साउदी तेल उत्पादन कटौतीसँगै तेलको मूल्यवृद्धि

हङकङ, ३० भदौ । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा करिब आधा कटौती गरेसँगै विश्व बजारमा कच्चा तेल र ग्यासको मूल्यवृद्धि भएको छ । साउदी अरेबियाका दुई ठूला इन्धन प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरबको तेल उत्पादनमा प्रभाव परेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा भएका आक्रमणहरु यमनका हुथीले नभई इरानले गरेको […]

अफगानिस्तानमा २४ लडाकूद्धारा आत्मसमर्पण

फैजाबाद अफगानिस्तान, ३० भदौ । अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष २४ तालिबान लडाकूले आत्मसमर्पण गरेका छन् । देशको उत्तरी प्रान्त बाद्ख्शान २४ लडाकूले आत्मसमर्पण गरेका सैनिक स्रोतले सोमबार जानकारी दिएका छन् । स्थानीय नेता र जिल्लाका प्रहरीको पहलमा बाद्ख्शान प्रान्तको यम्गान जिल्लामा ती लडाकूहरुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका सेनाद्वारा जारी वक्तव्यमा उल्लेख छ । आफूहरुसँग भएको हातहतियार […]

अमेरिकामा जनरल मोटर्सका ४६ हजार मजदूर हडतालमा

डेट्रोएट, ३० भदौ । अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियनले जनरल मोटर्स जिएम विरुद्ध सोमबार राष्ट्रव्यापी हडताल शुरु गरेको छ । मजदूरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदूर हडतालमा उत्रिएका हुन् । वालस्ट्रिट जर्नलका अनुसार एक दशकमा पहिलो पटक जिएम विरुद्ध देशव्यापी यतिठूलो हडताल भएको हो । जिएमसँग मजदूरहरुको चारवर्षे करार समाप्त […]

ब्रेक्जिटबारे बेलायती प्रधानमन्त्री र युरोपियन युनियन प्रमुख भेटहुदै

लन्डन, ३० भदौ । बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार युरोपियन युनियनका अध्यक्षसँग भेटवार्ता गर्नुहुने बताइएको छ । ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको अभियानको पछिल्लो प्रयासस्वरुप उनले सोमबार यो महत्वपूर्ण भेटवार्ता गर्न लागेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड जंकरसँग सोमबार भेटगरी […]

आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटनामा परी ३९ बेपत्ता

नयाँ दिल्ली, ३० भदौ । भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउँसो भएको डुङ्गा दुर्घटनामा परी ३९ जना व्यक्ति वेपत्ता भएका छन् । यहाँको गोदावरी नदीमा यात्रा गरिरहेका यात्रुको डुङ्गा दुर्घटनामा परेको थियो । त्यस दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । यस डुङ्गामा ७३ यात्रु रहेका र यसमा २६ जनालाई […]

रौहानी–ट्रम्प भेटवार्ताको कुनै योजना नरहेको इरानको भनाई

तेहरान, ३० भदौ । इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तत्काल कुनै भेटवार्ताको सम्भावना नरहेको जनाएको छ । संयुक्तराष्ट्र संघको महासभाका अवसरमा दुबै नेताबीच न्यूयोर्कमा भेटवार्ता हुनसक्ने अडकलबाजी गरिएको भए पनि वार्ताको कुनै योजना नरहेको इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसबीले बताए । इरानी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रबक्ता मौसबीले भने– हामीले वार्ताको […]

हङ्‌कङ प्रदर्शन: प्रदर्शनकारीद्वारा पेट्रोल बम प्रहार, प्रहरीले गर्‍यो अश्रु ग्यास र फोहरा प्रयोग

कैयौँ व्यक्ति गम्भीर रूपमा घाइते हुनेगरी दिनभरि भएका प्रदर्शनपछि आइतवार राति पनि हङ्‌कङमा प्रहरी र प्रदर्शनकारीबिच झडपहरू भएका छन्। दिउँसो लोकतन्त्र पक्षधर र बेइजिङ समर्थक प्रदर्शनकारीबीच नर्थपोइन्टमा हिंसात्मक झडप भएको थियो। मध्य हङ्‌कङमा प्रतिबन्धको उल्लङ्घन गर्दै र्‍यालीमा सहभागी भएका दशौँ हजारलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेका थिए। आन्दोलनकारीहरूले पेट्रोल बम प्रहार […]

ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

ट्युनिस, २९ भदौ । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ । पहिलो चरणको निर्वाचन अन्तर्गत आइतबार २४ प्रान्तमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । देशको राष्ट्रपति बन्नका लागि ट्युनिसियामा अहिले २६ जना नेता चुनावी मैदानमा रहेको आयोगको भनाई छ । आइतबारको निर्वाचनमा ७० लाखभन्दा बढीले मतदान गर्ने अपेक्षा गरिएको छ । […]

तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

 अफगानिस्तान, २९ भदौ।सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छायाँ गभर्नर मौलवी नूरुद्दीन समेत कम्तीमा १२ जना तालिबान लडाकूहरु मारिएका छन् । सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले तालिबान विरुद्ध सरकारी फौजले हवाई कारबाही गरेको बताए। द्वन्द्वग्रस्त यस प्रान्तमा तालिबान विद्रोहीको निकै बलियो प्रभाव र पकड रहेको छ । प्रवक्ता रेजाइले गोप्य सूचनाका आधारमा […]

साउदी आक्रमणबारे अमेरिकी आरोपको इरानद्वारा खण्डन

तेहरान, २९ भदौ । साउदी अरेबियाका तेल उद्योगमा मानवरहित यन्त्र ड्रोन बाट भएको आक्रमणमा इरानको संलग्नता रहेको भन्ने अमेरिकाको भनाई असत्य रहेको इरानले बताएको छ । इस्लामिक मुलुक इरान विरुद्ध आक्रमण गर्न अमेरिकाले पृष्ठभूमि तयार पार्न खोजेको इरानको भनाई छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले अमेरिकाले लगाएको आरोपमा बिल्कुलै सत्यता नरहेको र अर्थहीन […]