कांग्रेस बैठकमा संस्थापनको यस्तो तयारी: देउवाले डाटामा रिजल्ट खोज्ने

काठमाडौं, ९ चैत । कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै छ । निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठक चुनावी समीक्षामा केन्द्रित हुनेछ ।  बैठकमा सबै नेताहरूलाई चाहेजति बोल्न दिने सभापति शेरबहादुर देउवाको तयारी छ । कांग्रेभित्र अहिले संस्थापन र प्रतिपक्षीका रूपमा नेताहरू बाँडिएका छन् । बैठकमा नेतृत्वप्रति असन्तुष्ट नेताहरू थप आक्रामक रूपमा प्रस्तुत हुँदै छन् […]

१८ बर्षपछि खारेज हुँदै शिक्षा विभाग

काठमाडौं,९ चैत । माध्यमिक तह हेर्ने शिक्षा विभाग स्थापना भएको १८ वर्षपछि खारेज हुने भएको छ । माध्यमिक शिक्षा स्थानीय निकायमा हस्तान्तरण हुने भएपछि सो विभाग खारेज गर्न लागिएको हो । यसको अन्तिम गृहकार्य थालिएको शिक्षा मन्त्रालयले जनाएको छ । विभाग खारेजपछि विभागअन्तर्गतका निकायहरुको व्यवस्थापन गर्ने विषयमा भने सरकारले कुनै निर्णय गरेको छैन । ०५६ […]

लगानी गर्नेलाई २ बर्ष कर छुटको घोषणा

काठमाडौ, ९ चैत । कर्णाली प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष कुनै पनि कर नलाग्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गरेका छन् । मन्त्री शाहीले कर्णाली प्रदेशमा लगानी गर्न आह्वान गर्दै पर्यटन कृषि तथा अन्य उद्योग खोल्नका लागि कर नलाग्ने घोषणा गरेका हुन । ‘कर्णाली प्रदेशमा अब आत्मनिर्भर बनाउने अभियानमा सबै निजी क्षेत्रको साथ खोजेका छौं’ […]

जिम्बाबेमा ३ हजार कैदी बन्दीलाई आम माफी

एजेन्सी, ८ चैत । जिम्बाबेमा ३ हजार कैदी बन्दीलाई आम माफी दिइएको छ । राष्ट्रपति एमर्सन मनाङ्गावाले देशका विभिन्न कारागारमा रहेका ३ हजार कैदी बन्दीलाई एकसाथ आम माफी घोषणा गरेका छन् । आम माफी पाउनेमा जन्मकैदको सजाय पाएका बाहेक अन्य सबै महिला कैदी छन् । यसैगरी १८ वर्षभन्दा कम उमेर समुहका सबै कैदीलाई पनि रिहा […]

प्रदेश नम्बर ६ का मुख्यमन्त्री भन्छन्- फेसबुक चलाउनेहरु होसियार

काठमाडौं, ८ चैत । प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले ६ नं प्रदेश गरिबी र आर्थिक अभावका बिच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रपमा विकास गरि भ्रष्टाचार मुक्त प्रदेशका रुपमा परिचित […]

सुरु भयो माध्यमिक शिक्षा परीक्षा एसईई , ४ लाख ८५ हजार बढी विद्यार्थी सहभागी

काठमाडौं, ८ चैत । माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट देशभर एकै साथ शुरु हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रण […]

पश्चिमी वायूको प्रभावका कारण देशका केही भागमा पानी र हिमपात

काठमाडौं, ८ चैत । पश्चिमी वायूको प्रभावका कारण पश्चिमका केही क्षेत्रमा पानी परेको छ । दीपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपागगन्ज, दाङलगायतका क्षेत्रमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका केही क्षेत्रमा अहिले पनि परेको महाशाखाले जनाएको छ । यस्तै बुधबार रातिदेखि केही हिमाली जिल्लामा वर्षासँगै हिमपात समेत भएको छ । जुम्लामा […]

सुन चाँदीको भाउ बढ्यो, कति छ तोलाको ?

काठमाडौं, ८ चैत । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५७ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो तोलाको ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो । यस्तै चाँदी पनि […]

एकाएक भारत भ्रमणको तयारीमा लागे प्रधानमन्त्री ओली

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका छन् । ओली यही महिना भारत भ्रमण गर्ने तयारीमा रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् । चैत  अन्तिम साता भारत भ्रमणमा जाने गरी तयारी भइरहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । अहिले मिति तय नभएपनि ओली भारत जाने निश्चित भएको छ । दुई देशको सहमतिमा छिट्टै मिति समेत […]

बलात्कारी खत्रीपछि जिल्ला शिक्षा अधिकारी नेकपाको टार्गेटमा, क्रान्तिकारीले गर्‍यो यस्तो कारवाही

टेकेन्द्र बोहोरा, बझाङ। नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट, दलाल, तस्कर, बलात्कारी, माफिया र घुसखोरहरुमाथिको कारवाहीलाई तिब्र बनाउदै लागेको छ । बुधबार बिहानै आफ्नै छात्रा विद्यार्थीलाई बलात्कार गर्ने एकजना शिक्षकमाथि नेपाल कम्युनिष्ट पार्टीले जनकारवाही गरेको केहि घण्टामै अर्का भ्रष्ट र कमिशनखोर जिल्ला शिक्षा अधिकारी पनि नेकपाको टार्गेटमा परेका छन् । बुधबार रामेछापको नामाडी बेतालीस्थित  श्री जनजागृती उच्च माध्यमिक […]