काडमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको शुक्रबार सम्पन्न सञ्चालक समिति बैंठकले गत आवको नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ ।बैंक […]
Author: ननस्टप संवाददाता
सुन र चाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार थप महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख […]
दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइको लागि पेसी तोकियो
काठमाडौँ । राजावादी आन्दोलनका क्रममा चैत १५ को तीनकुने घटनामा संलग्न दुर्गा प्रसाईँसहित ५० जनाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका जिल्ला अदालत काठमाडौँमा पेसी तोकिएको छ । न्यायाधीश उमानाथ गौतमको इजलासमा सुनुवाइका लागि पहिलो नम्बरमै पेसी तोकिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, र सङ्गठित अपराध लगायतको कसुरमा […]
राष्ट्र बैंकले दसैँका लागि कहिलेदेखि दिँदैछ सुकिला नोट ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपटक पनि दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । यद्यपि बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्थित कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने जनाएको हो । भदौ २९ देखि असोज १० […]
भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई भनेका पाँच कुरा …
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन पुगेकै दिन त्यहाँका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरे। शांघाइ सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार चीन गएका प्रधानमन्त्री ओलीले थियानमिन स्टेट गेष्ट हाउसमा राष्ट्रपति सीसँग भेटवार्ता गरे। त्यसलगत्तै दुवै देशको प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो। द्विपक्षीय छलफलका क्रममा प्रधानमन्त्री ओलीले तीनवटा कुरा राखे। पहिलो, लिपुलेक मार्ग भएर भारत र चीनले गरेको व्यापार […]
दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । संघीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ। निर्धारित कार्यसूचीअनुसार आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ। यस्तै […]
मेलम्ची र इन्द्रावती जलाधार क्षेत्रमा ६ घन्टादेखि निरन्तर वर्षा, सतर्क रहन आग्रह
काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती जलाधारमा ६ घन्टा देखि निरन्तर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जसका कारण मेलम्ची, इन्द्रावती र यिनका सहायक खोलाहरूमा बाढीको जोखिम रहेको महाशाखाले जानकारी दिएको छ। पछिल्लो घन्टामा त्यहाँ पछिल्लो ६ घन्टामा सिन्धुपाल्चोकको गोब्रेमा ५०.६, धापमा ५५.८, बाँसखर्कमा ६०.६, दुवाचौरमा ६७, बोल्देमा […]
इसराइली हवाई आक्रमणमा यमनका प्रधानमन्त्री मारिएको दाबी
काठमाडौँ । हुथी विद्रोहीहरूले इसराइलको हवाई हमलामा यमनका प्रधानमन्त्री अहमद गालिब अल रहाबी मारिएको दाबी गरेका छन्। इसराइलले यमनको राजधानी सनामा बिहीबार गरेको भीषण हवाई आक्रमणमा यमनी प्रधानमन्त्री गालिब र अन्य थुप्रै उच्च अधिकारी मारिएको हुथी विद्रोहीले दाबी गरेका छन्। प्रधानमन्त्री गालिब मारिएको दाबीसहित हुथीले इसराइलले यसको नराम्रो परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले […]
अनिश्चितकालीन राजमार्ग बन्द गर्ने उखु किसानको चेतावनी
काठमाडौं । आन्दोलनरत उखु किसानले राजमार्ग केन्द्रित आन्दोलान गर्ने निर्णय गरेका छन् । सरकारले बेवास्ता गरेको बताउँदै उनीहरुले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्धा पारेर आन्दोलन गर्न निर्णय गरेको हो । महासंघले […]
प्रधानमन्त्रीज्यू ! लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सिनु होला : बालेन शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिएका छन् । शनिबार सामाजिक सुञ्जालमार्फत चीन भ्रमणको शुभकामना दिँदै उनले लिपुलेक नेपालको हो भन्ने कुरा चीनलाई सम्झाउन आग्रह गरेका छन् । उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले मुलुकको सार्वभौमिकता माथिको अतिक्रमण गरेको स्मरण गराएका छन् । […]











