सुनकोशीमा डुबेर एक महिलाको मृत्यु

सिन्धुली, २५ साउन । आज दिउँसो एक महिलाको सुनकोशी नदीमा डुबेर मृत्यु भएको छ । काभ्रे पाँचखाल नगरपालिका–१० निवासी ३४ वर्षीया सरस्वती रायमाझीको सुनकोशी नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । माइती घर रामेछाप बेथान गाउँपालिका–६ जुङ्गेपानी जान भनी श्रीमान् ओमबहादुर रायमाझीसँग हिँडेकामा सरस्वतीले सिन्धुलीको सुनकोशी गाउँपालिका–१ कुशेश्वर मन्दिर नजिक सुनकोशी […]

हराइरहेका मजदूरको शव फेला

धादिङ, २५ साउन । खोलामा एक्साभेटरले खनेको खाडलमा परेर हराएका गजुरी नगरपालिका–६ का दुई मजदूरको शव फेला परेको छ । खोला तथा नदीमा ठूला मेसिन प्रयोग गरेर उत्खनन गर्न नपाइने नियम विपरीत दरिङ्गाल खोलाबाट अवैध रुपमा प्रयोग भएका मेसिनले बनाएका खाडलमा परेका चार जनामध्ये दुई जना हराइरहेका थिए । हराइरहेका गजुरी गाउँपालिका–६ निवासी १८ वर्षीय […]

पेट्रोल ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ६० जनाको मृत्यु

दार एस सलाम, २५ साउन । पेट्रोल बोकेको ट्याङ्कर विस्फोटन हुँदा तान्जानीयामा शनिबार कम्तीमा ६० जनाको मृत्यु भएको छ । देशको मोरोगोरो क्षेत्रमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएर विस्फोटन भएको प्रहरीले जनाएको छ । घटनास्थल राजधानी दार एस सलामदेखि २० किलोमिटर टाढा पर्दछ । प्रहरीका अनुसार ६० जनाको घटनास्थलमै मृत्यु भएको र अरु ७० भन्दा बढी […]

आँधीका कारण चीनमा १३ को मृत्यु, १६ बेपत्ता

बेइजिङ, २५ साउन । चीनको पूर्वी क्षेत्रमा शनिबार बिहान आएको आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । चीनको पश्चिमी क्षेत्रमा आएको लेकिमा नामक तुफानबाट अरु १६ जना भन्दा धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन् । आँधीसँगै वर्षा पनि भएको थियो भने विद्युत सेवा अवरुद्ध भएको छ । अधिकारीहरुले हजारौं रुख ढलेको र दश […]

अमेरिकामा हिंसा: गोलि काण्डमा परि एकै वर्षमा ४० हजारको मृत्यु

काठमाडौं, २५ साउन । सुन्दा पत्यार लाग्दैन, तर अमेरिकामा एकै वर्षमा बन्दुकसँग सम्बन्धित हिंसाका कारण सन् २०१८ मा ४० हजारको मृत्यु भएको थियो । अमेरिकामा विद्यालय, कलेज, चलचित्र घर र अन्य सार्वजनिक स्थल एवं कार्यक्रममा जथाभावी गोली चलाएर हुने हत्या हिंसाका घटना नियमित झैं हुन थालेका छन् । यी घटनाहरुमा कमी आउनुको साटो बढ्दै गएको […]

सैनिक कल्याणकारी कोषबाट लघुवित्तका लागि ४ अर्ब ४३ करोड कर्जा

काठमाडौँ, २५ साउन । सैनिक कल्याणकारी कोषले आफ्ना हिताधिकारीलाई चार अर्ब ४३ करोड ११ लाख ८६ हजार लघुवित कर्जा उपलब्ध गराएको छ । सेवामूलक व्यवसाय सञ्चालन गरी लाभग्राहीको आय आर्जन वृद्धि गराउने उद्देश्यले सञ्चालन गरिएको लघुवित कर्जा तथा सुलभ घरकर्जा कार्यक्रमबाट हालसम्म २६ हजार ६४१ जना लाभान्वित भएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए । […]

बोटे बस्तीमा मुख्यमन्त्रीको अवलोकन

हेटौँडा, २५ साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पछाडि परेका तथा सिमान्तकृत वर्गको संरक्षणमा प्रदेश सरकार सधैँ लागिपर्ने बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिकामा रहेको निर्माणाधीन एकीकृत बोटे बस्तीको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले सीमान्तकृत जातिको संरक्षणमा मनहरी गाउँपालिकाले देखाएको सक्रियताका लागि धन्यवादसमेत दिए । मुख्यमन्त्री पौडेलले सीमान्तकृत जातजातिको संरक्षणमा सबै प्रकारको सहयोग गर्न […]

सिटीस्क्यान मेसिनमा ठगी गरेको आरोपमा एक डाक्टर पक्राउ

सुरुङ्गा २५ साउन । इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई फक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर घर भएका रेडियोलोजिष्ट डा सुनिलदेव रहेका छन् । प्रहरीले उनलाई लाइफलाइन अस्पताल प्रालिका अध्यक्ष डा तिलकचन्द्र साहलाई सिटिस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपपछि पक्राउ गरिएको हो । फक्राउ परेका देवलाई […]

कर्णालीको परिचय लिएर सम्मेलनमा भाग लिँदै युवा

सुर्खेत, २५ साउन । काठमाडौँमा यही साउन २७ देखि ३० गतेसम्म आयोजना हुने ‘राष्ट्रिय युवा सम्मेलन’मा कर्णालीका युवा यहाँको परिचय लिएर सहभागी हुने भएका छन् । नेपाल युवा परिषद् कर्णाली प्रदेशले आज पत्रकार सम्मेलनमार्फत् कर्णालीको रैथाने खाद्यान्न, मौलिक तथा साँस्कृतिक सामग्री र पर्यटनका आकर्षक गन्तव्यका परिचय बोकेर यहाँका २४ जना युवा सम्मेलनमा सहभागी हुने जानकारी […]

वातावरण नजोगाए डाइनोसरको अवस्थामा पुग्ने मन्त्री बाँस्कोटाको भबिष्यवाणी

भक्तपुर, २५ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिसले वातावरण नजोगाए मानिस डाइनोसरको अवस्थामा पुग्ने बताएका छन् । सूर्यविनायक नगरपालिका–२ बालकोटमा आज सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवद्र्धन अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले मानवकै कारण डाइनोसर जस्तै लोप हुने अवस्थामा पुग्नसक्ने खतरा रहेको बताए । उनले भने, “ठूला औद्योगिकरणको प्रत्यक्ष असर […]