अल्जियर्स, ८ असोज । अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय दिएको छ । सन् २०१३ मा राष्ट्रपति बौतेलिफालाई हृदयाघात भएर सख्त बिरामी भएपछि उनका भाइ सइद बौतेलिफाले राज्यका सम्पूर्ण कामकारबाही सम्हालेका थिए । सइद बौतेलिफा सहित गुप्तचर निकायका दुई जना पूर्व प्रमुखलाई सुनुवाईका लागि सोमबार सैनिक अदालतमा पेश गरिएको […]
विश्व
हवाई कारबाहीमा तीस आतङ्ककारी मारिए
फैजाबाद, ७ असोज । अफगानिसतानको उत्तरी प्रान्त बादख्शानको राघिस्तान जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा ३० लडाकू माएिका प्रान्तीय सरकारका प्रवक्ता निक मोहमद नाजिरले मङ्गलबार जानकारी दिए । सो हवाई कारबाहीमा तालिबान लडाकू समूह लुकेर बसेका तीन ओटा बासस्थानमा र हातहतियार ध्वस्त भएको जनाइएको छ । विगत दुई […]
इन्डोनेसिया हिंसामा २४ को मृत्यु
जकार्ता,७ असोज । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २४ जनाको पुगेको यहाँका अधिकारीहरूले बताएका छन् । उक्त घटनामा अन्य ७२ जना घाइते भएका सेनाका प्रवक्ता कर्नेल एको दारियान्तोले बताउनु भएको छ । अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको थियो […]
हवाई कारबाहीमा नौ तालिबान लडाकू मारिए
कलात, ७ असोज, अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सोमबार तालिबान लडाकूविरुद्ध भएको नेटोआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा परी नौ तालिबान लडाकू मारिएका स्थानीय स्रोतले मङ्गलबार जनाएको छ । कलात प्रान्तको प्रान्तीय राजधानी कलात शहरको ओमकाई इलाकामा तालिबान लडाकूको अखाडालाई लक्षित गरी सो हवाई कारबाही भएको बताइएको छ । गुप्तचर निकायको सहयोगमा नेटोआवद्ध संयुक्त सेनाले सो […]
अल्जेरियाको अस्पतालमा आगलागी, आठ नवजात शिशुको मृत्यु
अल्जियर्स, ७ असोज, अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ । राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ः५० बजे सो आगलागी भएको जनाइएको छ । अस्पतालबाट ११ नवजात शिशु, १ […]
इरानी राष्ट्रपतिसँगको भेटघाट टुङ्गो लागेको छैन: ट्रम्प
संयुक्तराष्ट्र संघ, ७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता संयुक्तराष्ट्र संघ महासभाको बैठकका क्रममा इरानी राष्ट्रपतिसँग भेटघाट हुन सक्ने सम्भावना रहेको बताए । तर उनले भेटघाटको औपचारिक कार्यक्रम अझैसम्म तय भइनसकेको जानकारी दिए । संयुक्तराष्ट्र महासभाको बैठकस्थल न्यूयोर्कमा दुबै नेताबीच भेटवार्ता हुने सम्भावनाका बारेमा विभिन्न अड्कलबाजी भइरहेका छन् । फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याँक्रोले […]
डिभी लोटरी भर्न यसपटक पासपोर्ट अनिवार्य चाहिने
काठमाडौँ, ७ आश्विन । आगामी आर्थिक बर्षका लागि अक्टोबर २ देखि डिभी लोटरी खुल्ने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयका अनुसार आगामी अक्टोबर २ तारिख बुधबार न्युयोर्क समय अनुसार दिउसो १२ बजेदेखि डिभी लोटरी भर्न सकिनेछ । न्युयोर्क समय अनुसार नोभेम्बर ५ मंगलबार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । यसपटक डिभी लोटरी […]
नर्सिङ अस्पतालमा आगलागी, कम्तीमा दुई व्यक्तिको मृत्यु
सोल, ७ असोज । दक्षिण कोरियामा रहेको एक अस्पतालमा भएको आगलागीमा परी दुई वृद्धको मृत्यु यहाँको समाचार समिति योन्हापले मङ्गलबार जानकारी दिएको छ । दक्षिण कोरियाको राजधानी शहर सोलबाट करिब ३० किलोमिटर पश्चिममा रहेको सो अस्पताल भवनको पाँचौं तलाबाट सो आगलागी शुरु भएको र चौथो, तेस्रो तलामा आगो लागेको बताइएको छ । यस आगलागीमा अन्य […]
पोर्टो रिकोमा भूकम्प
सान जुआन, ७ असोज । क्यारेबियन राष्ट्र पोर्टो रिकोमा मंगलबार अबेर राति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गरेको छ । अमेरिकी भूगर्भ केन्द्रका अनुसार पोर्टो रिकोको उत्तर पश्चिम तटीय क्षेत्रमा भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा भूकम्प गएका कारण स्थानीयबासीहरु त्रसित भएर सडकमा निस्किएका थिए । पहिलो भूकम्प लगत्तै ४.७ र […]
डोनल्ड ट्रम्प: फोनवार्ताले निम्त्यायो विवाद, महाभियोगको ‘आधार बन्न सक्ने’
संयुक्त राज्य अमेरिकाको एउटा शक्तिशाली संसदीय समितिका अध्यक्षले युक्रेनी समकक्षीसँग राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको टेलिफोन कुराकानीको विषय उनीमाथि महाभियोग लगाउने आधार बन्न सक्ने बताएका छन्। हाउस अफ रिप्रिजेन्टटिभको गुप्तचरीसम्बन्धी समितिको नेतृत्व गर्ने एडम शिफले सीएनएनसँग कुरा गर्दै उक्त कुरा बताएका हुन्। संसदीय समितिका अध्यक्ष शिफका अनुसार यदि राष्ट्रपति ट्रम्पले विपक्षी नेतामाथि हिलो छ्याप्न कुनै विदेशी […]









