एएफसी फुटबल ः नेपालले कुवेतसँग खेल्ने

काठमाडौँ, ३० भदौ ।जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन गरेको थियो । भदौ २८ गते पहिलो […]

पुल निर्माण

कावासोती, भदौ ३० ।नवलपरासी पूर्व नवलपुरको विनयीखोलामा रु नौ करोडको लागतमा पुल निर्माण गरिएको छ । विनयीत्रिवेणी गाउँपालिका–४, अन्तर्गत पर्ने विनयीखोलामा नेपाल सरकारको केन्द्रीय बजेटबाट पुल निर्माण गरिएको हो । दुम्किबासबाट पाल्पाको रामपुर हुँदै स्याङ्जासम्म जोड्ने सडकअन्तर्गत विनयीखोलामा पुल बनेपछि सर्दीसहित नवलपुरका पहाडी क्षेत्र र पाल्पाका बासिन्दालाई आवतजावत सहज हुने भएको छ । विनयीखोलामा पुल […]

पर्यटकीयस्थलमा पाहुना घर

म्याग्दी, ३० भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने पर्यटकीयस्थल मोहरेडाँडामा पाहुना घर निर्माण भएको छ । सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि मोहरेडाँडा पुग्ने पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्ड र गाउँपालिकाको सहयोगमा पाहुना घर निर्माण भएको हो । रु २७ लाखमा ७० जना क्षमताको दुई वटा पाहुना घरको भवन निर्माण भएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गका […]

विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा

विराटनगर, ३० भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उनले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अनियमितता हुन नदिन […]

दुई करोड राजश्व

मिक्लाजुङ, ३० भदौ ।जिल्ला प्रशासन कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु दुई करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ । राहदानी बनाएर मात्रै आव ०७५÷७६ मा रु एक करोड ९५ लाख ९५ हजार राजश्व रकम सङ्कलन भएको प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए । साधारण सिफारिसतर्फ एक हजार १४० महिला र दुई हजार २२९ पुरुष गरी […]

दुई विधेयक विधायन समितिमा

काठमाडौँ, ३० भदौ । राष्ट्रियसभाको आजको पहिलो बैठकले दुई विधेयकलाई दफाबार छलफलका लागि भन्दै विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकले ‘सेफगार्ड्स, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’ तथा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक, २०७५’ लाई विधायन व्यवस्थापन समितिमा पठाएको हो । बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त दुई विधेयकलाई दफाबार छलफलका लागि सो समितिमा […]

राष्ट्रियसभा सञ्चालन

काठमाडौँ, ३० भदौ ।आइतबारदेखि अवरुद्ध राष्ट्रियसभाको बैठक आजबाट सञ्चालन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले हिजोको राष्ट्रियसभाको बैठक बाँके जिल्लाको घटनालाई लिएर अवरुद्ध गरेको थियो । बैठकमा काङ्ग्रेसले बाँके जिल्लाका आफ्ना सभापति किरण कोइरालामाथि आक्रमण गर्ने दोषीउपर कारवाही नभएसम्म बैठक चल्न नदिने भन्दै बैठक अवरुद्ध गरेको थियो । सोही घटनालाई लिएर हिजोको राष्ट्रियसभाको […]

बाघले बढायो पर्यटक

बाँके, ३० भदौ । बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ । विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन् २०१३ मा बाघ गणना हँुदा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको सङ्ख्या २१ पुगेको हो । […]

मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

डोटी, ३० भदौ । जिल्ला मालपोत कार्यालय डोटीमा आइतबारदेखि अनलाइन सेवा शुरु भएको छ । सेवाग्राहीका अभिलेख कम्प्युटरकृत गरी सुरक्षित राख्ने उद्देश्यले अनलाइन सेवा शुरु भएको हो । उक्त सेवा शुरु भएपछि पहिलोपटक केआइसिंह गाउँपालिका–१ कि कृष्णा शाहीलाई अनलाइनमार्फत लालपुर्जा प्रदान गरिएको मालपोत कार्यालय डोटीका प्रमुख प्रेमबहादुर माझीले बताए । अनलाइनबाट सेवा दिने डोटीको मालपोत कार्यालय देशभरिमै ९२ […]