सभापति देउवाले काँग्रेस भंग गरिदिए हुन्छ भनेपछि पौडेल समूहमा खैलाबैला

धनगढी ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भंग गरिदिए हुने भन्दै गरेको टिप्पणीले खैलाबैला मच्चिएको छ । उनले चुनावमा अन्तरघात गर्नेलाई कारवाही गर्नुपर्ने बताउँदै त्यो नगरे पार्टी नै भंग गरे हुने बताएका थिए । कैलाली जिल्लाको अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले पार्टीका उम्मेदवारालई भोट नहाल्नेहरुको क्रियाशील सदस्यता खारेज गर्ने र अन्तरघातीहरुलाई कारबाही गर्ने उनले […]

सुन तस्करीका मुख्य लगानीकर्ता अग्रवालको घरमा प्रहरी छापा, कति भेटियो सुनचाँदी र पैसा ?

काठमाडौं । ३८ क्विन्टल सुन तस्करीका मुख्य लगानीकर्ता एमके भनिने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा मारेको छ । अग्रवालको अनामनगरस्थित घरमा छापा मारेर मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको बताईएको छ । घरमा भएको अन्य सुन उनीले भाग्दा लिएर गएको हुन सक्ने समितिको अनुमान छ । शुक्रबार […]

प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुग्यो आर्मी, सागर पुनले हाने शतक

काठमाडौं। त्रिभुवन आर्मी प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ओपनर सागर पुनको शतकीय योगदानमा प्रदेश ५ लाई १५४ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो । शनिबार हुने एपीएफ र नेपाल पुलिसबीचको खेलको विजेतासँग आर्मीले उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ । शुक्रबार टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय […]

संसद नियमावली पास, फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

काठमाडौँ। प्रतिनिधिसभा नियमावली २०७५ पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो ।  नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ लाई पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । संसद्को बैठक कार्यसञ्चालनलाई नियमित र व्यवस्थित गर्न उक्त नियमावली बनाइएको छ । नियमावलीमा फौजदारी अभियोग […]

संसद बैठक बस्दै, प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली पेस गर्नेबारे यस्तो छ तयारी

काठमाडौं, २५ जेठ ।  प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली आजको संसद बैठकमा पेश हुने भएको छ । दलहरूबीचको लामो छलफल र सम्वादपछि आजको बैठकमा नियमावली पेश गर्ने तयारी भएको हो । संसदको बैठक दिउँसो एक बजे बस्ने कार्यक्रम छ । फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवलीको कांग्रेस र […]

बेच्नका लागि कञ्चनपुर पुर्‍याइएका १८ बालबालिका प्रहरी नियन्त्रणमा

अछाम, २५ जेठ ।  भारततर्फ लगिँदै गरेका १८ बालबालिका २ व्यक्तिलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डा चौकीबाट बिहीबार बेलुकी १२ बालक, ६ बालिकासहित २० जनालाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ । नेपाल प्रहरीका डीएसपी ज्ञानबहादुर सेट्ठीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा नियन्त्रणमा लिइएका बालबालिकाहरु अछामको ढकारी गाउँपालिका–७ […]

घर झगडा हुँदा श्रीमानले गरे श्रीमतीको हत्या

भक्तपुर, २५ जेठ । बञ्चरोले हानेर श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् । विहिबार राति चाँगुनारायण नगरपालिका –७ खरिपाटी वागेश्वरीमा भोजपुर चरनदीका उमेश माझीले आफ्नै श्रीमती २८ वर्षीया सलेना माझीको टाउकोमा बञ्चरोले हानेर फरार भएको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठका अनुसार स्थानीय राममाया कार्कीको घरमा […]

जनकपुरबाट नेपालगञ्ज जाँदै बस गरेको दुर्घटना, यस्तो छ क्षतिको विवरण

दाङ, २५ जेठ । दाङको भालुबाङ-लमही सडकखण्डमा बस दुर्घटना भएको छ । जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा शुक्रबार बिहान दुर्घटना भएको हो । बस दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मद रहेकी रहेकी छन् […]

गैर न्यायिक थुनामा रहेका आस्थाका बन्दीहरूसँग अधिकारकर्मीद्वारा भेटघाट

काठमाडौं। जिल्ला प्रहरी कार्यालय झापा र इलाममा रहेका नेपाल कम्युनिष्ट पार्टीमा आस्था राख्ने राजनीतिक बन्दीहरुलाई मानवाधिकारवादीहरुको टोलीले भेटघाट गरेको छ । प्रहरी हिरासतमा रहेका नेकपका केन्द्रीय सदस्य किरण राईलसहित ४ जना राजनीतिक आस्थाका बन्दीहरुलाई मानव अधिकारकर्मी र पत्रकारहरुको टोलीले बिहीबार भेटघाट गरेको हो । त्यस्तै सुनसरीबाट समातिएका  सुरज राई, सुरेश रार्ई, राेशन ढकाल, माेहन कार्की, लक्ष्मण कार्की, […]

इन्चार्ज र सेक्रेटरीसहित नेकपाका चार नेता रिहा, केन्द्रीय सदस्य राइ छुटेनन्

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज र सेक्रेटरीसहित करिब दर्जन नेताहरु रिहा भएका छन् । अदालतको आदेशमा मंगलबार सिरहा इन्चार्ज अनुकुल राउत, सर्लाही सेक्रेटरी राजन, महोत्तरी सेक्रेटरी पवनकुमार महतो र पार्टीको युवा संगठन योङ रेडफोर्सका केन्द्रीय सचिवालय सदस्य रोहित ढकाल रिहा भएका हुन् ।  उनीहरुलाई रिहा गर्ने अदालतले आदेश गरेपनि प्रहरीले पुनः गिरफ्तार गर्दै आएको […]