कार्तिक ७ ललितपुर / ज्यापु समाज ललितपुरको आयोजनामा तीन दिने ज्यापु सांस्कृतिक महोत्सव म्यूजियम फिस्टा सञ्चालन भएको छ । महोत्सवमा ज्यापुहरुका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक कथा, संस्कृति र परिकारहरुको विशेष महत्व दिइएको छ । ज्यापु समाजले दिएको जानकारी अनुसार यो महोत्सव ललितपुरका १० वटा टोलमा हुने छ ।
करिव ३ लाख आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मेला अवलोकन गराउने उद्देश्य राखिएको यस महोत्सवमा नेवार ज्यापु समुदायका परापूर्वकालदेखिका विभिन्न स्थानीय परिकारको स्वाद लिन पाउने बताइएको छ । साथै यसमा लोप भइसकेका विभिन्न कला तथा सिपहरुको प्रत्यक्ष अनुभूत गराउने गरी प्रदर्शन गर्ने तयारी पनि गरिएको छ ।
महोत्सवमा सहभागी हुन आउनेहरुले करिव ३५० वर्ष पुरानो झ्यालेचा कलाको अवलोकन गर्न पाउनू को साथै लोप भइसकेको संस्कृतिहरुको अवलोकन,ज्यापुहरुको जीवनशैलीलाई हेर्न पाउने व्यवस्था मिलाइएको छ ।वाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्र संघ दिवसका दिन महोत्सवको आयोजना गरिएको समाजले बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त महोत्सव आज कार्तिक ७ गतेदेखि ९ गतेसम्म संचालन हुने भएको छ ।सो अवसरमा राष्ट्रपति भण्डारी बाट ज्यापु म्युजियमको अवलोकन समेत गर्नुभएको थियो ।
ललितपुरका ४० वटा टोलमा करिव ४० हजार आदिवासी ज्यापु समुदायको बसोवास रहेको छ । त्यसमध्ये १० वटा टोलमा यो महोत्सवका विभिन्न कार्यक्रमहरु राखिएको छ ।महत्सब अवधि भित्र बल्खु टोलमा एकल घोडे जात्राको अवलोकन , भिन्द्योलाछी टोलमा जीवन्त संस्कृतिको अवलोकन, क्वय्लाछी च्यासलमा ३५० वर्ष पुरानो झ्यालेचा कलाको प्रदर्शन र झण्डै २ हजार वर्ष पुरानो गजलक्ष्मीको अवलोकन गराइने छ । त्यस्तै च्यासल टोलमा टेपे महारानी र नेवाः भोजको व्यवस्था गरिएको छ भने खपिन्छें टोलमा आकाश भैरव, चोछें टोलमा माटाको चैत्य र मंका भजन, भेलाछे टोलमा अवालेहरुको मौलिक कार्यको जीवन्त प्रदर्शन, गःछें टोलमा विभिन्न नेवारी भोजका परिकारहरुको व्यवस्था, च्वबुगाहिटी टोलमा सांस्कृतिक गतिविधि झल्काउने डकुमेन्ट्री प्रदर्शन र मंकाहरी भजन तथा लोंल टोलमा माटोबाट बनाइएका हस्तकला प्रदर्शनी गरिने बताइएको छ । समाज द्वारा रास्ट्रपति विद्यादेवी भण्डारीलाइ मायाचिनो प्रदान गरिदै सताव्दी पुरुष सत्य मोहन जोशीलाई सम्मान गरिदै
प्रदशनीमा परम्परागत तरिकाबाट इट्टा उत्पादन गर्दै ।