श्रमजीवी पत्रकारका समस्या : निको नहुने घाउ

न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन (२०७०, जेठ) भन्छ ः श्रमजीवी पत्रकार मध्ये ५६.५५ प्रतिशतले नियुक्तिपत्र पाएका छन् । ३८.१९ प्रतिशतसँग नियुक्तिपत्र छैन । ५.२६ प्रतिशतले यसबारे बोल्न चाहेका छैनन् । चार वर्षपछिको स्थिति अलिकति फरक छ । बिभिन्न समयमा गरिएको अध्ययन अनुसार नियुक्तिपत्र दिएर काम गराउने सञ्चारगृहको सङ्ख्या बढेको छ । नेपाल पत्रकार महासंघको ‘श्रमजीवी […]

बलात्कारी बाबाका समर्थनमा तान्डव, ३० को मृत्यु सयाैं घाईते

एजेन्सी । बाबा राम रहिम सिंहलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेपछि भारतको हरियाणा राज्य यतिबेला तनाबग्रस्त बनेको छ । बाबाका समर्थकहरु हिंसामा उत्रिएपछि तनाब बढेको हो  । हरियाणाको पंचकुला स्थित सिआईबी विशेष अदालतले बाबा राम रहिम सिंहलाई बलात्कारी करार गरेपछि हिंसा भट्किएको छ । शुक्रबार दिनभरमा मात्रै हिंशामा ३० जनाभन्दा बढीको ज्यान गईसकेको छ भने २५० […]

सुशासनका लागि पोलिटिसियन, प्रहरी र पत्रकारको सहकार्य

जब ‘थ्री पी’ अर्थात पुलिस (प्रहरी प्रशासन) प्रेस (पत्रकार) र पोलिटिसियन (राजनैतिक नेता) हरुले आफ्नो आदर्श र कर्तव्यलाई बिर्सिन्छन, तब समाजमा व्यभिचार, कदाचार, भ्रष्टाचार र अराजकता सक्दो मौलाउँछ । यसैले सबैखाले अपराधलाई न्यूनिकरण गरी समाज परिवर्तन गराउन यी थ्री पी जिम्मेवार मानिन्छन । अलग अलग भूमिकामा भएकोले होला यी तीनवटै ‘पी’ का अलग अलग आदर्श, […]

लैङ्गिक समावेशीकरण, पत्रकारिता र महासंघ

अहिले नेपालको नयाँ यात्रा समावेशी सङ्घीय लोकतान्त्रिक संरचनातर्फ उन्मुख छ । जसबाट समृद्ध, समावेशी र लोकतान्त्रिक नयाँ नेपालको निर्माण हुने अपेक्षा राखिएको छ । समावेशी लोकतन्त्रको माग सँगसँगै पत्रकारिता क्षेत्रमा पनि लैङ्गिक समावेशीकरणको सवाल निकै गम्भीरताका साथ उठ्न थालेको छ । तर, अझै पनि आधा जनसङ्ख्याभन्दा बढी रहेका महिलालाई पत्रकारिता क्षेत्रले आकर्षित गर्न सकेको छैन […]

आचरण सुधार्ने आचारसंहिता

पत्रकारिता संवेदनशील पेसा व्यवसाय हो । यसको सही सदुपयोगले नागरिक सुसूचितसहित सचेत हुन्छन् भने अलिकतिको लापरवाहीले समाज नै गलत दिशामा उन्मुख हुनसक्छ । त्यसैले भनिन्छ ‘पत्रकारिता भनेको सार्वजनिक महत्वका सत्यतथ्य सूचनासँग सरोकार राख्ने विधा हो ।’ पत्रकारिताको प्राथमिक उद्देश्य नागरिकलाई भरपर्दो सूचना उपलब्ध गराएर उनीहरुलाई स्वशासित बनाउनु नै हो । तर, कुनै चिज दुनियाँमा यस्तो […]

सौराहामा केन्द्रीय साधारण सभा : चुनौतीसँगै अवसर

नेपाल पत्रकार महासंघको धुलिखेलमा सम्पन्न सातौँ पूर्ण बैठकले चितवनलाई केन्द्रीय साधारण सभा गर्ने स्थानको रुपमा तय ग¥यो । साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न स्थानीय व्यवस्थापनका हिसाबले चितवन शाखाका लागि यो ठूलो अवसर थियो । तत्कालीन अवस्थामा जिल्ला अध्यक्षको हैसियतबाट मैले यसलाई निकै चुनौतीका रुपमा पनि लिएको थिएँ । सँगसँगै हामीले पाएको जिम्मेवारीबाट कोही भाग्दैनन् भन्ने […]

यस्तो छ कञ्चनपुरदेखि रुपन्देहीसम्म पत्रकारहरुको अवस्था

नेपाल पत्रकार महासंघले गत साउन ६ देखि ८ गतेसम्म दुईवटा मिसन सञ्चालन ग¥यो । राजनीतिक, क्षेत्रीय र जातीय मुद्दामा पटक पटक आन्दोलन हुँदा सबैभन्दा ठूलो जोखिम र सुरक्षा चुनौती पत्रकारहरुले नै सामना गर्दै आएको स्थितिमा त्यसलाई कम गर्न महासंघले थुप्रै अभियानहरु सञ्चालन गरेको छ । आन्दोलनहरु उत्कर्षमा रहेका बेला होस् वा आन्दोलनपश्चात् महासंघले पत्रकारहरुको अवस्थाका […]

बाढीबाट १५ हजार बालबालिकाको पढाइ प्रभावित

बाँके, ८ भदौ । जिल्लाको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गल्र्यामगुर्लुम ढलेदेखि उनलाई सन्चो छैन । बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समिर पनि पानीमा भिजेका थिए । र, बाढीले दूषित बनाएको पानी शुद्धीकरण नगरेर पिएपछि उनलाई रुघाखोकीले समात्यो । […]

धनगढीमा पनि ‘६ लेन’को सडक निर्माण सुरु

धनगढी, ७ भदौ । धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको सडकलाई ‘छ लेन‘को बनाई स्तरोन्नती गर्ने कार्य सुरु गरिएको छ । मोहनापुल—अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले हाल प्रारम्भिकचरणमा उक्त सडक दायाँबायाँ ड्रेन(नाली) खन्ने कार्य सुरु भइसकेकाले सो स्थानमा पर्ने रुखको कटानी गर्ने, विद्युत् र फोनका खम्बा सार्ने लगायतका अन्य कामको प्रक्रिया अघि बढाइएको […]

बाढीपछि सप्तरीमा सर्पको बिगबिगी

राजविराज, ७ भदौ । सप्तरीमा हालै वर्षासँगै आएको बाढीका कारण जिल्लाका विभिन्न भागमा बाढी पसेपछि अहिले सर्पको बिगबिगी बढेको छ । पछिल्लो पटक सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सयौँ व्यक्तिलाई सर्पले टोकेको बताइएको छ । खोलानाला र नदीमा पानी पसेपछि आफ्नो बासस्थान गुमाएर बगेर आएका सर्पको बिगबिगी बढेको जिल्लावासीको भनाइ छ । खासगरी बाढी प्रभावित […]