काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यो कदम चालेको हो। विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई प्रभावित देशहरूबाट आउने […]
Author: ननस्टप संवाददाता
सर्वसम्मत सभापति चुनिएपछि गगन थापाले के भने ?
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी अब सबै प्रकारका परिवारवाद र गुटबाट पूर्णतः मुक्त भएको घोषणा गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो घोषणा गरेका हुन्। उनले आजैदेखि पार्टी एकतावद्ध भएर अघि बढ्ने बताए। थापाले पार्टी गुटमुक्त होस् भन्ने पार्टी कार्यकर्ताहरूको वर्षौंदेखिको चाहना आज आएर […]
कांग्रेस विभाजित : मध्यरातमा गगनको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा, विश्वप्रकाश बने उपसभापति
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ । आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण कार्यसमिति सार्वजनिक गरेका हुन् । विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । […]
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा जारी छलफलमा पुगे गगन थापा
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । तर नेताहरूका अनुसार, सहमतिमा नै केन्द्रीय कार्यसमिति घोषणा गर्नेगरी तयारी अघि बढेको छ । स्रोतका अनुसार अहिले कमलपोखरीस्थित एक होटलमा नेताहरू आन्तरिक छलफलमा छन् । एक नेताले दिएको जानकारी अनुसार, सोही छलफलमा महामन्त्री गगन कुमार थापा पनि पुगेका छन् । उक्त छलफलमा प्रदीप पौडेल, […]
रवि विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग फिर्ता लिने निर्णय (पूर्णपाठ)
काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोगहरू फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ । महान्यायाधिवक्ता सबिता भण्डारी बरालले बुधबार ती मुद्दाहरूको अभियोगपत्र संशोधनका लागि सम्बन्धित सरकारी वकिल कार्यालयहरूलाई स्वीकृति दिने निर्णय गरेकी हुन् । कार्यालयको आदेशमा भनिएको छ,‘ […]
देउवा नेतृत्वको कार्यसमिति भंग भइसक्यो : गगन थापा
काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन् । आफूमाथि कारबाही भएको खबर सार्वजनिक भएको केहीबेरपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बताए । ‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको […]
निष्कासनपछि महाधिवेशनमा गगनको सम्बोधन– हामीलाई निकाल्ने कांग्रेस कसैको प्राइभेट कम्पनी होइन
काठमाडौँ । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व […]
यी ४ कारण देखाएर कांग्रेस संस्थापनले गर्यो गगन–विश्वप्रकाश र मन्सुरलाई निष्कासन
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका दुई महामन्त्री र एक सहमहामन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीको विधान र अनुशासन उल्लंघन गरेको भन्दै महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको जानकारी दिएका हुन्। […]
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशाेधन, राति ८ बजेदेखि मतदान
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । निर्वाचन समितिका अनुसार बुधबार राति ८ बजेदेखि मतदान सुरु हुनेछ । केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार ५ बजे विरोधको छानबिन पश्चात् पुन: नामावली प्रकाशन गरिनेछ । यस्तै ५:३५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता फिर्ताको समय छ । उनका अनुसार ६ […]
नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहान ८ बजे बोलाइएको बैठक ६ घन्टापछि सुरु भएको हो । हिजो १ बजे बोलाइएको बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित भएको थियो । बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको छ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा […]











