नेपाल सरकारका एक सचिव सडक दुर्घटनामा परि त्रिसुलिमा बेपत्ता भएका छन । सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको सरकारी जीप त्रिशुली नदीमा खसेको हो । आज बिहान करिब ३ बजेतिर भएको दुर्घटनामा सचिव यादवसहित उनका २२ बर्षिय छोरा संतोष यादव र अर्की एक उनको साथीको छोरीसमेत बेपत्ता बनेका छन् । चालकलाई भने स्थानीयले सकुसल उद्दार […]
Author: Sanjeep Ghimire
भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो । यसअघिको समितिको बैठकले विसं २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका भूकम्पपीडितले गत पुस मसान्तमै घरको जग निर्माण गरी दोस्रो […]
काँग्रेस एउटा गिरोहले सञ्चालन गरिरहेको छ : केसी
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताए । उनले भने, “अहिलेको जन अभिमत वाम गठबन्धनलाई भएकाले वाम गठबन्धनकै सरकार बन्छ ।” अर्को एक प्रसंगमा उनले काँग्रेसको […]
एकताबारे प्रभाकरको खुलासा : ‘औपचारिकतामा मात्र बाकी छ’
सुर्खेत । एमाले-माओबादी केन्द्रको एकता नहुने आशंका भैरहदा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले पार्टी एकता भैसकेको दावी गर्दै केहि प्राविधिक कुरा मात्र बाकी रहेकोले औपचारिकतामा घोषणा नगरिएको बताएका छन । मंगलवार प्रेस सेन्टरको ६ नम्बर प्रदेशद्वारा आयोजित कार्यक्रममा नेता प्रभाकरले वास्तविक एकता भैसकेको र अब एकता घोषणा हुन मात्र बाँकी […]
भातमा पनि भारतकै भर
बीरगंज । भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका २ सय ५० चामल उद्योग बन्द भएका छन् । स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आयात गर्नुपर्ने बाध्यता रहेको तर भारतबाट धानको साटो चामल बढी आयात भएकाले यहाँका चामल उद्योग संकटमा परेका हुन् । एक वर्षयता केही उद्योगले भारतबाट चामल […]
काँग्रेस समर्थक विद्यार्थीको मृत्यु भएपछि पीएन क्याम्पसमा तनाव
पीएन् क्याम्पसका बिद्यार्थीहरु र प्रहरीबीच तनाव उत्पन्न भएको छ । सोमबार गाडीको ठक्करबाट क्याम्पसका विद्यार्थी बोधराज ढकालको मृत्यु भएपछि आन्दोलनरत बिद्यार्थीहरु तोडफोडमा उत्रेपछि तनाव भएको हो । ग १ख ६६७७ नम्बरको गाडीले लापरबाहीपूर्वक ढकालको ज्यान लिएको आरोप लगाउदै तोडफ़ोडमा उत्रेका १ दर्जन बिद्यार्थीलाइ प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनको नेतृत्व नेविसंघले गरेको छ । मृतक […]
नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारको मृत्यु
नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट ८ हजार ९ सय ८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०/७१ मा १ हजार ७८७, ०७१/७२ मा २ हजार ४, ०७२/७३ मा २ हजार ६, ०७३/७४ मा २ हजार ३ सय ८४ र […]
स्कूलमै बिहे, स्कूलमै सम्वन्ध बिच्छेद
रोल्पा, २३ माघ । किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन् । जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले उनीहरुको सम्बन्धबिच्छेदको फैसला गरेको जिल्ला अदालत रोल्पाका डिट्ठा भीमराज ढकालले सोमबार जानकारी दिए । रोल्पा नगरपालिकास्थित एक सरकारी विद्यालयमा कक्षा ७ मा अध्ययनरत १५ वर्षीया […]
कारागारलाइ कमाउ अड्डा बनाउने जेलर पक्राउ
जिल्ला कारागार सप्तरीका जेलर कृष्णबहादुर दाहाल अख्तियारको फन्दामा परेका छन । जेलर दाहाल सो जेलमा रहेका कैदी वन्दीबाट घुस खाएपछि पक्राउ परेका हुन् । कैदी वन्दीलाई स्थानान्तरण गरिदीन भन्दै घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवास र इटहरीबाट खटीइ गएको संयुक्त टोलीले दाहाललाई रु.४०,०००।- (चालिस हजार) घुस […]
बन्दुकको युग समाप्त भयो : प्रचण्ड
बन्दुकको नालमाथि मात्र बिश्वास गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दुकको युग समाप्त भएको बताएका छन् । सोमबार प्रेस सेन्टर नेपालको १४ औ स्थापना दिवसको अवसर पारेर प्रेस सेन्टर महिला विभागले आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् । ”बन्दुक र मादलले जति सपना पुरा भए, भए । अब, कलम मुख्य हतियार […]