घटाउने षड्यन्त्र गर्दै शेयरका ठूला व्यापारी
काठमाडौं, २९ भदाै । पछिल्लो समयमा सेयर बजार परिसूचक निरन्तर ओरालो लागेको छ । सेयर बजारका ठूला लगानीकर्ताले बजार घटाएर खरिद गर्ने अवसर सिर्जना गर्न आपूर्ति बढाउँदा बजार परिसूचकमा उच्च गिरावट आएको जानकारहरू बताउँछन् । भदौका अधिकांश दिन सेयर बजार घटेको छ । बैंकहरूले ब्याजदर घटाएको तथा सहज सेयर कर्जाको व्यवस्था गर्दा पनि सेयर बजारमा […]
कांग्रेसका पार्टी सभापतिलाई कारवाही गर्न माग
नुवाकोट, २८ भदौ । बेलकोटगढी नगरपालिकाका नेपाली कांगे्रसबाट प्रमुखसहित विभिन्न उम्मेदवारले स्थानीय तहको वैशाख ३१ गतेको निर्वाचनमा अन्तरघात गरेको आरोप लगाई जिल्ला सभापतिलाई कारवाहीको माग गर्दैै केन्द्रीय कार्यालयमा पत्र बुझाएका छन् । बेलकोटगढीमा प्रमुखमा पराजित यादव नेपाल, उपप्रमुखका प्रत्याशी हिरा तिवारी शर्मासहितले जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीलगायतले अन्तरघात गरेको जनाउँदै कारवाही गर्न केन्द्रीय कार्यालयमा […]










