धुर्मुसले अाफ्नाे जन्मदिनमा गरे बाढीपीडितका लागि नमूना वस्तीकाे शिलन्यास

राैतहट, ४ असाेज । चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन पारेर अर्काे नमूना वस्तीकाे शिलन्यास गरेका छन् । उनले रौतहटका बाढीपिडितहरुका लागि एकीकृत नमूना सन्तपुर बस्तीको शिलान्यास गरेका हुन् । चन्द्रपुर नगरपालिका– ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस–सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो । बुधबार बिहान […]

रौतहटको बृन्दावनमा ठूलो झडप । झडपमा परी एकजनाको अवस्था गम्भीर

रौतहट, ३ असोज । रौतहटको बृन्दावन नगरपालिकाको मतगणना स्थलमा ठूलो झडप भएको छ । झडपमा परी एक जना गम्भीर घाइते भएका छन् । झडपका कारण अहिले सो क्षेत्रको स्थिति निकै तनावग्रस्त भएको छ । झडप भएपछि मतगणनाको काम स्थगित भएको छ । स्रोतका अनुसार नेकपा एमालेका सांसद रामकुमार भट्टराई मतगणना स्थलमा पुगेपछि झडप भएकएको हो […]

क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

काठमाडाैं, २ असोज  । क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन विरेन्द्रनगरमा सोमवार सम्पन्न भएको छ । स्थानीय मिडियामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन संघर्ष गर्ने प्रस्ताव पास गर्दै क्रान्तिकारी पत्रकार संगन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हो । सुर्खेत जिल्ला सदरमुकामबाट संचालित करिव १९ वटा स्थानीय सञ्चार गृहमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन […]

यसरी थर्काए अायल निगमका गाेपाल खड्काले मन्त्रीलार्इ

काठमाडौं, १ असोज । नेपाल आयल निगमका प्रमुख कार्यकारी गोपालबहादुर खड्का जग्गा खरिद प्रकरणमा सर्वत्र विवादित बनिरहेको बेला मन्त्रीलाई समेत थर्काउने गरेको पाइएको छ । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक २० भदौमा बजार अनुगमनका लागि नेपालगन्ज पुगेका थिए । सो क्रममा उनले नेपाल आयल निगमको मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, विभिन्न ग्याँस डिपो तथा पेट्रोल पम्पमा समेत अनुगमन […]

युद्धकालको झल्को दिने गरी थवाङ आकाशमा हवाइ गस्ती । दर्जन बढी गिरफ्तार

राेल्पा, ३१ भदाै । जनयुद्धकालमा चर्चाकाे शिखरमा रहेकाे राेल्पाकाे थवाङ अहिलेसम्म चर्चामै छ । शुक्रबारदेखि थवाङमा जनयुद्धकालकै झल्काे दिनेगरी प्रशासनले हवाइ गस्ती लगाउन सुरु गरेपछि यसकाे फेरि चर्चा सुरु भएकाे छ । प्रहरीले हवार्इ गस्तीसँगै गिरफ्तारीलार्इ पनि तीब्र पारेकाे छ । शुक्रबार बिहान ८ बजे मात्र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूराे इन्चार्ज […]

थवाङ गाउँपालिकाका अध्यक्ष ससुरालीबाटै परे अपहरण

रोल्पा, ३० भदौ । राेल्पाकाे थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन् । थवाङ गाउँपालिका वार्ड नं २ मा रहेकाे ससुराली घरबाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो ।  राेल्पाकै उवामा स्थायी घर भएका घर्ती बिहीबार थवाङ गाउँमा रहेकाे ससुराली घर पुगेका थिए । उनलार्इ ससुरालीमै सुतिरहेको बेला करिब २ बजे अपहरण […]

देशभरका मम पसलदेखि तारे होटलहरु सबैकाे गणना गरिदै

काठमाडौँ, २९ भदाै । केन्द्रीय तथ्यांक विभागले सबै प्रकारका आर्थिक क्रियाकलापको विवरण राख्न पहिलो पटक राष्ट्रिय आर्थिक गणना सुरु गरेको छ। सानादेखि ठूला आर्थिक तथा व्यावसायिक एकाइ, गतिविधि र संस्थाको विवरण संकलनका लागि विभागले नेपाल तथ्यांकीय व्यावसायिक रजिष्ट्रार र तथ्यांकीय फ्रेमवर्क तयार गरी सबै जिल्लामा नमूना सर्भेक्षण तथा पूर्वपरीक्षण पूरा गरेको छ। हालसम्म प्रत्येक १० […]

ग्लोबल आइएमई बैंकको कामु सिईओमा पौड्याल नियुक्त

काठमाडौं । ग्लोबल आइएमइ बैंकले कामु सिइयोमा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैक सञ्चालक समितिको बुधबार बसेको बैठकले पौड्याललाई कामु सिइओमा नियुक्त गरेको हो । ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजिनामा दिएपछि सञ्चालक समितिले पौड्याललाई कामु सिइओमा नियुक्त गरेको हो । बुधवार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीले दिएको राजिनामा पनि स्वीकृत […]

११ वर्षदेखि फरार रहेका गाविस उपाध्यक्ष पक्राउ

चौतारा, २८ भदौ । नागरिकता र सरकारी छाप कीर्ते गरेको अभियोगमा कैद तथा जरिवानाको फैसला भई ११ वर्षदेखि फरार दोषीलाई प्रहरीले मङ्गलबार पक्राउ गरी कारागार चलान गरेको छ । साबिक मेलम्ची गाविस –७ हाल मेलम्ची नगरपालिका–११ बस्ने तत्कालीन गाविसका उपाध्यक्ष कुमार पाण्डेलाई कारागार लगिएको जिल्ला अदालत सिन्धुपाल्चोकका स्रेस्तेदार महेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् । दोषी […]

भूतपूर्व नेताहरुलाई विलासी सुविधा दिलाउन संसदमा यस्तो डरलाग्दाे चलखेल

काठमाडौं, २८ भदौ । संविधानसभाबाट रुपान्तरित संसदको कार्यकाल सकिनै लाग्दा पूर्व पदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउने चलखेल सुरु भएको छ। महिनौंदेखि संसदको राज्यव्यवस्था समितिमा अलपत्र रहेको पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्व सांसदलाई पेन्सन सुविधा घुसाएर पारित गर्ने कसरत सुरु भएको हो। प्रतिनिधिसभा निर्वाचनको उम्मेद्वारी मनोनयनको अघिल्लो दिनसम्म मात्रै रुपान्तरित संसदको कार्यकाल रहने […]