Parliamentary committee regulates govt. works: Speaker Mahara

Kathmandu, Sept 16 : Speaker of the House of Representatives (HoR), Krishna Bahadur Mahara has asserted that although the parliamentary committees could keep an eye on the government undertakings, they could not control them. At an interaction on parliamentary practices organized by Federal Parliament Secretariat at New Baneshwor in Kathmandu today, Speaker Mahara shared that […]

नेपाल र इजरायलबीच सुमधुर सम्बन्ध

काठमाडौँ, ३० भदौ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपाल र इजरायलबीच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताएका छन । इजरायलको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नेपालको कृषि, शिक्षा, स्वास्थ्य र संस्कृतिको क्षेत्रमा इजरायलले गरेको सहयोगको सराहना गरे । उपप्रधानमन्त्री यादवले कठिन अवस्थामा पनि इजरायलले नेपाललाई नजिकको मित्र ठानेर सक्दो […]

सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडी, ३० भदौ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । नेपाल भारत सीमाक्षेत्र सुवा आसपास केन्द्रविन्दु भएर राति ८ बजेर १८ मिनेटमा ४।४ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिए । भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महसुस गरिएको छ ।

नेपाल एशियन टेबुलटेनिसको फाइनलमा

काठमाडौँ, ३० भदौ । इन्डोनेसियाको जाकर्ता शहरमा जारी २४ औँ एशियन टेबुलटेनिस च्याम्पियनसीप–२०१९ मा नेपाली महिला टोली फाइनलमा प्रवेश गरेको छ । नेपाली टोलीका व्यस्थापक धर्ममान बज्राचार्यका अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टोलीले लिग कम नकआउटका आधारमा भएको पहिलो खेलमा जोर्डनलाई र दोस्रो खेलमा तुर्कमेनिस्तानलाई समान ३–० को सेटमा पराजित […]

मुख्यमन्त्री गुरुङद्धारा दोबिल्ला कटान क्षेत्रको निरीक्षण

पोखरा, ३० भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिका– १७ र २१ जोडने दोबिल्लास्थित फुस्रेखोलाले गरेको कटान क्षेत्रको आज निरीक्षण गरेका छन । फुस्रेखोलाको कटानका कारण सयमसमयमा जोखिममा पर्ने गरेको पुल र आसपासको सडकसहितको बस्तीको उनले निरीक्षण गरेका हुन । केही वर्षयता वर्षेनी खोलाको कटानको कारण जोखिममा परेको दोबिल्ला पुल नजिकै तटबन्ध गरी […]

ढिस्कोमा पुरिएर एकको मृत्यु

जलेश्वर, ३० भदौ । महोत्तरीको बर्दिबास नगरपालिका–४ मा माटोको ढिस्कोमा पुरिएर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–४ माईस्थानका १४ वर्षीय निरोज बम्जन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । सोही घटनामा स्थानीयवासी ३८ वर्षीय चन्द्र बल गम्भीर घाइते भएका छन् । उनको उपचार धनुषाको लालगढस्थित मोडेल […]

भालुको आक्रमणबाट गम्भीर घाइते

डोटी, ३० भदौ । जिल्लाको पूर्वीचौकी गाउँपालिका–५ काडामाडौँका ४६ वर्षीय काले साउद जङ्गली भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । बाख्रा चराउन घर नजिकैको जङ्गलमा गएको बेलामा जङ्गली भालुले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भालुको आक्रमणबाट साउदको कान, नाक, घाटी, टाउको र हातमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय […]