काठमाडौँ, २२ असोज । सर्वोच्च अदालतले नेपाल आयल निगमको कार्यकारी निर्देशकबाट बर्खास्त भएका गोपालबहादुर खड्कालाई तत्कालका लागि पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न आज अन्तरिम आदेश दिएको हो । खड्काले आफूलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत पदबाट बर्खास्त गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयविरुद्ध यही असोज ४ […]
मुख्य समाचार
आगामी चुनावमा सबैभन्दा साना पाँच पार्टीले बनाए गठबन्धन
काठमाडौँ, २२ असोज । ‘सम्पूर्ण उत्पीडित समुदाय एक हौँ’ भन्ने नाराका साथ विभिन्न पाँचवटा स–साना दलले उत्पीडित गठबन्धन निर्माण गरेका छन् । गठबन्धनमा विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टी, भुवन सुनार नेतृत्वको नेपाल श्रमिक शक्ति पार्टी, मेघबहादुर कामी नेतृत्वको नेपाल दलित पार्टी, तारा विक नेतृत्वको संयुक्त दलित अधिकार मञ्च तथा शोवराती मन्सुर नेतृत्वको संयुक्त मुस्लिम […]
स्याललाई हानेको गोली मानिसलाई लागेपछि
सिन्धुली, २२ असोज । गोलन्जोर गाउँपालिका–६ बाट प्रहरीले एकजनालाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ । गोलन्जोर गाउँपालिका–६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । नेपालीले स्याल मार्न गोली हान्दा गोलन्जोर–६ का १६ वर्षीय गोपाल श्रेष्ठ घाइते भएका थिए । नेपालीलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु […]
२५ वर्षदेखिसवारी साधनबाट लिइने राजश्व नबढ्दा अर्बौ घाटा
काठमाडौँ, २२ असोज । सार्वजनिक यातायातको भाडा बढाउन सक्रिय हुने यातायात व्यवस्था विभागले विभिन्न शीर्षकका शुल्क वृद्धि गर्नेतिर ध्यान नदिँदा २५ वर्षदेखि राजश्व बढ्न सकेको छैन । यातायात व्यवसायीको दबाबमा सार्वजनिक यातायातको भाडा बढाउने विभागले व्यवसायीकै दबाबका कारण राजश्व नबढाउँदा वार्षिक अर्बौँ राजश्व घाटा भइरहेको छ । विसं २०४९ सालमा तोकिएको राजश्वमै अहिले पनि सवारी […]
एमालेसँग एकीकरण गर्नु हाम्रो बाध्यता : प्रचण्ड
काठमाडौँ, २२ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग पार्टी एकताको अभियान थाल्नु बाध्यता भएको बताएका छन् । साथै उनले यो राष्ट्रिय आवश्यकता र समयको माग पनि भएको दावी गरेका छन् । सबै वामपन्थी शक्ति एकै स्थानम उभिएर मात्र राष्ट्रको आवश्यकतालाई सम्वोधन गर्न सकिने बोध भएर यस अभियान तर्फ अघि […]
खारेज हुने भयो भारतसँगको विवादास्पद १९५० को सुगौली सन्धी
काठमाडाैं, २२ असाेज । नेपाल र भारतबीच सन् १९५० को ‘शान्ति तथा मैत्री सन्धि’ अब अहिलेकै रूपमा नरहने भएको छ । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पाँचौं बैठक आइतबार काठमाडौंमा सम्पन्न भएलगत्तै समूहको नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा यस्तो दाबी गरिएको हो । सन्धिको दफामा जेसुकै रहे पनि यो सन्धि यही रूपमा नरहनेमा दुवै […]
शिक्षामन्त्री गाेपालमानले यसरी सीटीईभीटीमा मनपरी गर्दैछन
काठमाडाैं, २२ असाेज । गोपालमान श्रेष्ठ शिक्षामन्त्री भएको केही दिनमै वन र कृषि विषयका ११ कलेजलाई आशयपत्र (एलओआई) दिए । विदेशी विश्वविद्यालयको सहकार्यमा नेपालमा खोलिएको कलेजको विषय थप गर्न निर्देशिका नै परिमार्जन गरे । केही दिनयता मन्त्रीको ध्यान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा परेको छ । सम्बन्धन प्रक्रिया अघि बढाउनुअघि सीटीइभीटीको […]
वाम एकताप्रति दिल्ली ‘सरप्राइज’
काठमाडाैं, २२ असाेज । नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर नेपाल र नेपाली जनतालाई ‘सरप्राइज’ दिएका थिए । नेपालको राजनीतिमा वाम दलको रोमाञ्चक ‘मुभ’ले […]
पाल्पा बुटवल सडकमा यात्रुलाई सास्ती नै सास्ती
पाल्पा, २२ असोज । पाल्पा बुटवल सडकखण्डको स्तरोन्नति हुन नसक्दा वर्षेनी यात्रु र गाडी चालकले ठुलो सास्ती खेप्नु परेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने यस सडकखण्डमा जोखिमपूर्ण रुपमा यात्रा गर्न यात्रु बाध्य भएका छन् । उत्तर दक्षिण जोड्ने एकमात्र सडक सिद्धार्थ राजमार्ग भएर यहाँ दैनिक सयौँको संख्यामा सवारीसाधन गुड्ने गर्छन् । यस सडकखण्डमा पर्ने दोभानदेखि […]
नियम उलंघन गरी बिपी राजमार्गमा सवारी चलाउनेहरुमाथि धमाधम कारबाही
धुलिखेल, २१ असोज । काभ्रेपलाञ्चोकको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा उक्त राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रुट परमिट नै नभएका गाडी चलाउने र […]









