नेपालगञ्ज, ६ साउन । पर्यटन गन्तव्यको केन्द्रबिन्दुलाई प्रमुख आधार बनाएर नेपालगञ्जमा स्थापना गरिएका ठूला सुविधा सम्पन्न होटल व्यवसायको कारोवार पछिल्लो समयमा ओरालो लाग्न थालेको छ । नेपालगञ्ज हुँदै कैलाशमान सरोवर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्यूठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो तालजाने पर्यटकलाई लक्ष्य गरेर स्थापना गरिएका पाँच तारेसहितका सुविधा सम्पन्न होटल मुलुकको […]
Author: Sanjeep Ghimire
एकाबिहानै माइक्रो खोलामा खस्दा १२ घाइते
धादिङ, ६ साउन । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक […]
पाँचथरमा घट्यो अर्को दर्दनाक घटना, २ को मृत्यु
फिदिम, ६ साउन । पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार आज बिहान करीब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो । घटनास्थल पुगेको प्रहरी […]
पाकिस्तानमा आत्मघाती आक्रमण, सात जनाको मृत्यु
पेशावर, ५ साउन । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार कोट्ला सेडानस्थित प्रहरी जाँच चौकीमा तालिबानी बन्दुकधारीले आइतबार बिहान ७.४५ बजे आक्रमण गर्दा दुई प्रहरीको ज्यान गएको थियो । सोही आक्रमणका क्रममा केही प्रहरी र सर्वसाधारण समेत घाइते […]
मकवानपुरको मनहरीमा गोली हानाहान
मकवानपुर,५ साउन। मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ रजैयामा राप्तिखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गाेली हानाहान भएको छ । शनिबार राति गाँजा बोकेको ५/६ जनाको समूह र प्रहरीबीच फायरिङ भएको स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ शुरु गरेको थियो । प्रहरीबाट पनि जवाफी फायरिङ भए […]
हेटौँडा–काठमाडौँ सडक पुन: सञ्चालनमा
हेटौँडा, ५ साउन । भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । दश दिन लगाएर पहिरो पन्छाएपछि बाटो सञ्चालन भएको हो । इन्द्रसरोवर गाउँपालिकाअन्तर्गतको महालक्ष्मी खोलामा आएको पहिरो तथा अन्य सानातिना पहिरो हटाएर बाटो सञ्चालनमा ल्याएको जिल्ला प्रशासन […]
दोस्रो झमक बन्ने बाटोमा याम खाम्चा
बेझाड, ५ साउन । बोल्न नसक्ने, दुबै हात चलाउन नमिल्ने तर सुन्न र देख्न राम्रो सँगसक्ने याम खाम्चा खुट्टाले लेखेर ठूलो मान्छे बन्ने सपना बोकेका छन् । पाल्पाको रामपुर नगरपालिका– १ स्थित बार्दाकोट बस्ने २१ वर्षीय खाम्चा खुट्टाले लेखेर अहिले कक्षा १० मा अध्यायनरत छन् । उनको पढ्ने क्षमता अरु विद्यार्थी भन्दा कम छैन । […]
नारायणीमा पानीजहाज संचालनमा ल्याइने
चितवन, ५ साउन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ । क्रुज दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो । सम्भाव्यता […]
अफगानिस्तानमा सरकारी फौजको कारबाहीमा २८ जना लडाकू मारिए
मैमाना, अफगानिस्तान, ५ साउन । अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी लडाकू मारिएका छन् । देशको उत्तरी फार्याब प्रान्तमा भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सैनिक स्रोतले आइतबार जनाएको छ । “तालिवान लडाकूहरुको अखडामा २९ जनालाई लक्षित गरी हवाई आक्रमण भएको थियो, तीमध्ये कम्तीमा २८ जनाको मृत्यु भएको छ,” सेनाका एक […]
तेल ट्याँकर छाड्न इरानलाई बेलायतको आग्रह
लन्डन, ५ साउन । बेलायतले ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने टयाँकर (पानीजहाज) तत्काल छाड्न बेलायतले इरान समक्ष आग्रह गरेको छ । बेलायतले इरानको उक्त कार्य गैरकानुनी रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ । नियन्त्रणमा लिइएको उक्त ट्याँकर अबिलम्ब छाड्न बेलायत समेत युरोपेली अरु मुलुकहरुले इरान समक्ष निरन्तर आग्रह […]