चिकित्सकको घरबाट २,००० बढी मानव भ्रुणका अवशेष बरामद

जोलियाट, इलिनोइस, २९ भदौ । अमेरिकाको इन्डियाना राज्यका पूर्व चिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको अधिकारीहरुले बताएका छन् । गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रुणलाई औषधिको प्रयोग गरी सुरक्षित राखेको पाइएको छ । डा उल्रीच क्लोपफर नाम गरेका ती चिकित्सकको गत साता निधन भएको प्रहरीले जनाएको छ । विल […]

ड्रोन आक्रमणका कारण साउदी तेल उत्पादनमा आधा कटौती

दुबई, २९ भदौ । यमनका हुथी विद्रोहीहरुले गरेको ड्रोन आक्रमणबाट साउदी अरेबियाको तेल उत्पादन कारखानामा ठूलो क्षति पुगेको साउदी सरकारले जनाएको छ । आक्रमणका कारण विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र साउदी अरेबियाको तेल उत्पादन आधा कटौती भएको छ । ड्रोन आक्रमणबाट साउदी तेल कारखानामा ठूलो आगलागी भएको थियो, यद्यपी आगो नियन्त्रणमा ल्याइएको साउदी सरकारले […]

कोलम्बियाद्वारा सन् २०३० को विश्वकप सहआयोजक हुन इच्छा व्यक्त

कोलम्बिया, २९ भदौ । कोलम्बियाका राष्ट्रपति इभान डोकुले सन् २०३० को विश्वकप फुटबलको सहआयोजक हुन तयार रहेको बताए । उनले इक्वेडर र पेरुका साथमा मिलेर सन् २०३० का लागि दाबी प्रस्तुत गर्ने बताए। इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले कोलम्बियाका राष्ट्रपति डोकु र पेरुका राष्ट्रपति मार्टिन भिजकारासँग भेट गरी उक्त प्रस्ताव अघि सारेका थिए । कोलम्बियाको लेटिसियामा […]

अमेरिका–चीन व्यापार वार्ताको सम्भावनापछि शेयर बजारमा सुधार

बैंकक, २७ भदौ । अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली शेयर बजारमा सुधार आएको छ । जापानको निक्की २२५ मा १.१ प्रतिशतले वृद्धि भई २१,९८९.२९ विन्दुमा पुगेको छ भने हङकङको हाङ सेङ पनि ०.६ प्रतिशत वृद्धि भई २७,२६२.८० विन्दुमा पुगेको छ । सिड्नीको एसएन्डपी एएसएक्समा पनि सुधार भई […]

पोप फ्रान्सिसले नोभेम्बरमा जापान र थाइल्याण्डको भ्रमण गर्ने

भ्याटिकन सिटी, २७ भदौ । इसाई धर्मका सर्वोच्च गुरु पोप फ्रान्सिसले आगामी नोभेम्बरमा जापान र थाइल्यान्डको भ्रमण गर्न लागेको भ्याटिकनले शुक्रबार घोषणा गरेको छ । आगामी नोभेम्बर १९ देखि २६ मा हुने यस भ्रमणका क्रममा उहाँले जापानका हिरोशिमा र नागासाकीको पनि भ्रमण गर्नेछन । भ्याटिकनद्वारा जारी विज्ञप्तिमा पोप फ्रान्सिसले थाइल्यान्डमा नोभेम्बर २०–२३ र जापानमा नोभेम्बर […]

चिनियाँ राष्ट्रपति सिद्धारा इराकी राष्ट्रपतिलाई समवेदना सन्देश

बेइजिङ, २७ भदौ । चिनियाँ राष्ट्रपति सि चिनफिङले इराकमा भएको भागदौडमा नागरिक हताहतको घटनाप्रति दुःख व्यक्त गर्दै इराकी राष्ट्रपति बरहाम साहिललाई समवेदना सन्देश पठाए । मध्यपूर्वी देश इराकमा गत हप्ता भएको हिंसात्मक घटनामा परी कैयौँ नागरिकको ज्यान गएको थियो । त्यस घटनाप्रति राष्ट्रपति चिनफिङले दुःख व्यक्त गरे । इराकको कारबाला नगरमा केही समयअघि भएको यो […]

संयुक्त राष्ट्रसंघले एलसाल्भाडोरमा मिसन पठाउने

संयुक्त राष्ट्रसंघ, २७ भदौ । संयुक्त राष्ट्रसंघले एल साल्भाडोरमा अनुगमन मिसन खटाउने भएको छ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले सो जानकारी दिए । एल साल्भाडोरको सरकारले त्यस देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेको छ । सो अभियानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले उक्त अनुगमन समूह त्यहाँ पठाउन लागेको हो । मध्य अमेरिकी देश एल साल्भाडोरले आफूले […]

ठगीको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ

मनिला, भदौ । फिलिपिनी अधिकारीहरुले अनलाइन मार्फत फिलिपिन्समा ठगी धन्धामा संलग्न रहेको आरोपमा २७७ जना चिनियाँ नागरिक पक्राउ गरेको जनाएका छन् । चीनमा ठगी धन्धा चलाएर सयौं व्यक्तिलाई धोखा दिएपछि फरार भएका उनीहरुले फिलिपिन्समा समेत यस्तै सिन्डीकेट चलाएको प्रहरीको भनाई छ । अध्यागमन आयुक्त जेम मोरेन्टेले मनिला महानगरको पासिग नगर क्षेत्रबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको […]

डुङ्गा दुर्घटनामा १२ को मृत्यु

नयाँ दिल्ली,२७ भदौ । भारतको मध्य भागमा पर्ने राज्य मध्यप्रदेशमा भएको डुङ्गा दुर्घटनामा परी १२ व्यक्तिको मृत्यु भएको छ । भारतको उक्त राज्यका स्थानीय सञ्चारमाध्यमहरुले शुक्रबार उक्त जानकारी दिएका हुन् । मध्यप्रदेशको भोपालस्थित खाटलापुरा घाटमा भगवान गणेशको मूर्तिहरूको विसर्जन गर्ने एक धार्मिक कार्यक्रममा सहभागी भक्तालुहरु सवार रहेको उक्त डुङ्गा दुर्घटनामा परेको बताइएको थियो । प्रहरीका […]

सिमानामा भारत र चीनका फौजबीच घम्साघम्सी

भारत र चीनका फौजबीच उत्तरी लदाखमा भएको घम्साघम्सीको घटना वार्तापछि समाधान भएको भारतीय सैनिक अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार एउटा तालको उत्तरी किनारामा गस्ती गरिरहेका भारतीय सैनिकको उपस्थिति प्रति विरोध जनाउँदै चिनियाँ फौजले रोकेपछि असहज अवस्था उत्पन्न भएको थियो। सो घटना १३४ किलोमिटर लामो पेंग्गोंग तालको उत्तरी किनारामा भएको थियो। सो तालको दुई तिहाइ हिस्सा […]