काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् । अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने उनले घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन् । पछिल्लो समय चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबिच पार्टीको आधिकारिकतालाई लिएर विवाद भएको थियो । चौधरीले नयाँ पार्टीमा […]
Author: ननस्टप संवाददाता
दशैंको अग्रिम टिकट बुकिङ खोल्न आज यातायात मन्त्रालयमा छलफल
काठमाडौं । दशैंका लागि काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज सरोकारवालाबीच छलफल हुँदै छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग छलफल गरी अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल गर्न लागिएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले सरकारले दशैंको अग्रिम […]
कोशी र लुम्बिनीमा भारी वर्षा, थप पानी पर्नसक्ने मौसमविदको चेतावनी
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहे पनि अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले नेपालमा पानी परिरहेको छ । गएराति कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि भएको छ । पछिल्लो एक घण्टामा पनि बाँकेको नौबस्ता, उदयपुरको गाईघाट लगायतका स्थानमा पनि भारी वर्षा मापन भएको छ । बरिष्ठ […]
घोषित मितिमै निर्वाचन सम्पन्न गराउने काममा सहयाेग गर्न सबैमा राष्ट्रपतिको अपील
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कठिन परिस्थितिमा शान्तिपूर्ण निकास निस्किएको भन्दै घोषित चुनाव सम्पन्न गराउन सबैलाई अपील गरेका छन् । साथै राष्ट्रपति पौडेलले संविधान, संसदीय प्रणाली र संघीय गणतन्त्र कायम भएको उल्लेख भएको गरेका छन् । शनिबार एक वक्तव्य जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैंमा […]
भोलिबाट स्थानीय तहका सेवा सुचारु, विद्यालय पनि खुल्ने
काठमाडौं । आन्दोलनपछि कर्फ्यू र निषेधाज्ञा लागेका कारण रोकिएका सरकारी सेवा भोलि आइतबारबाट सुचारु गरिने भएको छ । विद्यालहरू पनि खोल्ने तयारी छ । शनिबारबाट स्थिति सामान्यतर्फ गएकाले अब सेवा अघि बढाउन लागिएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबारै अब सेवा अघि बढाउनेबारे ७५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको छ । मन्त्रालयका […]
अब अन्याय हुँदैन भन्ने आशा बोकेर जन्मदिनको दिन जेल फर्कंदैछु : रवि लामिछाने
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल फर्कन लागेको जानकारी गराएका छन् । आज आफ्नो जन्मदिन परेको समेत बताउँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुन: कारागार पठाउन लागेको जिकिर गरेका छन् । सामाजिक सञ्जालमा लामो स्टाटससहित एक भिडियो सन्देश जारी गर्दै लामिछानेले यस्तो बताएका हुन् । […]
अनेरास्ववियु अध्यक्षबाट राजीनामा दिएका डा. कडरिया कार्यालय फर्कन खोजेपछि कार्यकर्ताले जलाए नेमप्लेट
काठमाडौँ । संगठन अप्ठ्यारोमा पर्दा राजीनामा दिएर भागेको र अहिले पदमा फर्कन खोजेको भन्दै अनेरास्ववियुका नेता–कार्यकर्ताले अध्यक्ष डा. सुजन कडरियाको नेमप्लेट झिकेर जलाएका छन्। अनेरास्ववियुका नेता–कार्यकर्ताले शनिबार उनको फोटोसमेत तोडफोड गरेका छन्। जेन–जीको प्रदर्शनका चर्कंदै गएपछि असुरक्षा भएको भन्दै उनले भदौ २४ गते राजीनामा दिएका थिए। भदौ २३ गतेको प्रदर्शनमा प्रहरीको गोली लागि २४ जना युवा–विद्यार्थीको […]
सिंहदरबारभित्र सफाइ र क्षतिको विवरण संकलन सुरु
काठमाडौँ । हालै भएको ‘जेन-जी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीले क्षतिग्रस्त बनेको सिंहदरबारभित्र सफाइ तथा क्षतिको विवरण संकलन सुरु गरिएको छ। शनिबार कर्मचारीहरू आ-आफ्नो मन्त्रालयमा पुगेर सरसफाइमा लागेका छन् भने महत्वपूर्ण फाइल र सामानहरू सुरक्षित गर्ने काम पनि थालिएको छ। आन्दोलनका कारण सिंहदरबारभित्रका विभिन्न मन्त्रालयका परिसरमा रहेका सवारीसाधनहरू समेत ध्वस्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघको बधाई सन्देश
काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै शुभकामना सन्देश दिएकी छन् । संयुक्त राष्ट्रसंघ नेपालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तिमा नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसंघले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ । ‘यो महत्वपूर्ण मोडमा संयुक्त राष्ट्रसंघ नेपाली […]
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ, राष्ट्रपतिले भने– देश बचाउनुस्
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई लगायतको उपस्थिति रहेको थियो […]










