पेरिसडाँडाको जनयुद्ध दिवस छोडेर विष्ट, किराती र अाहुती विप्लव-बैद्यको कार्यक्रममा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)ले संयुक्त रुपमा जनयुद्ध दिवस मनाइरहेका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा अायोजित अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्र एमालेमा विलय भएको भन्दै पार्टीबाट अाफू अलग भएको बताउँदै अाएका लोकेन्द्र विष्टमगर,गोपाल किराती र विश्‍वभक्त दुलाल ‘अाहुती’लगायतका नेताहरु पनि सहभागी भएका छन् । जनयुद्ध दिवसको अवसरमा माओवादी […]

प्रकाशको श्रद्धाञ्जली सभामा गाउँदागाउँदै जनगायक खुसिराम पाख्रीनको निधन

चितवनमा बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै ढलेका जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनकाे निधन भएकाे छ । उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियाे । तर डाक्टरहरूले ढिला भैसकेकाे भन्दै उनलार्इ मृत घाेषणा गरेका हुन् । वाम गठबन्धनको संयुक्त चुनावी सभामा सहभागी हुन चितवन पुगेका […]

प्रकाशको सम्झनामा गीत गाउँदागाउँदै ढले जनगायक पाख्रिन, अवस्था गम्भीर

चितवनमा बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जली सभामा गीत गाउँदा–गाउँदै जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघात भएको छ । उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

जनसांस्कृतिक महासंघका महासचिव थपलिया गिरफ्तार

अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । महासचिव थपलियालाई शुक्रबार काठमाडौंबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको सो संगठनले जनाएको छ । थपलियामाथि प्रहरीले बिना कारण धरपकड गरेर गिरफ्तार गरेको भन्दै संगठनले आपत्ति जनाएको छ । आफ्ना महासचिवलाई तत्काल रिहा गर्न समेत महासंघले चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट महासंघका […]

बर्षमानका प्रतिस्पर्धी पुन चढेको गाडीमा बम बिष्पोट

रोल्पा । नेपाली काँग्रेस रोल्पाका सभापति एवम सिचाई राज्यमन्त्री अमरसिंह पुन चढेको गाडीमा बम बिष्पोट भएको छ । बिहीबार दिउसो चुनाव प्रचारप्रसारका लागि रोल्पाको घोडागाउँमा जाँदै गरेका बहालवाला सिंचाइ राज्यमन्त्री पुन चढेको गाडीमा बम प्रहार भएको हो । चुनाव नजिकिंदै जाँदा बिष्पोटका घटनाहरु बढ्दै गइरहेका छन् । आजै बागलुङ गलकोटको हटियामा बम विस्फोट भएको छ […]

क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न

काठमाडाैं, २ असोज  । क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन विरेन्द्रनगरमा सोमवार सम्पन्न भएको छ । स्थानीय मिडियामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन संघर्ष गर्ने प्रस्ताव पास गर्दै क्रान्तिकारी पत्रकार संगन नेपाल सुर्खेतको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको हो । सुर्खेत जिल्ला सदरमुकामबाट संचालित करिव १९ वटा स्थानीय सञ्चार गृहमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन […]