काठमाडौं, १५ चैत । सरकारले सार्वजनिक विदा कटौति गरेको छ। आउँदो साल जम्मा ८९ दिनमात्र सार्वजनिक विदा दिने छ। ६७ दिन सबैका लागि विदा र २२ दिन विभिन्न धार्मिक र सांस्कृतिक विदा दिने बुधवार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो। अब हरेक देशको राष्ट्रिय दिवस (नेशनल डे) भएजस्तै नेपालको पनि असोज ३ गते राष्ट्रिय दिवस […]
Author: Desk Nonstop
भारतले फेरि बढायो बिजुलीको भाउ
काठमाडौं, १५ चैत । भारतले नेपाललाई बेच्दै आएको बिजुलीको भाउ बढाएको छ। भारतले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको बिजुलीको मूल्य प्रतियुनिट ६० पैसा बढाएको हो। भारतले प्रतियुनिट ३.६० भारु (५.७६ रुपैयाँ) मा दिँदै आएको बिजुलीको भाउ बढाएर ३.९८ भारु (६.३६ रुपैयाँ) बनाएको छ। ६ महिनाका लागि उक्त दरमा उपलब्ध गराए पनि त्यसपछि पाँच प्रतिशत […]
अब वर्षभर ८९ दिन मात्र सार्वजनिक बिदा हुने, यस्तो छ कारण
काठमाडौं, १५ चैत । सरकारले विसं २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित […]
नेकपाका नुवाकोट जनपरिषद् प्रमुख अपहरण शैलीमा गिरफ्तार !
दिया चन्द, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नुवाकोट जनपरिषद प्रमुख ‘बिन्तोष सिलवाल’ अशोक गिरफ्तार परेका छन् । बुधबार पत्रकार सम्मेलनस्थलबाटै उनलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको नेकपा नुवाकोटले जानकारी दिएको छ। विदुर नगरपालिका–२ बट्टारमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन स्थलबाट नै प्रमुख आशोकलाई प्रहरीले अपहरणकारी शैलीमा घेराबन्दी हालेर नियन्त्रणमा लिएको बताईएको छ । […]
रानीमहल होटलका सञ्चालक पक्राउ, महिलाहरुलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोप
काठमाडौं, १४ चैत । काम गर्न होटलमा राखेका महिलालाई जबरजस्ती यौनजन्य क्रियाकलापमा लगाएको भन्दै प्रहरीले २ जना होटल सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौंको नयाँ बसपार्कस्थित न्यू पाल्पाली रानीमहल होटलका सञ्चालक हेमन्त गैरे र सोनु राईलाई प्रहरीले पक्राउ गरेको हो। होटलमा काम गर्न राखेका महिलालाई जबरजस्ती यौन धन्दामा लगाएको भन्दै उनीहरूलाई मंगलबार पक्राउ गरिएको प्रहरी परिसर […]
पदाधिकारी मनोनयन गर्न देउवालाई अप्ठ्यारो
काठमाडौं, १४ चैत । कांग्रेस सभापति शेरबहादुर देउवालाई विधान संशोधन नगरी पदाधिकारी मनोनयन गर्न अप्ठ्यारो पर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले दुई वर्षपछि विभाग गठन र पदाधिकारी मनोनयन गर्न विधानले नदिने भन्दै आलोचना गरेपछि देउवालाई कठिनाइ पर्ने भएको हो । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनु […]
नौ महिनामा दुई दर्जन महिला, किशोरी र बालिका बलात्कृत
काठमाडौं, १४ चैत । ललितपुर : घटना १ चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीले ५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरे। घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट समात्यो। अहिले उनी प्रहरी हिरासतमा छन्। घटना २ बाँडेगाउँमा चैत ६ गते दीपेश्वर शाह चक्रवर्तीले ७ वर्षकी बालिकालाई बलात्कार प्रयास गरे। उनले बालिकालाई ललाइफकाई कोठामा लगी खाटमा […]
आकाशमै ट्राफिक जाम, प्रत्येक २ मिनेट ४२ सेकेन्डमा उडान–अवतरण
काठमाडौं, १४ चैत । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले व्यस्तताको उच्च बिन्दुनजिक छ । जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ । कुनै एक जहाजको उडान या अवतरण तोकिएको समयभन्दा थोरै मात्रै ढिला भए काठमाडौंको आकाशमा ट्राफिक जाम चुनौतीपूर्ण बन्ने गर्छ । सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक औसत ३४६ आन्तरिक तथा बाह्य […]
मेडिकल कलेजमा पनि एमडिएमएस शुल्क २३ लाख सिफारिस
काठमाडौं, १४ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका मेडिकल कलेजमा पनि एमडिएमएस (स्नातकोत्तर) तहमा सरकारले निर्धारण गरेअनुसार २३ लाख रुपैयाँ शुल्क लागू गर्न चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) फ्याकल्टी बोर्डले सिफारिस गरेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। सोमबार बसेको बोर्ड बैठकले मन्त्रिपरिषद्को २०७२ भदौ ३१ को निर्णयअनुसार शुल्क लागू गर्न त्रिवि कार्यकारी […]
श्रीमान लगाएर वडाअध्यक्ष कुटाउने उपमेयर दाहाल मिडियाकर्मीमाथि किन खनिइन ? यस्ताे छ कारण
चन्दन रौनियार, सुनसरी । सुनसरी स्थित दुहबी नगरपालिकामा भएको कुटपिट प्रकरणमा नगरपालिका मिडियामाथि खनिएको छ । उपमेयर सुनिता दाहाल साहले ५ नं. वडाका अध्यक्ष तथा सदस्यमाथि कुटपिट गरेको बिषयमा भिडियो र तस्विरसहित समाचार आएपछि मिडियामाथि नगरपालिका खनिएको हो । न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर साहले वडा अध्यक्ष र सदस्यलाई कुटपिट गरेको बिषयमा नगरपालिकाले पत्रकार सम्मेलन […]