भुकम्प पिडितको पुन: सर्वेक्षण गरिएको छ

तनहुँ, ५ साउन । तनहुँ जिल्लाका सात हजार ८३५ घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ । भूकम्पपीडितको लाभग्राहीमा नपरेका सर्वसाधारणको गुनासोको आधारमा तनहुँ जिल्लामा वैशाख १९ गतेदेखि शुरु भएको छुट तथा पुनः जाँच सर्वेक्षणमा १० स्थानीय तहका सात हजार ८३५ घरधुरीको सर्वेक्षण सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँले […]

निर्माण सकेको दुई महीनामै रोशी पुल भासियो

काभे्रपलाञ्चोक, ५ साउन । निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत बन्दना भगवती जेभी नामक निर्माण कम्पनीले उक्त पुल बनाएको हो । रु तीन करोडको लागतमा निर्मित उक्त पुल ३५ दशमलव […]

खुदी खोलामा कल्र्भट निर्माणपछि स्थानीयवासी खुशी

तनहुँ, ५ साउन । तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित खुदीखोलामा दुई ह््युमपाइप राखेर कल्र्भट निर्माण गरेपछि स्थानीयवासी खुशी भएका छन् । वर्षायामको समयमा खोलाले मानिस बगाउनुका साथै वारपार गर्नसमेत कठिनाइ भोग्दै आएका त्यस क्षेत्रका बासिन्दा कल्र्भट निर्माणपछि खुशी भएका हुन् । बन्दीपुर गाउँपालिकाको रु १४ लाखको लागतमा सुखौरा र शेरा जोड्ने गरी खुदीखोलामा कल्र्भट निर्माण गरेपछि […]

गारेथ बेलले मड्रिड यहि सिजनबाट छाड्ने, जिदानले गरे पुष्टि

एजेन्सी । रियल मड्रिडले ग्यारेथ बेलका लागि राम्रो अफरको पर्खाइमा रहेको प्रशिक्षक जिनेदिन जिदानले पुष्टि गरेका छन् । आइतबार मड्रिडले इन्टरनेशनल च्याम्पियन्स कपमा बार्यन म्युनिखसँग खेल्दा पनि जिदानले बेललाई टिममा राखेनन् । बेल किन टिममा परेनन् भन्ने प्रश्नमा जिदानले उनी रियल मड्रिड छाड्ने संघारमा रहेको बताए । उनले भने, ‘आश छ उनले छिट्टै छाड्नेछन् र, […]

इजलासकक्ष नहुँदा बाँकेका स्थानीय तहको न्याय सम्पादनमा समस्या

राँझा, ५ साउन । बाँकेमा स्थानीय तहमा न्यायिक समितिको लागि इजलासकक्षको व्यवस्था नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । बाँकेको आठ स्थानीय तहमध्ये सात स्थानीय तहमा न्याय सम्पादनका लागि छुट्टै इजलासकक्ष नहुँदा न्याय सम्पादनमा कठिनाइ हुने गरेको बाँकेका न्यायिक समितिका संयोजकको गुनासो छ । जिल्लाको एकमात्र नेपालगञ्ज उपमहानगरपालिकामा इजलासको व्यवस्था रहेको छ भने बाँकी सात […]

पर्यटन प्रबर्धनका लागि जुट्दै डोटीका युवा

डोटी, ५ साउन । जिल्लाको जोरायल गाउँपालिका–२ का युवाहरु पछिल्लो समय पर्यटन क्षेत्रको प्रवद्र्धनमा जुट्न थालेका छन् । स्थानीयस्तरमा धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्व राख्ने दर्जनौँ स्थलहरु भए पनि प्रचारप्रसारकोे अभावमा ओझेलमा परेको भन्दै युवाले उक्त अभियान थालेका हुन् । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न युवाहरुले छतिवन पर्यटन प्रवद्र्धन समिति नामक संस्था पनि गठन गरेको छतिवन […]

भाले, अण्डा र घ्यू बोकेर सुत्केरीको घरमा गाउँपालिका अध्यक्ष

पर्वत, ५ साउन । यहाँको एक गाउँपालिकाले आर्थिक वर्ष शुरु भएको एक साता पनि नबित्दै गाउँसभामा नीति तथा कार्यक्रम पारित गरिएको निर्णय कार्यान्वयन शुरु गरेको छ । पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्नका लागि ‘अध्यक्ष कोशेली कार्यक्रम’ आर्थिक वर्षको शुरुआतबाटै सुत्केरी भएका महिलाका घर–घरमा पुगेर कोशेली वितरण शुरु गरेको हो । गाउँपालिका अध्यक्ष राजु पौडेलले […]

विभिन्न घटनामा सिरहामा तीन बालबालिकासहित पाँचको मृत्यु

लहान, ५ साउन । सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ । विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ । आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले दाहिने खुट्टाको औँलामा टोकेपछि उपचारको लागि लहानतर्फ ल्याउने क्रममा उनको मृत्यु […]

वजेट अभाबले दुर्लभ वनस्पति संरक्षणमा समस्या

बाँके, ५ साउन । नेपालमा मात्र पाइने दुर्लभ वनस्पतिको जीवित सङ्ग्रहालयका रूपमा रहेको ढकेरी वनस्पति उद्यान बजेट अभावका कारण सङ्कटमा परेको छ । सरकारले बजेट कटौती गरेपछि संरक्षणमा समस्या भएको वनस्पति अनुुसन्धान केन्द्र नेपालगञ्जका प्रमुख वरिष्ठ वैज्ञानिक सुनीलकुमार आचार्यले बताए। “सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा उद्यानमा रहेका ४०० प्रजातिका दुर्लभ वनस्पति संरक्षण गर्न समस्या भएको […]

लागुऔषधसहित चार युवा पक्राउ

उदयपुर , ५ साउन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१३ असारीको किराँतचोकबाट शनिबार साँझ चार युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी पक्राउ पर्नेमा त्रिनपा–१३ का २२ वर्षीय रविन राई, १६ वर्षीय सुगम राई, २४ वर्षीय दिनेश दनुवार र १४ वर्षीय प्रदीप सुर्खेती रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ […]